हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया

बिदा, स्वागत

बिदा, स्वागत नौ वर्षअघि हिमाल खबरपत्रिका शुरु हुँदा संवाददाताबाट प्रवेश गरेर डेढ वर्षयता यस अङ्कसम्म सम्पादकका रूपमा नेतृत्व दिनुभएका शिव गाउँले मुलुकमा पत्रकारिताको अवस्था झन् सुदृढ पार्ने अभियानमा जुट्नुभएको छ। नेपाल पत्रकार महासंघका उपसभापति समेत रहनुभएका शिवजीले महासंघको अभियानमा अझ बढी सक्रिय रहने निर्णय गर्नुभएको छ। यस अङ्कपश्चात् हिमाल बाट अवकाश लिन लागेका गाउँलेलाई एउटा पोख्त संवाददाता र कुशल सम्पादकको रूपमा खबरपत्रिकामा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै आउँदा दिनहरूमा सफलताका लागि शुभकामना! दुईदशक लामो पत्रकारिताको अनुभव सँगाल्नुभएका कुन्दन अर्याललाई हामीले नयाँ सम्पादकका रूपमा पाएका छौँ। दृष्टि र बुधबार साप्ताहिक हुँदै रेडियोको 'घटना र विचार' कार्यक्रमको सञ्चालन, पत्रकारिता प्रशिक्षण/अध्यापनको अनुभवसँगै मानवअधिकार संस्था 'इन्सेक' मा रहेर उहाँले समाजलाई योगदान पुर्‍याउँदै आउनुभएको हो। राजनीतिक अन्यौलले ग्रस्त वर्तमानबाट समाजलाई उत्साहित बनाउँदै भविष्यतर्फ लैजानुपर्ने आजको अवस्थामा सम्पादकीय कलम समाउन लाग्नुभएकोमा अर्याललाई हिमाल परिवारको शुभकामना!