![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
यो पक्षमा २ माघ ०६४ः व्यवस्थापिका―संसद्को तेस्रो अधिवेशन समापन। ३ माघ ०६४ः अन्तर्राष्ट्रिय मिडिया मिसन सम्पन्न। तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)द्वारा वीरगञ्जमा मारिएका नेपाल ब्याङ्क लिमिटेड वीरगञ्ज आदर्शनगर शाखामा कार्यरत वरिष्ठ सहायक मनोहरकुमार श्रेष्ठलाई मन्त्रिपरिषद्को २६ पुसको निर्णय अनुसार वित्तीय क्षेत्र कर्मचारी शहीद घोषणा। ४ माघ ०६४ः जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा सप्तरीको महदेवा गाविस―४ का ४० वर्षे धर्मदेश मण्डलको अपहरणपछि हत्या। ६ माघ ०६४ः मधेश तराई लोकतान्त्रिक पार्टी र संयुक्त मधेशी मोर्चाबीच मधेश आन्दोलन संयुक्त रुपमा अघि बढाउने सहमति। ७ माघ ०६४ः नेपाल आयल निगमद्वारा डिजेल, मट्टितेल र एलपी ग्यासमा क्रमशः ५ रुपैयाँ १४ पैसा, ९ रुपैयाँ ८० पैसा र १५० रुपैयाँ मूल्य वृद्धि गरिएको सूचना जारी। ८ माघ ०६४ः सात विद्यार्थी सङ्गठनको अगुवाईमा प्रदर्शन। अज्ञात समूहद्वारा कृषि विकास ब्याङ्क ब्याङ्किङ कार्यालय राजविराजका प्रबन्धक विक्रमप्रसाद साहको गोली हानी हत्या। ९ माघ ०६४ः नेकपा (एकीकृत) द्वारा उपत्यका बन्दको घोषणा। सुरक्षा मुद्दाबारे नेपाल―भारत द्विपक्षीय परामर्श समूहको तीनदिने बैठक नयाँदिल्लीमा विना निष्कर्ष समापन। १० माघ ०६४ः नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) द्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा श्यामसुन्दर गुप्तालाई मन्त्री पदबाट हटाउनुपर्ने, मधेशका सम्पूर्ण असन्तुष्ट पक्षसँग वार्ता गर्नुपर्ने, संविधानसभाको निर्वाचन अगावै अन्तरिम संसद् विघटन गर्नुपर्ने लगायतका माग एक साताभित्र पूरा नगरिए सरकारबाट बाहिरिने चेतावनी। त्रिभुवन विश्वविद्यालयद्वारा विद्यार्थी युनियनको निर्वाचन फागुन १६ गते गर्ने निर्णय। ११ माघ ०६४ः कान्तिपुर प्रकाशनद्वारा कतारबाट नेपाली भाषामा कान्तिपुरको साप्ताहिक संस्करणको सुरुआत। १३ माघ ०६४ः इजलासमा आपत्तिजनक नारावाजी गरेको अभियोगमा सर्वोच्च अदालतद्वारा १७ जनालाई तीन महिना कैद र एक हजार जरिवानाको फैसला। पिताश्रीको उपहार
अवसर पाउनासाथ गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजिनामा मागेर नथाक्ने सुजाता उप–प्रधानमन्त्रीसरहको बिना विभागीय मन्त्री बन्नु के थियो, चर्चाको शिखरमा पुगिन्। सातदलको आमसभास्थल नजिकै भएको बम विस्फोटको घटनासमेत छायाँमा पर्यो। जोस्टबाट कोइराला बनेको डेढ दशक नबित्दै सुषमा मेमोरियल ट्रष्टकी सञ्चालिका सुजाताको राजनीतिक सफलताले कोइराला परिवारका शेखर, अशोक, ज्योति, शशाङ्कलगायत सुशीललाई समेत मात गरेको छ। यसअघि नै गिरिजाका अत्यन्त निकट विजय गच्छदार, जयप्रकाश गुप्ता, गोविन्दराज