प्रवास
हङकङमा नेपाली पहिचान
 |
नेपाली भाषा, साहित्य, संस्कृति र जातीय पहिचानका लागि हङकङको नेपाली समुदायले १०-१६ पुसमा 'नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००७' आयोजना गरेको छ । नेपालीहरूको बाक्लो बसोबास रहेको हङकङको युनलङमा सम्पन्न नेपाली सप्ताहमा त्यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चमाध्यमिक विद्यालय र किन्डरगार्डन शिक्षक, नेपाली विद्यार्थी र अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, जिल्ला पार्ष तथा स्थानीय नेताहरूको सहभागिता थियो । ११ पुसमा नेपालीहरूले घडीपार्कदेखि यावसान स्ट्रीट, होपयिक, ताइतोङ, काउयुक, ताइयुक र युनलङ रोड परिक्रमा गर्दै युनलङ टाउन हलसम्म आ-आफ्नो जातीय संस्कृति झल्कने भेषभूषा, बाजागाजासहितको सांस्कृतिक झाँकी पर््रदर्शन गर्नुका साथै नेपाली धुनहरू बजाएका थिए ।
कार्यक्रममा एकदर्जन विद्यालयका नेपाली विद्यार्थीहरूले नेपाली नाच, सङ्गीतकार दिनेश सुब्बाले गीत, नेपाली लोक सांस्कृतिक समूहका यज्ञबहादुर तामाङले सारङ्गीको धुन, तामाङ घेदुङका कुलमान मोक्तानले सेलो नृत्य, हेभेन्ली पथ समूहले लोकनृत्य र किराँत र्राई यायोक्खाले साकेला सिली प्रस्तुत गरेका थिए । सो अवसरमा हङकङका नेपाली कलाकार हरि गुरुङ र विद्यार्थीहरूले तयार पारेका लगभग दर्ुइ सय चित्रकला पर््रदर्शन तथा हङकङका विद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरूका लागि नेपालबारे जानकारीमूलक कार्यशालाको आयोजना गरिएको थियो । कार्यक्रमलाई हङकङ नेपाली फाउण्डेशनका अध्यक्ष एकराज र्राई, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन र्राई, सगरमाथा किन्डरगार्डेनकी प्रिन्सिपल कमला र्राईले सम्बोधन गरेका थिए ।
नेपाली सप्ताहमा तमू पेलु संघ, खोटाङ समाज, भोजपुर समाज, सितेरियो कराते डो, शर्ेपा समाज, उर्गेन दोर्जे बुद्धिष्ट सेन्टर पनि सहभागी थिए । कार्यक्रमको आयोजना हङकङ नेपाली कला मन्दिर र संयोजन हङकङ नेपाली फाउण्डेशनले गरेको थियो । र्राई भन्छन्, "यसले जातीय एकतासँगै नेपाली संस्कृतिलाई हङकङवासीमाझ चिनाउन मद्दत गरेको छ ।"
देवराज र्राई, हङकङ
|