हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

ट्राफिकका प्रभावकारी सन्देशहरू

अघि–अघि त ट्राफिक दिवस हुन्थ्यो, ट्राफिकसप्ताह हुन्थ्यो। यसपटक त राजधानीमा पूरै पुस महिनाभरि ट्राफिकमास मनाइयो। तर ट्राफिक अभियान सकियो, पुच्छर त बा•ै। ट्राफिक अभियानमा प्रसार गरिएका सन्देशहरू सटिक नभएकाले शायद यसो भएको हो। हिसाबले नाराहरू यस्ता हुनुपर्नेः
•झ्ुण्डिएर यात्रा नगरौं– झ्ुण्ड्याई मागौं।
•छतमा बसेर यात्रा नगरौं– सुतेर गरौं।
•जथाभावी सडक नकाटौं– मन परेको ठाउँबाट काटौं।
•जेब्राक्रसबाट मात्र बाटो काटौं– पहिले जेब्राक्रस कहाँ छ खोजौं।
• लेन अनुशासन कायम गरौं– पहिले लेन छुट्याउने लाइन कोरौं। 
• ट्राफिकनियम पालना गरौं– सवारी उठाउनलाई चाहिँ तोडौं। 
• बिसौनीमा मात्र गाडी रोकौं– प्रत्येक पाइलामा बिसौनी बनाऔं।
• रङसाइडबाट ओवरटेक नगरौं– कसैले गरे नदेखे झ्ैँ गरौँ। 
• ट्राफिक अभियान सफल पारौं– आफ्नो बानी नसुधारौं।
• आकासे पुल बनाऔं– तर त्यसबाट नहिडौं।
• फुटपाथमा पसल थापौं– सडकमा हिँडौं।
यिनै सन्देशलाई व्यापक प्रसार गरेमा चाहिँ ट्राफिकमा स्थायी सुधार आउने थियो कि?

कसरी काट्ने खागचोरका नाकलाई?

स्थान :  कसरा दरबार, चितवन राष्ट्रिय निकुञ्ज
समय :  अपरान्ह 
महिना :  पुसको आधाउधी 
सन् १९३९ मा जुद्धशमसेर नेपालको श्री ३ छँदा शिकारका लागि बनाइएको कसरा दरबारमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय छ। त्यहाँको भुइँतलामा स–सानो एउटा स•्रहालय पनि छ। त्यस स•्रहालयमा काँचको एउटा सोकेसभित्र ज•ली गैँडाको एउटा भ्रुण रसायनमा डुबाएर राखिएको छ। जीवन देख्न नपाएको गैँडाको शिशु बाहिर बरण्डाको भित्तामा ठूलो पोस्टर टाँसिएको छ। त्यसमा सिङ अथवा खागका लागि टाउको फोरिएका, खुट्टा गिँडिएका, शरीर अ•भ• पारिएका गैँडाका तस्बिरहरू छन्। 

राष्ट्रको सम्पदा मानिएको ज•ली जनावरलाई त्यसरी बीभत्स तरिकाले मारिएको देख्दा तिनलाई मार्ने दुईखुट्टे अपराधीहरूको अनायास सम्झ्ना हुन्छ। गैँडा मारेको अभियोगमा पक्राउ परी मुद्दा चलिरहेका दुईजना अभियुक्तहरूलाई जेल सारी काठमाडौँ लगिएको समाचार फोटोसहित भर्खरै अखबारमा छापिएको थियो। तिनमा एकजना पोखरेल थरको काठमाडौँ डिल्लीबजार निवासी थियो। समाचार अनुसार निजले कुनै सैनिकसित अवैध रूपमा गोली खरिद गरी आफ्नो बन्दूक समेत दिएर गैँडा मार्न लगाउँदो रहेछ। उसको मिलीभगतमा अहिलेसम्ममा निकै गैँडाको ज्यान गइसकेको रहेछ। 

अहिले त झयालखान मात्र सारिएको छ, पछि पूरै बाहिर खुलामा पो उसको सरुवा हुन्छ कि? किनभने अखबारको फोटोमा देखिएको अभियुक्त उहिले शा.ने.वा.नि. मा पाइलट रहेको व्यक्ति हो भने त्यो बडो जालिम छ। देशको ध्वजवाहकले हङकङमा 'गोल्डेन एयरलाएन' को ख्याति कमाएको बेला उसले सुन र घडी खुब ओसारेको थियो। तर एकदिन कता कडी खुस्क्यो, ऊ पक्राउ पर्‍यो पाइलटले बोक्ने चारपाटे कालो ब्यागमा घडीहरूको पोकोसहित। तर सिनियर पाइलट थियो ऊ, माथि, माथि, धेरै माथिसम्म पहुँच भएको। कुनै एकजना रामबहादुर–हरिबहादुर खडा गरियो जसले त्यो अपराधको भारी आफ्नो थाप्लामा लियो। पाइलट साहेब फेरि फुक्का साँढे, फेरि कारोबार चालु। 

