हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०७ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“आयल निगम कमिसनमा चुर्लुम्म डुबेको छ।”

श्यामसुन्दर गुप्ता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
नयाँ पत्रिका दैनिक, १२ मङ्सिर २०६४

 


अङ्क र अर्थ

१४२ औं मानव विकास प्रतिवेदनमा नेपालको स्थान। सन् २००६ मा १३८ औँ स्थानमा रहेको नेपाल यसपटक चार स्थान तल झरेको हो।

६२.६ वर्ष सन् २००७/०८ को मानव विकास प्रतिवेदनमा उल्लेख गरिएको नेपालीको औसत आयु।

२,२७२ जना दश महिनायता हराएका बालबालिकाहरू। यीमध्ये १,३५३ जना विभिन्न समयमा फेला परेका छन्।

स्रोतः युएनडीपी/अन्नपूर्ण पोष्ट


हिँड्दा-हिँड्दै

हेल्थ असिस्टेन्ट हुँदै चिकित्सक बन्न सफल अर्जुन कार्की भन्छन्, “ठूलाबडाका छोराछोरीलाई डाक्टर बनाउन आफ्नै माटोमा भिजेको प्रणाली हटाइएको थियो। फेरि सञ्चालन गर्ने निर्णय भएको छ।”


किरण पाण्डे

पहिले हेल्थ असिस्टेन्ट पढेकाहरुलाई एम्बीबीएस् गर्न दिइन्थ्यो हैन?
सन् १९७२ देखि चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले सर्टिफिकेट इन् मेडिकल साइन्सेजअन्तर्गत जनरल मेडिसिन, ल्याब टेक्नोलोजी, फार्मेसी र रेडियोग्राफी पढाउन शुरु गरेको थियो। त्यसको ६ वर्षपछि नेपालमा पहिलो पटक एम्बीबीएस्को पढाइ शुरु हुँदा यिनै विषय पढेकाहरू छानिए। यिनीहरूले दुई वर्ष सेवा गरेपछि मात्र प्रतिस्पर्धा गर्न पाउँथे। पछि नर्सिङ र आयुर्वेदबाट पनि एम्बीबीएस् गर्न दिइयो। त्यसबेला एम्बीबीएस् तहको कोर्ष गर्न रूस, हङ्गेरी, बङ्गलादेश र चीनमा पनि यिनीहरूमध्येबाटै छानिन्थे। विशेषगरी गाउँले नेपाली समाजको सेवामा यो प्रणाली निक्कै प्रभावकारी र फाइदाजनक छ।

यस प्रणालीअन्तर्गत डाक्टर उत्पादन गर्दा के के फाइदा हुन्छ?
गाउँघरबाट आउने सर्वसाधारणका छोराछोरीले पढ्न पाउने भएकोले समतामुखी छ। पढेका कुरा व्यवहारमा उतार्ने र गाउँ–ठाउँको समाज चिन्ने अवसर पाइन्छ। डाक्टर बनेर पुनः गाउँ फर्केर सेवा गर्छु भन्ने भावना बढ्छ।

यसरी उत्पादन भएकाहरुले स्वास्थ्यक्षेत्रमा कस्तो स्थान बनाएका छन्?
भगवान कोइराला, बसन्त पन्त, शङ्कर राई, चोपलाल भूसाल, बाबुराम मरासिनी, रामकुमार घिमिरे, शरद वन्तलगायत थुप्रै नाम चलेका डाक्टरहरू यही प्रणालीबाट आउनुभएको हो। गाउँ–ठाउँको सुख–दुःख बुझेर आउनुभएका यी चिकित्सकहरूले यस क्षेत्रमा राम्रो सेवा गरिरहनुभएको छ।