![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
पुस्तक मदन भण्डारीको बाटोमा
एमाले महासचिव नेपालको विचारमा “संविधानसभामार्फत् स्थापना गरिने लोकतान्त्रिक गणतन्त्र एक प्रकारको सङ्क्रमणकालीन अवस्था हुनेछ, जुन जनताको बहुदलीय जनवादको मार्गदर्शनमा कायम हुने बहुदलीय जनवादी गणतन्त्रको दिशातर्फ उन्मुख हुनेछ।” आफ्ना विचार―धारणालाई प्रस्ट पार्न अघि सारिएको पुस्तकमा कार्यकर्ताबाट अपेक्षा गरिएको छ― “जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको लक्ष्यमा मुलुकलाई पुर्याउनका लागि आम पार्टीपङ्क्ति अझ् बढी सक्रियता, प्रतिबद्धता र दृढताका साथ संविधानसभाको निर्वाचनमा लाग्नुपर्ने बेला आएको छ।” पुस्तकमा परिवर्तित परिस्थिति, लोकतान्त्रिक गणतन्त्र र जनआन्दोलनजस्त्ाा ऐतिहासिक सन्दर्भसँग बहुदलीय जनवादको अवधारणालाई जोडेर लेखिएका लेखहरू समेटिएका छन्। पुष्पलाल र कम्युनिष्ट आन्दोलन तथा पार्टीको आन्तरिक जीवनमा कमरेड मदन भण्डारीजस्ता कुल १६ वटा लेखहरू समेटिएको पुस्तक नेपालको तत्कालीन कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न चाहने सबैका निम्ति उपयोगी ठहरिनेछ। अनुभवको अभिलेख
“आकारमा सानो देखिए पनि विचारका आधारमा हामी कुनै पार्टीभन्दा कमजोर छैनौं” पुस्तकमा समेटिएको एउटा अन्तरवार्तामा एक ठाउँ वरिष्ठ कम्युनिष्ट नेता मानन्धरलेे भनेका छन्। पूर्वप्रकाशित लेख तथा अन्तरवार्ताको यो सँगालो नेपाली कम्युनिष्ट आन्दोलनका अध्येताहरूका लागि उपयोगी ठहरिनेछ। ०२५ सालदेखि नै पार्टीविरोधी गतिविधिमा संलग्न भएपनि नियन्त्रण गर्ने अभिप्रायका साथ ०३४ सालमा आफू महासचिव भएर रायमाझ्ीलाई अध्यक्ष बनाइएको प्रसङ्ग उनले उल्लेख गरेका छन्। पार्टीविरोधी गतिविधि कायमै राखेपछि अन्ततः ०३८ सालमा रायमाझ्ीलाई पार्टीबाट निष्कासन गरिएको सन्दर्भ पनि पुस्तकमा उल्लेख गरिएको छ। मानन्धर आफ्ना समकालीन मित्र स्वर्गीय तुलसीलालका बारेमा एक ठाउँ भन्छन्, “हामीले रोक्दारोक्दै नेकपासंयुक्तको अध्यक्ष भएको समयमा उहाँले एमाले अमेरिकन डलरमा चलेको पार्टी हो भनेर वक्तव्य दिनुभयो।... पछि एमालेमा प्रवेश गरी राजदूत भएर चीन जानुभयो।” अखबारी लेखनभन्दा पर
अखबारी लेखनमा तीखा र छुच्चा लाग्ने खगेन्द्र सङ्ग्रौला 'सम्झ्नाका कुइनेटाहरू'मा तुलनात्मक रूपमा संयमित छन्। अखबारी लेखनमार्फत् सङ्ग्रौला जति आगो ओकल्छन्, पुस्तकमा तिनै पात्रहरूप्रति प्रेम र सद्भाव प्रकट गर्दछन्। यद्यपि, यो पुस्तकमा पनि उनको र्झ्राे र स्पष्टवादी लेखनको झ्लक भने देख्न सकिन्छ। २०४६ को आन्दोलनका क्रममा लेखक―स्रष्टाहरूले निरङ्कुशताविरुद्ध मुखमा कालोपट्टी बाँधेर गिरफ्तारी दिएका थिए। 'कालोपट्टी पर्वः जनआन्दोलनको जुनकिरी'मा त्यस कार्यक्रमका एक सहभागी सङ्ग्रौलाले शब्दचित्र उतारेका छन्। कम्युनिष्ट नेता स्वर्गीय निर्मल लामा र साहित्यकार भवानी घिमिरेसँगका संस्मरणहरू पनि पुस्तकमा समेटिएका छन्। सङ्ग्रौला यो निबन्ध सङ्ग्रहमा 'गम्भीर साहित्यको खाँचो छ' भन्दै देखापरेका छन्। सुवास
पुनर्संरचनामा महिला दृष्टिकोण
महिला, दलित, मधेशी, आदिवासी जनजातिलगायतका सीमान्तकृत समुदायको हित हुने गरी राज्यको पुनर्संरचना गरिनुपर्ने आवाज उठिरहेकै छ। यही सन्दर्भमा अधिवक्ता इन्दु तुलाधरले राज्यको पुनर्संरचनालाई महिला दृष्टिकोणबाट परिभाषित गर्न खोजेकी छन्। सामाजिक रूपान्तरणका अरू मुद्दामा जस्तै राज्यको पुनर्संरचनामा भइरहेका बहसहरूमा पनि महिलाको सहभागिता न्युन रहने गरेको छ। पुस्तकमा राज्यको पुनर्संरचना र महिला, महिलाको हकमा राज्यको पुनर्संरचनाः चुनौती र अवसरहरू तथा राज्यको पुनर्संरचनामा महिलाका कार्यसूचीहरू तयार गर्नमा महिलाको भूमिका जस्ता पाँच उल्लेखनीय परिच्छेद छन्। पुस्तकले नीतिनिर्माता र सामाजिक जुझ्ारुहरूको दृष्टिकोणलाई माझन सहयोग पुर्याउने देखिन्छ।
नेपाल विद्यार्थी संघका पूर्व सभापति विश्वप्रकाश शर्माले वीरेन्द्र र ज्ञानेन्द्र एउटै आमाका सन्तान होइनन् भन्ने आधार प्रस्तुत गरेपछि शाहवंशका 'असीमित कर्तुत र ज्यादतीहरू' लाई उजागर गर्न यो पुस्तक लेखिएको दाबी गरिएको छ। लेखक कृष्ण अविरलले 'विगतको जस्तो स्तुतिका लागि इतिहास लेख्ने परम्परालाई भत्काउने' क्रममा कतिपय अन्योलको निरुपणका निम्ति इतिहासकारहरू प्रा. दिनेशराज पन्त, ज्ञानमणि नेपाल, प्रा.डा. राजाराम सुवेदी र पुरुषोत्तमशमशेर जबराको सहयोग प्राप्त भएको पनि जनाएका छन्। प्रा.पन्त र जबराद्वारा पाण्डुलिपि परिष्कार गरिएको भनिएको यो पुस्तकमा शाहवंशी राजाहरूको नकारात्मक चर्चा गर्ने क्रममा एक ठाउँ भनिएको छ, “पृथ्वीनारायण शाह अत्यन्तै मूर्ख र सन्की स्वभावका थिए।” सतहमा आइसकेका तथ्यहरूलाई उनेर लेखकले आफ्नो परिकल्पनाको पुष्टि गर्न खोजेका छन्, तर भाषिक प्रस्तुति निष्पक्ष देखिँदैन। |