हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०९ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
झलनाथ खनाल

गन्तव्य


कति भाग्यमानी घलेगाउँ

अनुपम प्राकृतिक सौर्न्दर्यको धनी लमजुङको घलेगाउँ पर्यटन विकासको सम्भावना साकार पार्ने दिन पर्खेर बसेको छ ।


तस्बिरहरूः पूर्णहरि अमात्य

समुन्द्री सतहबाट करिब २१०० मिटरको उचाइमा अवस्थित घलेगाउँ लमजुङ जिल्लाको उत्तरी भेगको एउटा सानो बस्ती हो । गएको कात्तिकमा मैले घलेगाउँमा भइरहेको ग्रामीण पर्यटन विकासका प्रयत्नहरूको अध्ययन गर्न यस ठाउँको यात्रा गरेको थिएँ ।

काठमाडौँबाट बेसीशहरहुँदै वाग्लुङपानीसम्म गाडीमा गएर त्यहाँबाट हामी पैदल उकालो चढ्यौं; कुराकानी गर्दै, ठट्टा रमाइलो गर्दै, हरेक चौपारीमा बस्दै, शितल हावा खाँदै र सुस्ताउँदै । बाटो रमाइलो थियो । वरिपरि देखिएका चुत्रो, झंिगानो, पात्ले, कटुस र अन्य लेकाली रूखबिरुवाले लेकमा आइपुगेको महसूस गराए । केही माथि पुगेपछि महिलाहरूको ठूलो समूहले टीका र माला लगाएर स्वागत गर्‍यो । हामी उल्लासित हुँदै उनीहरूसँग आमा समूहको साझा घरमा गयौँ । त्यसपछि गाउँ पर्यटन उपसमितिका युवा-युवतिले दर्ुइ-दर्ुइ जनाका दरले हामीलाई एक-एक वटा घरमा लगेे ।

गाउँमा केही पुरानो बान्कीका गोलाकार 'घुमाउने' घरहरू थिए । घरको तल्लो तलामा टम्म दाउरा राखिएको थियो भने माथिल्लो तलामा दुइटा बेड भएको कोठा, कोठामा दर्ुइ-दर्ुइ वटा खाट, ओछ्यान, तौलिया, कर्ुर्सर्ीी एउटा सानो टेबुल, सोलार प्यानेलबाट निकालिएको बिजुली बत्ती, थर्मस, रेडियो आदि सामानहरू थिए । यति परको गाउँमा शहरका तारे होटेलजत्तिकै व्यवस्थित कोठाहरू होलान् भन्ने कल्पनासम्म थिएन । यहाँ आउने पर्यटकहरूलाई यिनै परम्परागत घरमा एकचोटिमा ४० जनासम्म राख्न सकिने व्यवस्था रहेछ । गाउँमा विस्तारै पूर्वाधारहरूको विकास हुँदैथियो, तर अझै अधुरा र अपुरा कुरा पनि थिए( बिजुली, टेलिफोन, आधुनिक चुल्हो, खानेपानी र शौचालयको पर्याप्त व्यवस्था आदि ।

पहिले-पहिले नेपालका अन्य पहाडी भेगमा झैँ घलेगाउँ र वरपर लमजुङ-कास्कीका गाउँमा पनि मानिसहरू झुप्प परेर एकै ठाउँमा घर बनाएर बसेका हुन्थे । १२-१५ सय वर्षता पशुपालनबाट अघि बढेर थरिथरिका खेतिपाती गरी धान, मकै, आलु र कोदो उत्पादन गर्न जानेपछि उनीहरू बढी जमिन ओगट्न र अन्नपातको रक्षा गर्न छरिएर बस्न थालेका हुन् । तर घलेगाउँको गुरुङबस्ती अहिले पनि त्यही परम्परागत शैलीमा बसेको थियो । गाउँका माथिदेखि तल र वरदेखि परका सबै घरलाई जोडेर ढुङ्गा विछ्याइएको थियो ।

घरपट्टलिे केही छिनमा ल्याउनुभएको चामलबाट बनेको जुनेली जस्तो खानेकुरा 'झलिुङ्गे' एकैछिनमा झुरुम-झुरुम पारियो । त्यसपछि ल्याउनुभएको कोले बोडी 'कोदाङ' पनि मीठो लाग्यो । अनि झन्-झन् मीठा भुटेको हरियो भटमास, भेडाको सुकुटी, मूलाका चाना र गोलभेँडाको अचार सँगसँगै 'पा' भनिने घरेलु रक्सी आयो । केहीछिनमै स्थानीय चामलको खस्रो भात, दाल, तरकारी पनि आयो । हामीलाई भोक पनि औधी लागेको, खाना पनि नौलो र स्वादिलो ।