वायुसेवाको नोकरीबाट निवृत्त भएर पनि त्यस पाइलटको अवैध धन्दा भने जारी नै रहेछ। आकाशमा उड्न छाडेपछि ऊ ज•ल पसेको रहेछ। सुनेको हो, ऊ सप्तरीतिरको उहिलेको जमिन्दार घरानाको मानिस हो। नपुग्दो के पो हुँदो हो। त्यसैले त ऊ उसबेला पाइलट हुन सक्यो। तर द्रव्यपिशाचको प्रभावले गर्दा ऊ आखिरमा के पो भयो  र! पहिले घडीतस्कर, अहिले गैँडाको खाग तस्कर। 

मानिस आखिर पैसाका लागि किन पिशाच बन्छ? उसलाई यस पाको उमेरमा आएर किन पैसा चाहियो र केका लागि चाहियो? फेरि पैसा कमाउने बाटो किन उसले यस्तो रोज्यो? आफ्ना सन्ततिको खुशीका लागि सम्पत्ति सञ्चय गर्न उसले यो बाटो समातेको भए कसरी मुख देखाउने होलान् उसका छोराबुहारी, नातिनातिना र वंशजहरूले समाजका अघिल्तिर?

मानिसको पैशाचिक प्रवृत्तिका शिकार बनेका गैँडाका ती चित्रहरूले पोखरेल जस्ता धेरैका अपराधकर्मका कथा सुनाइरहेका थिए त्यसदिन कसरा दरबारको बरण्डामा। धेरै होलान् छद्मभेषी पोखरेलहरू नेपालमा। कसरी उदा•ो पार्ने होला तिनका अनुहारलाई? कसरी काट्ने होला तिनीहरूका थुतुना र नाकलाई? 

एकलाखे टाटा कार

गए हप्ता उता इण्डियामा रतन टाटाले एक लाख रुपैयाँमा पाइने नयाँ फुच्चे कार के निकाले यता नेपालवासीहरूबीच छलफल र बहस छेडियो। त्यसले ट्याक्सी हड्ताल, मधेशी आन्दोलन, मन्त्रिमण्डलको विस्तार सबैलाई ओझ्ेलमा पारिदियो। 

सिमाना पारिकाले फगत एक लाख रुपैयाँमा नै कार चढ्न पाउने अनि सिमाना यस पारकाले चाहिँ त्यही माइक्रो बसमा कोचाकोच गरेर यात्रा गर्नु पर्ने? अरू बेला चाहिँ खुला सिमाना दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भन्ने र त्यसका फाइदाहरू गनेर नथाक्ने अनि कार चढ्ने बेलामा चाहिँ भन्सार थोपर्ने? यस्ता थिए छलफलका केही बान्की। सुनौं, छलफलका अन्य बुँदाहरूः
• त्यहाँ एक लाख पर्ने अनि यहाँचाहिँ त्यसैलाई चार लाख तिर्नुपर्ने? 
• कि आफैँले कार बनाउन सक्नु पर्‍यो, नत्र त्यतिका भन्सार लगाउन पाइन्छ? 
• दुई लाख ठीक हुन्थ्यो, तीनसम्म पनि लौ, चार लाख त हदै भयो।
• भारु. र नेरु. बराबर भए नि हुन्थ्यो। भुटानको ङुल्त्रुम बरू बराबर छ। हाम्रो पैसा सानो भएकाले हामीलाई मह•ो परेको।
• अखण्ड भारतकै अ• भए हुन्थ्यो नेपाल पनि। सस्तोमा कार त चढ्न पाइन्थ्यो।
• कारका लागि देशै माया मार्ने? बरू भन्सार घटाऔं न।
• भन्सार घटाएर देश कसरी चलाउने नि?
• भन्सारले देश चलेको छ? देश त विदेशी पैसाले चलेको छ।
• यसै त मान्छे हिँड्ने ठाउँ छैन। सस्तो कारको नेपालमा बाढी आउने भयो। कहाँ चलाउने होला? बाटो खोई?
• रतन टाटाले भनेका छन् कारले बाटो आफैं बनाउँछ। नेपालमा पनि बन्छ बाटो।
• नापियो! पचास वर्ष भयो रत्न राजमार्ग खन्न थालेको खोई के भयो?
कार उता आयो, चर्चा यता चुलियो। स्वतन्त्र र स्वाभिमानी नेपालीका मनमा के हालिदिए रतन टाटाले यस्तो?