| • रविन साय्मि |
 |
मुहूर्त
भनेको/सुनेको
 |
“मधेशमा भाइलाई भाइसँग लडाउने कसरत शुरु भएको छ।”
सुशील कोइराला
कार्यवाहक सभापति, नेका
गोरखापत्र दैनिक, ११ माघ २०६४
|
अङ्क र अर्थ
१५५ जना सं.रा.सं.का महासचिवको नेपाल–सम्बन्धी ३ जनवरी २००८ को प्रतिवेदनअनुसार अनमिनमा कार्यरत सीमान्तीकृत समूहका नेपाली कर्मचारीहरू। कुल ३३२ जना राष्ट्रिय कर्मचारीको यो ४७ प्रतिशत हो।
१,३४,७०० जना संविधानसभा निर्वाचनका लागि गृह मन्त्रालयलले परिचालन गर्न लागेका सुरक्षाकर्मी। यीमध्ये ६४ हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ६९ हजार ७०० म्यादी प्रहरी हुनेछन्।
स्रोतः खानेपानी तथा ढल निकास विभाग/अनमिन
हिंड्दा–हिंड्दै

मीनरत्न बज्राचार्य
|
शहीदलाई सम्मान गर्ने सरकारी शैलीको विरोध गर्दै शहीद स्मारक समितिका सभापति बनेका प्रकाशधर शर्मा आचार्य भन्छन्, “शहीदको सम्मान भन्नु नै उनीहरूले जस्तै त्याग गर्नु हो।”
वास्तवमा शहीद को हुन्?
निरङ्कुशता विरुद्ध नझ्ुकी, देशका निम्ति मर्न हिम्मत गर्नेहरू नै शहीद हुन्।
अहिले त शहीदको पनि वर्गीकरण गरिंदै छ नि?
भगौडालाई पनि शहीद भनिएको छ, पार्टीहरूका पनि आ–आफ्नै शहीद छन्। सरकार जसलाई पायो उसलाई शहीद घोषणा गर्दैछ। यसले शहीदको महत्व घटाएको छ। उनीहरू कुनै पार्टी र राष्ट्रको मात्र होइनन्, अन्तर्राष्ट्रिय विभूति हुन्। त्यसैले बाहिरी मुलुकका अतिथिहरू आउँदा विमानस्थलबाट सीधै शहीदगेट गएर सम्मान व्यक्त गर्छन्।
शहीदगेटमा त शहीदहरूको भन्दा माथि राजा त्रिभुवनको सालिक पो छ त?
त्रिभुवन राजा हुन्, तर शहीद होइनन्। त्यसैले त्यहाँ उनको सालिक राख्नु भनेको शहीदको अपमान गर्नु हो।
यसबारे आवाज किन नउठेको होला?
१६ माघ २०२८ मा पाटन कृष्णमन्दिरस्थित कात्तिक डबलीमा शहीद दिवस समारोह मनाउँदा हामीले त्यहाँबाट उनको सालिक अन्य ठाउँमा सार्नुपर्ने प्रस्ताव पारित गरेका थियौँ। र, यो प्रस्तावलाई मैले २०४६ सालमा बहुदल आएपछि काठमाडौँमा आयोजित शहीद दिवस समारोहमा पनि राखेँ तर आजसम्म सुनुवाई भएन।
शहीदको सपना पूरा गर्ने भनिन्छ, कहिले पूरा होला त्यो सपना?
शहीदको सपना भन्ने कुरा मलाई ठीक लाग्दैन। उनीहरूले ज्यान दिएको कुरा सपना र कल्पना हुनै सक्दैन। उनीहरू देश र जनताको निम्ति कि मर्छौं, कि गर्छौं भन्ने अठोटका साथ बलिवेदीमा होमिएका वीर सपूतहरू हुन्।
|