![]() |
| पूर्णाङ्क २१० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
यो पक्षमा १५ पुस ०६४ः कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका पाँच नेता अन्तरिम सरकारमा सामेल । महरालाई सूचना तथा सञ्चार, देव गुरुडलाई स्थानीय विकास, मातृकाप्रसाद यादवलाई वन तथा भूसंरक्षण, हिसिला यमीलाई भौतिक योजना तथा निर्माण र पम्फा भुसाललाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको कार्यभार । यातायात राज्यमन्त्री रमेश लेखक र जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रीमा बढुवा । तमु गुरुङ समुदायको नयाँ वर्षल्होसारको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा जातीय, राजनीति, कला, शैक्षिकलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत गुरुङ समुदायका १४ जना व्यक्तित्व सम्मानित । १६ पुस ०६४ः प्रधानमन्त्रीद्वारा अबको मेलमिलाप गणतन्त्रका लागि भन्ने उद्घोष । २० पुस ०६४ः संविधानसभा निर्वाचनका लागि आवश्यक मतदाता नामावली, निर्वाचन आयोग र संविधानसभा सदस्य निर्वाचन ऐन गरी तीन वटा कानून संसद्बाट पारित । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्र हितमा प्रयोग गर्ने विधि र संयन्त्र व्यवस्था गर्ने नेपाल ट्रष्ट विधेयक पारित । २३ पुस ०६४ः संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी सहायक महासचिव अंगेला केनको चार दिनको नेपाल भ्रमणका लागि काठमाडौं आगमन । शान्ति प्रक्रियामा सहयोग पुर्याउनु तथा संविधानसभा निर्वाचनको तयारीमा अनमिनले गरेको कार्यको जानकारी लिनु भ्रमणको उद्देश्य । रवीन्द्रनाथ शर्माको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालद्वारा गणतन्त्रको विरुद्धमा राजधानीमा पर््रदर्शन । २६ पुस ०६४ः सामान्य प्रशासनमन्त्रीमा रामचन्द्र यादव, विना विभागीय मन्त्रीमा श्रीमती सुजाता कोइराला र वातावरण, विज्ञान तथा प्रविधिमन्त्रीमा फरमुल्लाह मन्सुर नियुक्त । परराष्ट्रमन्त्री सहाना प्रधानद्वारा व्यवस्थापिका संसद्को बैठकको विशेष समयमा नेपाल-भारत सीमाका विवादित क्षेत्रका विषयलाई प्रामाणिकता र आपसी सम्झाौताका आधारमा जतिसक्दो चाँडो द्विपक्षीय संवाद र सहमतिका माध्यमबाट सुल्झााउन निरन्तर लागिपर्न सरकार प्रतिबद्ध रहेको जानकारी प्रस्तुत । २७ पुस ०६४ः नेपाल बार र प्रधानन्यायाधीश केदारप्रसाद गिरीबीच महिला वकिलहरूले बहसका क्रममा न्यायाधीशहरूलाई श्रीमान भन्नुपर्ने वर्तमान चलन खारेज गरी माननीय न्यायाधीश सम्बोधन गर्न सकिने सहमति । २८ पुस ०६४ः निर्वाचन आयोगद्वारा संविधानसभा निर्वाचनका क्रममा पालना गर्नुपर्ने आचारसंहिता जारी । जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वाला समूह) द्वारा वीरगंज आदर्श टोलमा पुष्कर श्रेष्ठ -५५) को गोली हानी हत्या । २९ पुस ०६४ः तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीरा निर्वाचन आयोगमा दल दर्ताको आवेदन दायर । सात दलका साँढे