जोशीलाई पाखा लगाउन सफल सुजाता नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन्। आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्रीको सल्लाहकार मात्र बनाइनन् अमेरिकाको राजदूत बनाउन समेत सफल भइन्। राजनीतिशास्त्रका विद्वान् प्रा. डा. लोकराज बराल र प्रा. कृष्ण खनालको योग्यताले उनलाई कुनै प्रभाव पार्न सकेन। यसअघि कोइराला परिवारकै अर्का सदस्य प्रकाश कोइराला पनि मन्त्री बनेका थिए। उनलाई राजा ज्ञानेन्द्रले मन्त्री बनाएका थिए तर सुजातालाई भने उनकै बुबाले मन्त्री बनाए। तैपनि प्रकाश र सुजातामा केही समानता भने देखियो। त्यो हो राजतन्त्रप्रतिको मोह। मन्त्री बनेको केही दिनपछि विराटनगर पुगेर उनले २०४७ सालको संविधान व्युँताउनुपर्ने आवश्यकता मात्र दर्शाइनन्, राजतन्त्रको अपरिहार्यताको वकालत पनि गरिन्। यसबीच गिरिजा–सुजातालाई नेहरू र इन्दिरासँग दाँजियो पनि। नेहरूको जीवनकालमा इन्दिरा गान्धीको कुनै प्रत्यक्ष राजनीतिक भूमिका थिएन। लालबहादुर शास्त्रीको देहावसानपछि काङ्ग्रेसका वरिष्ठ नेताहरूलाई पन्छाएर उनलाई प्रधानमन्त्री बनाइयो। काङ्गे्रसको पतन र फुटको सिलसिला त्यहीँबाट आरम्भ भयो। उनका छोरा सञ्जय गान्धी युवा काङ्ग्रेसको नेता बने। उनको रजाइँले नेहरूले आर्जेको यशलाई समेत आघात मात्रै पुर्याएन, स्वतन्त्र भारतको राजनीतिमा परिवारवादको अवधारणालाई बलवती पनि बनायो। इन्दिराको उदयसँगै क्षेत्रीयता र जातिवादको आगो यसरी दन्कियो, आजकाल पार्टीले टिकट वितरण गर्दा जातलाई पहिलो प्राथमिकता दिइन्छ, पार्टीको नीति र सिद्धान्त ओझ्ेलमा परेको छ। त्यसैले भारतको प्रजातन्त्रलाई राजनीतिशास्त्रीहरू डिफिकल्ट डेमोक्रेसीको संज्ञा दिन थालेका छन्। यी सबै गिरिजाबाबुको आँखासामुन्ने भएका घटना हुन्। उनको स्मृतिमा अङ्कित भएको हुनुपर्छ। गिरिजाप्रसाद सुजाताको बाबुमात्रै होइनन्। एउटा बाबुले छोरीलाई जन्मदिनको उपहार दिन सक्छ, फकाउन आइसक्रिम दिन सक्छ, विवाहमा दाइजो दिन सक्छ, स्वाभाविक हो। ०४८ सालमा सुजातालाई उनले मन्त्री बनाएको भए पनि सम्भवतः कसैले आपत्ति जनाउने थिएन। तर अहिलेको परिस्थिति विकट र बेगल छ। गिरिजा सुजाताको बाबु र नेपाली काङ्ग्रेसका नेता मात्र होइनन्। सातदलको सहमतिमा भएका निर्विरोध प्रधानमन्त्री र अन्तरिम संविधानअनुरुप राष्ट्रप्रमुख पनि हुन्। त्यही संविधानलाई खारेज गरेर ०४७ सालको संविधान व्युँताउन चाहनु भनेको जनआन्दोलनपश्चात् भएका सबै राजनीतिक सहमतिलाई निस्तेज गरेर नयाँ किसिमले द्वन्द्व सृजना गर्नु हो भन्ने कुरा उनले पक्कै बुझ्ेको हुनुपर्छ। शाही शासन विरुद्ध उनको लडाइँलाई सबैले सम्मान गर्दै आएका छन्। हेराँै, उनले त्यो सम्मान सम्हालेर राख्छन् वा वाचाल छोरीको ममताको लागि त्यागिदिन्छन्। • योगीशकृष्ण |