| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“हाम्रा वामपन्थी भनेका शेर'बहादुरजीको पनि मन्त्री
हुने, लोकेन्द्रबहादुरजीको मन्त्रिमण्डलमा पनि पसिहाल्ने खालका हुन्।
यहाँ वामपन्थीको कुनै रुपरेखा नै नभएकाले वाम एकताको सम्भावना अहिले
देखिन्न।”
नारायणमान
बिजुक्छे (रोहित)
अध्यक्ष, नेमकिपा
गोरखापत्र दैनिक, १४ साउन २०६४
अङ्क
र अर्थ
१९,४७७ जना
जग्गा'जमिन पाउन नसकेका मुक्त कमैयाहरू। सरकारले करिब ३२ हजार मुक्त
कमैयालाई जग्गा उपलब्ध गराइसकेको उल्लेख गरेको छ।
१३५५ जना
विगत ६ महिनामा देशभरिबाट हराएका बालबालिकाको सङ्ख्या। तीमध्ये ८६३
जना फेला परिसकेका छन्।
१५२० वटा मुलुकभरि
सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयहरू।
स्रोतः कान्तिपुर/बालबालिका खोजतलासकेन्द्र/उमाशि
परिषद्
हिँड्दा-हिँड्दै
एक दशकदेखि दलित उत्पीडन विरुद्ध क्रियाशील
सिरहाको पडरिया गाविस'९ की रामरतीदेवी राम
(४१) लाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको …प्रकाश
मानवअधिकार पुरस्कार' दिने घोषणा गरेको छ। उनी भन्छिन्, “सानो ठाउँमा
बस्नेलाई पनि सम्िइँदो रहेछ।”
 |
| देवराज पोखरेले |
मानवअधिकार पुरस्कार
पाउने कुरा कसरी थाहा भो?
यो खबर पडरियास्थित सृजना पुस्तकालयमा नेताजी (राजेन्द्र चौधरी) ले
आएर भन्नुभो। पछि कान्तिपुर एफएमले त समाचारमै भन्यो।
समाचार सुन्दा कस्तो
लाग्यो?
निकै खुशी लाग्यो।
तपाइँलाई किन यो पुरस्कार
दिइयो होला?
म उत्पीडित महिला र मधेशी दलित समुदायको हितमा दश वर्षदेखि काम गरिरहेकी
छु नि!
यस्तो सोच चाहिँ कहिलेदेखि
आयो?
राजनीति थाहै थिएन। २०५४ सालमा महिलाको तर्फबाट वडा सदस्य हुन पुगेँ।
सानो जातिको मान्छे जनप्रतिनिधि हुने? अब हामीले यसलाई मान्नुपर्ने
भनेर मलाई नाङ्गै पारेर घुमाए, मेरा श्रीमानलाई त कुटपिट नै गरे। परिवारले
नै दुःख पायौँ। त्यसपछि मलाई लाग्यो अब समाजसेवा र राजनीतिमा नलागी
हुन्न भन्ने सोच आयो। अनि लागेँ यो अभियानमा।
विदेश पनि जानुभएको
छ कि?
पाकिस्तान र भारत गएकी छु।
|