झण्डै तीन महिनाको अन्योलपर्ूण्ा राजनीतिक अवस्थाको अन्त्यसँगै नेकपा -माओवादी) सरकारमा फर्केको छ । र, पुनः संविधानसभा निर्वाचनको मिति समेत तय भएको छ । 'वैशाखमा हाम्रो अनुकूल अवस्था रहँदा चुनाव नगर्ने, अहिले प्रतिकूल भएका बेला कसरी हुनसक्छ' भन्दै करिब साढेतीन महिनाअघि सरकारबाट बाहिरिएका माओवादीहरूले संसदबाट लोकतान्त्रिक गणतन्त्रको घोषणा, पर्ूण्ा समानुुपातिक निर्वाचनलगायत विभिन्न माग अघि सारेका थिए । त्यसको लागि माओवादीले सडक आन्दोलनको घर्ुर्की देखाएर सरकार परिवर्तनसम्मको माग गरे । हालै भएको २३ बुँदे सम्झौताबाट माओवादीका माग धेरै हदसम्म पूरा भएका छन् । सात दलबीच सहमतिको लागि भएको लडाइँमा माओवादीको ठूलै जीत भएको छ । सात दलबीचको साँढे भएको छ, माओवादी ! तीसवर्षो निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गरेर बहुदलीय व्यवस्थाको अभ्यास गरेको आधादशक पुग्दा नपुग्दै 'जनयुद्ध' आरम्भ भयो । त्यसकारण संसदलाई नै निशाना बनाएर जनयुद्ध आरम्भ गरेको आरोप पनि माओवादीले खेप्नु पर्यो । समय क्रममा मार्क्सवाद, लेनिनवाद, माओवादको हाराहारीमा प्रचण्डपथको व्याख्या गर्ने राजनीतिक बुद्धिजीवी पनि नेपालमा जन्मिए । पछिल्लो समय आफूलाई बारम्बार 'अत्यन्त भावुक' बताउने गरेका प्रचण्डले हालै एक अवसरमा अब यो देशमा 'बुद्ध या जङ्गबहादुर वा दुवैको संयुक्त रूपले जन्म हुन्छ' भन्ने घोषणा गरेका थिए । अहिंसक बुद्ध, जसले सत्ताप्रति कुनै मोह राखेनन् र हिंसक जङ्गबहादुर, जसले सत्ताको लागि रगतको खोलो बगाएर कोत काण्ड र्-पर्व होइन, त्यस्तो बर्बरतापर्ूवक मानिस मारिएको दिन कसरी पर्व हुनसक्छ) मच्चाए( यी दर्ुइको संयुक्त रूपको कल्पना कसैले गर्न सक्दैन । आज बुद्धका अनुयायी विश्वभरि शान्तिको सन्देश फैलाइरहेका छन् भने जङ्गबहादुर राणाहरूको शासन ढलेको जुग बितिसकेको छ । जुनबेला प्रचण्ड बुद्ध र जङ्गबहादुरको कुरा गर्दैथिए, त्यसबखतसम्म उनकै पार्टर्ीीट हिंसाको बिँडो समातेर आएका जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका ज्वालासिंह र गोइत समूहबाट आफन्त मारिएको वियोगमा विहृवल सप्तरी र पर्सर्ाा श्रेष्ठ परिवारका आँखाको आँशु सुकेको थिएन । यी दुवै मोर्चाका नेता-कार्यकर्ताहरू केही समयअघिसम्म प्रचण्डकै पार्टर्ीी आबद्ध थिए । उनीहरूले सशस्त्र हिंसाको पाठ नेकपा माओवादीबाटै सिकेका हुन् । घुमाई-फिर्राई उनीहरू भन्ने गर्छन्- 'हामीले जे गरिरहेका छौँ त्यस्तै काम गर्ने माओवादी आज संसद र सरकारमा छन् । तर हामीले गरेको कामलाई उनीहरू नै आपराधिक भनिरहेका छन् ।' यो प्रश्नको जवाफ दिने सबैभन्दा सही पात्र प्रचण्ड नै हुनसक्छन् । यसको जवाफ किन पनि आवश्यक छ भने, तर्राईकै अवस्थाको कारणले संविधानसभाको निर्वाचन सम्भव छैन भन्ने तर्क अघि र्सार्न थालिएको छ । माओवादी व्यवधानकै कारणले मङ्सिरमा हुने भनिएको संविधानसभाको निर्वाचन स्थगित भएकोले जनतालाई निर्वाचन हुन्छ भन्ने कुरामा आश्वस्त गराउन सबैभन्दा बढी अग्रसर प्रचण्डले नै हुनर्ुपर्छ । बुलेटको राजनीतिमा विश्वास गर्ने उनका कार्यकर्ता ब्यालेटको लागि तयार भएनन् भने परिस्थिति बिग्रिन सक्छ ।
|