![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
अर्थ बजार सीपी अवैतनिक महावाणिज्यदूतमा
लक्ष्मी ब्याङ्क तथा प्राइम लाइफ इन्स्योरेन्स प्रा.लि.का निर्देशक चन्द्रप्रकाश खेतान -सीपी) लाई र्टर्की सरकारले नेपालका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त गरेको छ । विगत १५ वर्षेखि उद्योग-व्यापार क्षेत्रमा सक्रिय सीपी चर्चित उद्योगपति स्व. मोहनगोपाल खेतानका कान्छा छोरा हुन् । खेतान समूहले सीपीको यो नियुक्तिबाट नेपाल-र्टर्कीबीचको पारस्परिक सहयोग र सम्बन्धमा थप सहयोग पुग्ने विश्वास गरेको छ । यतीको अन्तर्राष्ट्रिय उडान
१० वर्षदेखि आन्तरिक उडान गर्दै आएको यती एअरलाइन्स्ले एअर अरेबियासँगको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ। २२ माघदेखि फ्लाईयती डटकमको नामबाट काठमाडौँ–क्वालालम्पुर सेक्टरमा शुरु गरिएको यो सेवालाई भारत, दक्षिणपूर्वी र मध्यपूर्वी एसियाका थप शहरहरूसम्म विस्तार गरिने कम्पनीले जनाएको छ।
युनाइटेड ट्रेडर्स सिन्डिकेटले जापानमा निर्मित टोयोटा मोटर्सका विभिन्न पाँच मोडलका गाडीहरूको नेपालमा बिक्री शुरु गरेको छ। नयाँ मोडलमा प्रस्तुत कोरोला, यारिस ह्याचब्याक, यारिस सेडान, क्याम्री र ल्याण्ड क्रुजरको मूल्य क्रमशः रु.२९.९९ लाख, रु.२४ लाख, रु.२५.९५ लाख, रु.५३.५७ लाख र रु.१.३० करोड रहेको कम्पनीले जनाएको छ।
थाईल्याण्डको निजी विमान कम्पनी ओरियन्ट थाईले ब्याङ्कक–काठमाडौँ हवाई सेवा शुरु गरेको छ। विदामा ब्याङ्कक घुम्न जाने नेपालीहरूलाई लक्षित गरी सेवा शुरु गरेको ओरियन्ट थाईले एमडी–८२ जहाजबाट हप्तामा तीन उडान गर्ने जनाइएको छ। पशुपक्षीको दाना उत्पादन गर्दै आएको प्रोवायोटेक इण्डष्ट्रिजबाट उत्पादित शक्ति ब्राण्डका पेलेट दानाले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। प्रोवायोटेक दाना उत्पादन गर्ने उद्योगहरूमध्ये नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो कम्पनी हो। यो उपलब्धिबाट उत्साहित कम्पनीले आगामी दिनमा नवीनतम प्रविधि प्रयोग गरेर पोल्ट्री तथा कृषि उत्पादनहरू बजारमा ल्याउने जनाएको छ। किस्ट मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्स लि.ले किस्ट बोनस बचत निक्षेप योजना शुरु गरेको छ। जसअन्तर्गत पहिलो १०,००० ग्राहकहरूले रु.१ मा समेत बचत खाता खोल्न सक्नेछन्। त्यसरी खोलिएको खातामा नियमित वित्तीय सुविधाहरूका अतिरिक्त रु.१०० बोनसस्वरुप प्रदान गरिने र ग्राहकहरूले निःशुल्क किस्ट एसएसबी डेबिट कार्ड प्राप्त गर्ने जानकारी दिइएको छ। |