![]() |
सिद्धार्थ आर्ट ग्यालरी काठमाडौंका १२ कलाकार वैशाखको घाममा लुम्बिनी, तिलौराकोट, कुदान, देवदह र रामग्रामको सेरोफेरो चहारे। उद्देश्य थियो -बुद्धकालीन मानव सम्बन्धहरूलाई क्यानभासमा उतार्नु। कलाकारहरूले यसरी लुम्बिनी क्षेत्र डुलीडुली १ वैशाखदेखि २ दिनसम्म गौतम बुद्धको समयको मानव सम्बन्धहरूलाई क्यानभासमा आकृति दिए।
पहिलो पटक भएको यो खालको राम्रो कामको संयोजन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले गरेको थियो। यसरी लुम्बिनीमा सिर्जना भएका २४ चित्र १० वैशाखदेखि प्रदर्शनीका लागि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा राखिएको छ। यिनको बिक्रीबाट जम्मा हुन आउने राशीको ६० प्रतिशत लुम्बिनीको वृक्षारोपण कार्यक्रमले पाउनेछ।
मुकेश पोखरेल, भैरहवा
प्रकाशित मिति: १६-३१ बैशाख २०६९
प्रतिक्रियाको लागि letters@himalmedia.com मा पठाउनुस् ।






