जानकारी
संविधानसभा निर्वाचन प्रणाली
अमेरिका जान मरिहत्ते गर्नेहरूका बारेमा जति
चर्चा हुन्छ फर्केर आउनेहरूका बारेमा त्यति हुँदैन। तर त्यहाँ काम
गर्न नसक्ने, मन नपर्ने, नेपालमै अवसर र वातावरण पाउने वा अरू कुनै
कारणले फर्किनेहरूका कुरा सुनेपछि लाग्छ– अमेरिका भनिए जति आकर्षक
चाहिँ रहेनछ!
 |
संविधानसभा चुनावमा
प्रयोग हुने प्लास्टिकको अर्धपारदर्शी मतपेटिका । |
• ६ मङ्सिर २०६४ मा हुने
संविधानसभा निर्वाचन यसअघिका निर्वाचनभन्दा अलि भिन्न र जटिल छ।
• यसअघिका आवधिक निर्वाचनमा समावेशी
सिद्धान्तका कुरै थिएनन् भने यसपालि पहिलो हुनेले जित्ने (बहुमतीय
प्रणाली) मा समेत उम्मेदवार सूची सकेसम्म समावेशी बनाउन ध्यान दिनुपर्ने
संवैधानिक बाध्यता दलहरूलाई छ।
• अन्तरिम संविधानले सूचीकृत गरेको महिला,
मधेशी, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र र अन्य
वर्गबाट समावेशी हुनेगरी बहुमतीय प्रणालीमा उम्मेदवारी दिनुपर्नेछ।
समावेशीको अर्थ उम्मेदवार बनाउँदा ६ वटा सूचीबाट सकेसम्म सबैलाई समेट्नुपर्छ
भन्ने हो।
• कुल ४९७ सिटको संविधानसभाका लागि २४०
बहुमतीय र २४० समानुपातिक निर्वाचनपद्धतिबाट निर्वाचित हुनेछन्। दुई
वटा पद्धति मिलाइएको यस प्रणालीलाई मिश्रित चुनावप्रणाली भनिएको हो।
यस बाहेक मन्त्रिपरिषद्ले सहमतिका आधारमा अरू १७ जनालाई मनोनीत गर्नेछ।
• समानुपातिक पद्धतितर्फ जनसङ्ख्याको
प्रतिशतको आधारमा मधेशी ७५, दलित ३१, जनजाति ९१, पिछडिएको क्षेत्र
१० र अन्य वर्गबाट ७२ सदस्य संविधानसभाका लागि निर्वाचित हुनेछन्।
माथिका पाँच समूहबाट ५० प्रतिशत सिट महिलाको लागि सुनिश्चित गरिने
व्यवस्था छ। २४० सिट हुनुपर्नेमा यहाँ बाँडफाँड गरिएको प्रतिशत सङ्ख्यालाई
सिट सङ्ख्यामा ढाल्दा २७९ सिट हुन आउँछ। ५ वटा समूहमध्ये कुनै वर्ग
दोहोरो गणनामा पर्ने हुनाले यस्तो देखिएको हो। जस्तै दलित मधेशीमा
पनि गनिन्छन् भने पिछडिएको क्षेत्रमा पनि उसको गणना हुन्छ।
• समानुपातिक पद्धतिबाट मात्र १२० जना
महिला संविधानसभामा पुग्ने छन्। समानुपातिक र बहुमतीय गरी दुवैतर्फबाट
मिलाएर कुल ४८० उम्मेदवारमध्ये महिलाको ३३ प्रतिशत उम्मेदवारीको सुनिश्चितता
गरिएको छ। जस्तैः कुनै दलले समानुपातिकबाट १२० सिटमा महिला उठाउँदा
बहुमतीय पद्धतिबाट कम्तीमा ३८ जना महिला उम्मेदवार उठाउनै पर्छ। अनि
मात्र ३३ प्रतिशत पुग्छ।
• पिछडिएको क्षेत्रबाट उम्मेदवारी उठाउँदा
पनि सकेसम्म यी ६ वटा सूचीकृत समूहको समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्नेछ।
'पिछडिएको क्षेत्र' भन्नाले अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा,
बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई जनाउनेछ।
• 'अन्य वर्ग' भन्नाले माथि नसमेटिएका
समूहहरूलाई बुझाउनेछ। समानुपातिक सिद्धान्तको सुन्दरता नै सबै वर्ग,
