![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
ऋतुविचार
जेसिज भाइरस
के तपाइँ कहिल्यै जेसिजद्वारा आयोजित कार्यक्रममा भाग लिन जानुभएको छ? जेसिज अर्थात् जुनियर च्याम्बर। यो एउटा अन्तर्राष्ट्रिय संस्था हो। यसले निजी उद्यम र व्यवसायको वकालत गर्छ। आफ्नो व्यापार व्यवसाय गर्नुका साथसाथै त्यसबाट आर्जित आय र प्रतिष्ठालाई समाजसेवामा पनि लगाउनुपर्छ भन्ने यसको सिद्धान्त र दर्शन हो। त्यसैले व्यापारी, उद्यमी र सामाजिक क्षेत्रमा स्थान ओगट्न चाहने युवाहरू यसका सदस्य हुन्छन्। आर्थिक साधन तथा स्रोतमाथि व्यक्तिको नभई समाजको स्वामित्व हुनुपर्छ भन्ने राजनीतिक दर्शन अँगाल्नेहरू समेत यसका सदस्य बनेका छन्। कोही आफूलाई मार्क्सवादी र जेसिजको सदस्य पनि हुँ भन्छ भने त्यो सुनेर आश्चर्य मान्नुपर्दैन। यस्तो छ जेसिजको प्रभाव हाम्रो नेपालमा। बडो औपचारिक हुने गर्छन् यसका कार्यक्रमहरू। सबभन्दा पहिले त आसन ग्रहण हुन्छ जेसिजको सभापतिद्वारा, जो चाँदीका दुई लङको माला लगाएर मञ्चको सोफामा विराजमान हुन्छ। त्यसपछि शुरु हुन्छ विशिष्ट मानिएका व्यक्तिहरूको आसन ग्रहणको सिलसिला। उद्घोषकले एक एक गरेर तिनलाई मञ्चमा बोलाउँदै आसन ग्रहण गराउँछ। तिनको पालो सकिएपछि उद्घोषकले भन्छ, 'सम्पूर्ण अतिथिहरू जहाँ जहाँ बस्नुभएको छ त्यहीं त्यहीं आसन गर्नुहोला।' अनि पालो आउँछ जेसिजका सदस्यहरूद्वारा सामूहिक रूपमा शपथ खाने काम। त्यति भएपछि थालिन्छ सभाको विषयउपरको सम्भाषण। तर आगन्तुकहरूको स्वागत र आसन ग्रहणको क्रम भने रोकिँदैन। त्यो चलि नै रहन्छ पूरै कार्यक्रमको अवधिभर। फलाना फलाना भर्खर पाल्नुभयो उहाँलाई स्वागत गर्दै आसन ग्रहणका लागि अनुरोध गर्दछु भनेर बीच बीचमा उद्घोषकद्वारा उद्घोषण भइरहन्छ। उद्घोषक पनि सूत्रधार मात्र हुनुपर्नेमा कर्णधार नै भइदिन्छ समारोहको। जेसिजको तालिमै त्यस्तो होला। यस्तो कार्यक्रममा दुई चारपल्ट नराम्रोसित फेला परिएको छ। एक दुई पटक काठमाडौँमा, दुई पटक पोखरामा र यसपालि समेत गरी दुई पटक धरानमा। आसन ग्रहणको अटुट शृङ्खला र औपचारिकताको भारी प्रदर्शनले कार्यक्रमलाई बोझ्िलो बनाउँछ अनि अतिथिहरूलाई शिथिल। गुदी एकातिर राखेर बोक्रामा बढी जोड दिने गरिन्छ। यो जेसिज शैली जताततै फैलेको छ। जान्नेसुन्नेहरूले गरेका ठानेर सिको गरेका होलान् सबैले। कहिलेकाहीँ त मञ्चमा आसन ग्रहण गर्नेहरूको सङ्ख्या दर्शक दीर्घामा बस्नेहरूको भन्दा बढी हुने गर्छ। जेसिजको यस शैलीलाई एक भुक्तभोगी विद्वान्ले 'जेसिज भाइरस' को नाम दिएका छन्। जिम्मेवार पदको 'आसन ग्रहण' गर्ने तर त्यसको कार्यभार भने कहिल्यै ग्रहण नगर्ने जुन परम्परा हाम्रो देशमा तलदेखि माथिसम्म देखिएको छ त्यो यही भाइरसको प्रसारणका कारण भएको हो कि? भन्न मन लागेको थियो 'तोङ्ग्स छ र बोङ्ग्स छ नि हौ धरानमा।' तर भनिएन, उनलाई जिस्क्याए जस्तो हुनेथियो। तोङ्बाको रस भिजिसकेको अवस्था थियो। उसबेला तर्क बितर्कतिर लागिएन। तर धरानबाट फर्केपछि पनि उनको अभिव्यक्तिले चिमोटिरह्यो। बाह्र सय फिट उचाइको यो शहर पहाड होइन, तर मधेश पनि होइन। शायद अलि अलि दुवै हो। गर्मी खप्न सकिने खालको हुन्छ र जाडो साह्रै कडा हुँदैन। वनस्पति र मानिसमा दुवै ठाउँको मिसमास पाइन्छ, त्यसैगरी खानेकुरा र चिजबिजमा पनि। दार्जीलिङ, बर्मा, असम सबैतिरबाट आउनेहरूले यहाँ आश्रय पाए। पहाडबाट यतै झ्रे। मधेशतिरबाट यतै उक्लिए। ब्रिटिसले त भर्ती क्याम्प नै यहीँ राख्यो झ्ण्डै पैँतीस वर्ष। सिङ्गापुर, मलाया, हङकङ यहीँबाट भर्ती भएर गए। फर्किएर धेरैले यहीं बसोबास गरे। दश दिशाका मानिसको जमघटले गजबको रहनसहन जन्मायो, अन्यत्र कतै नभएको। आधुनिक छ, तर एक सय वर्ष नाघेको शहर हो यो। यसको प्राचीन हिस्सा र किस्सा पनि बाँकी छ। सिङ्गो विजयपुर डाँडो तीर्थहरूले भरिएको छ। त्यहीं छ प्राचीन इतिहास बताउने भताभुङ्गे नामले प्रचलित किराँत राजाको दरबार। केवल १२ किलोमिटरको दूरीमा कोशी बग्छ। केही पर्तिर बराहक्षेत्र छ। १६ किलोमिटर उक्ल्यो भने जेठमा स्वेटर लगाउनुपर्ने भेंडेटार छ। गुराँस फूल्ने महाभारत लेक छ जहाँबाट मकालु हिमशिखरको दर्शन मिल्छ। र्याफ्िटङका लागि तमोर छ। धरानलाई बेसक्याम्प बनाएर जान सकिन्छ विष्णुपादुका, डाँडाबजार, नाम्जे, राजारानी, पाँचकन्या, रामधुनि र कोशी टप्पु पनि। चारकोसे झ्ाडी पनि अन्वेषण थलो बन्न सक्छ। साविकको ब्रिटिस क्याम्प अहिले डाक्टर जन्माउने नेपालकै ठूलो आधुनिक अस्पतालमा फेरिएको छ। आधा दिन त घोपाक्याम्प घुम्दा नै बित्छ। १८ होलको सबभन्दा पुरानो र ठूलो गल्फ कोर्स यहीं छ। यहाँ बनेका सडक र बाटाघाटा नै पनि एकपटक हेर्न लायक छन् बाहिरकाहरूले। यथेष्ट छन् हेर्ने कुराहरू यहाँ घुम्न आउनेहरूका लागि। राम्रो, रमाइलो र रसिलो छ धरान। म्याङ्लुङ, फुङलिङ, फिदिम, धनकुटा र इलामलाई छाडेर धरानलाई नै स्वायत्त लिम्बुवानको राजधानी प्रस्तावित गरिएको त्यसै होइन। सोच्ने हो भने वास्तवमा के छैन धरानमा? किनभने धरानमा दिनको ६ घन्टा बिजुली जाँदो रहेछ– हप्तामा ३६ घन्टा। त्यो काठमाडौंभन्दा रत्तिभर बढ्ता होइन। काठमाडौं आफू झ्लमल्ल भएर अरूलाई अँध्यारोमा राख्यो भन्न मिलेन। त्यही सिलसिलामा चक्काजाम पनि भयो। गाडी नचलेकाले मेरा साथीहरू काठमाडौं फिर्नबाट एक दिन रोकिए। तोडफोड गर्ने र हडताल गर्ने अधिकार पनि काठमाडौंले सबैलाई दिएको रहेछ। यस्तो बराबरी व्यवहार गर्ने काठमाडौँलाई उसै गाली गरिदिने? |