बिहान पाँच बजेतिरै उठ्यौं । सबेरैदेखि कुखुराका भालेले बासेर र परेवाहरूले माक् माक्... र्घर्ुर, माक् माक्...र्घर्ुर गरेर पूरै गाउँलाई उठाइदिँदा रहेछन् । बाहिर निस्केर यसो आकाशतिर हेरेको( सफा आकाशमा पर्ूर्वी क्षितिजमा चम्किलो रातोपन बढ्दै गइरहेको देखियो । सिर्र सिर्र चिसो हावा चलिरहेको थियो । प्रकृतिले नै टावरजस्तो बनाइदिएको डाँडाको तालुमा टेकेर चारैतिर हर्ेर्ने इच्छाले माथि चढ्यौँ र वरिपरि नजर लगायौँ । पूर्वतिर क्षितिजमा बौद्ध, हिमालचुली, ङादीचुली र मनास्लु हिमालका चुचुराहरूले आकाश छोइरहेका, त्यसवर हरिया पर्वत शृङ्खला, पारि भुलभुले गाविसका बस्ती र पाखा, खुदी खोला र हिमशृङ्खलाबाट आएको मर्स्याङ्दी नदीको शिरखण्ड, घनाजङ्गल, खेतबारी र पातला मानव बस्तीहरू थिए । पश्चिमतिर तल पोखरा उपत्यका र फेवाताल नजिकको शान्ति स्तूप, त्यसमाथि कास्कीका विभिन्न पर्वत शृङ्खला र त्यसभन्दा पनि माथि माछापुच्छ्रेको धार देखिँदो रहेछ । राति पोखरा उपत्यका अझ सुन्दर देखिन्छ रे ! उत्तरतिर नजिकै घनपोखरा गाउँ, त्यसमाथि घना जङ्गलले ढाकिएका पर्वत शृङ्खला र भेडाबाख्रा चराउने फराकिला खर्क थिए । अझ माथि( क्षितिजसम्म ढाकेर बसेका अन्नपर्ूण्ा हिमाल र लमजुङ हिमालले आकाश र धर्तीलाई एक बनाएका थिए । दक्षिणपट्ट िआफैँ आएको ठाउँ देख्यौँ( जङ्गलले ढाकेका पाखाहरू वाग्लुङपानी, चन्द्रेश्वर डाँडा, ठूलो स्वाँरा, पुरानकोट डाँडा अनि मर्स्याङ्दी किनाराका फाँट र त्यहाँका खेतबारीमा लगाइएका बालीनाली अनि बाक्ला बस्तीहरू ।

मध्याहृन १२ बजेतिर खाना खायौं । अनि दर्ुइ किलोमिटर पर घनपोखरासम्म पुग्यौं । करिब डेढ सय घर भएको त्यो गाउँ पनि घलेगाउँ झैँ नै पर्यटन विकासपथमा पाइला टेक्दै रहेछ । घनपोखरा घुमेर दर्ुइ बजेतिर घलेगाउँ नै फर्कियौं । घनपोखरा जाँदा र आउँदा वारिपारि देखिएका दृश्यहरू पनि निकै मनमोहक थिए । रातको खानपान र जमघटका लागि टावर नजिकैको श्री घले उत्तर कन्या प्राविको चउरमा आगो बालिएको र भेडा काटेर मासु पोलिँदै-पकाइँदै गरेको रहेछ । अन्य खाने कुराहरूमा रोटी र गुन्द्रुकको अचार पनि आयो । घलेगाउँवासीले घाटुनाच, शेरगानाच, कृष्णचरित्र नाच, ध्याप्रेनाच, पच्युनाच, आमा समूहको नाच, युवायुवतिको नाच देखाए ।

भोलिपल्ट आ-आफू बसेको घरबाट बिदा भएर हामी आमा समूहको घरमा भेला भयौं । दिदीबहिनीहरूले टीका र माला लगाइदिए । जमदारले बिदाइका वाक्य बोलेे । स्थानीय महिलाहरूले 'वाई वाई छ साथी हो आजको यो दिनमा, सम्झना राखी आउनु है यो घलेगाउँमा !' भन्ने गीत गाएर बिदा गरे । हामी बेसीशहरहुँदै काठमाडौँ जान अघिबढ्यौं । स्मृतिपटमा घलेगाउँको सम्झना अझ गाढा र ताजा बन्दै गयो( कस्तो सुन्दर गाउँ ! कति स्नेहमयी दिदीबहिनीहरू ! कति मिहिनेती जनता ! कस्तो अनुपम प्राकृतिक सौर्न्दर्य ! कति विविधतापर्ूण्ा जैविक सम्पदा ! कस्तो पर्यटन विकासका संभावना ! र, त्यसलाई साकार पार्ने दिन पर्खेर बसेको भाग्यमानी घलेगाउँ !