क्षेत्रको समानुपातिक प्रतिनिधित्व रहेकोले संविधानसभामा उनीहरूकोे
समानुपातिक प्रतिनिधित्व हुनेछ।
• समानुपातिक पद्धतिमा १० प्रतिशत अर्थात्
२४ जना उम्मेदवार नउठाउने दलले सो चुनाव प्रणालीमा भाग लिन पाउने छैन।
त्यस्ता दलले बहुमतीय प्रणालीबाट भने चुनावमा भाग लिन पाउनेछन्।
• उम्मेदवारीको बन्द सूची समानुपातिक
बनाउन २० प्रतिशत अर्थात् ४८ जना भन्दा बढी उम्मेदवार उठाउनै पर्नेछ।
बढी उम्मेदवार उठाउन नसक्ने साना दलले समानुपातिक सूची बनाउनुपर्दैन।
• स्वतन्त्र उम्मेदवारले समानुपातिक
पद्धतिबाट चुनाव लड्न पाउँदैनन्।
• १ करोड ७६ लाख मतदाता सङ्ख्या रहेकोमा
७० प्रतिशत सदर मत खसेको खण्डमा ५१ हजार २५० मत ल्याउने दलले समानुपातिक
पद्धतिबाट एक सिट जितेको मानिनेछ। समानुपातिक पद्धतिका फ्रान्सेली
विज्ञ सेन्ट लगको विधिअनुसार, दलले पाएको मत सङ्ख्यालाई १.४ ले र त्यसपछि
क्रमशः ३, ५, ७ जस्ता विजोड सङ्ख्याले सिट सङ्ख्या प्राप्त नहँुदासम्म
भाग गरिन्छ। धेरै मतसङ्ख्या खेर नजाने यो विधि डेनमार्क, स्वीडेन,
नर्वे, न्युजिल्याण्ड, बोस्निया हर्जगोबिना, बोलिभिया र पोल्याण्ड
जस्ता देशमा अपनाइएको थियो।
चुनाव
• ६ मङ्सिरमा हुने निर्वाचनको लागि करिब
१० हजार स्थानमा अधिकतम् २२ हजार मतदान केन्द्र हुनेछन्। एक मतदान
केन्द्रमा सबैले भोट खसालेमा ११५० जनाले बहुमतीय र समानुपातिक गरी
२३०० मत खसाल्नेछन्।
• मतदान केन्द्रमा बहुमतीय र समानुपातिकका
लागि छुट्टाछुट्टै दुई वटा मतपेटिका राखिनेछ। प्लास्टिकबाट बनेका यी
मतपेटिका अर्धपारदर्शी हुनेछन्।
• मतपत्र पनि दुई प्रकारका हुनेछन्।
बहुमतीयका लागि हल्का नीलो र समानुपातिकका लागि हल्का रातो मतपत्र
हुनेछ।
• शुरुमा बहुमतीय पद्धतिका लागि मतपत्र
पाएपछि मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मत दिई मतपत्र जस्तै
रंग भएको १ नम्बर लेखिएको बाकसमा मतपत्र खसाल्नेछन्। त्यसलगत्तै समानुपातिक
पद्धतिको लागि नजिकैको अर्को लाइनमा बसेर मतपत्र लिई आफूलाई मन पर्ने
दललाई मत दिएपछि मतपत्र जस्तै रंग भएको २ नम्बर बाकसमा मतपत्र खसाल्नेछन्।
• मतदाताले बहुमतीयका लागि मन पर्ने
उम्मेदवारलाई मत खसाल्छन्भने समानुपातिक पद्धतिमा दललाई मत दिन्छन्।
बहुमतीय र समानुपातिक पद्धति दुवैका लागि दलका उम्मेदवारले एकै प्रकारका
चुनावचिन्ह पाउनेछन्। निर्वाचन आयोगले सूचीकृत गरेको ११२ चुनावचिन्ह
मध्येबाट दलहरूले यस्तो चिन्ह पाउने छन्।
• प्रहरी, सेना, शिविरका माओवादी छापामार
र निर्वाचनमा खटिएका कर्मचारीले समानुपातिक निर्वाचनका लागि मात्र
मतदान गर्न पाउनेछन्।
• मतदातालाई बहुमतीय वा समानुपातिकमध्ये
एकमा मात्र मतदान गर्ने अधिकार पनि हुनेछ। तर मतदाताले एउटामा मात्र
मतदान गर्ने हो भने अर्को खाली मतपत्र निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ।
अधिकारीले उक्त मतपत्र सुरक्षित राख्नुपर्नेछ।
प्रस्तुतिः जेबी पुन मगर
|