| • रविन साय्मि |
 |
मुहूर्त
भनेको/सुनेको
 |
“राष्ट्रको पहिचानका लागि राजसंस्था रहनुपर्छ।”
सुजाता कोइराला
नवनियुक्त बिना विभागीय मन्त्री
कान्तिपुर दैनिक, २९ पुस २०६४
|
अङ्क र अर्थ
४,१५,००० जना कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरू।
१८ जना ३२९ जना विधायकमध्ये हाल अन्तरिम व्यवस्थापिका–संसदमा रहेका दलित सांसदहरू।
२,९७३ जनामाओवादी शिविरमा रहेका १८ वर्ष मुनिका छापामार।
स्रोतः खानेपानी तथा ढल निकास विभाग/अनमिन
हिंड्दा–हिंड्दै

किरण पाण्डे
|
लोडसेडिङ हुनथालेपछि मिडियामा निकै छाउँछन् भार प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाट। उनी भन्छन्, “अब सात दिनमध्ये छ दिन हरेक ग्राहकले बिहान वा बेलुका अँध्यारोमा बस्नुपर्छ।”
लोडसेडिङ हुनथालेपछि त पत्रकारहरुले तपाइँलाई खोजिहाल्छन् हैन?
जब लोडसेडिङ हुन्छ अनि उहाँहरू मलाई सम्पर्क गर्नुहुन्छ।
फोन रिसिभ गर्दा–गर्दा झर्को लाग्दैन त?
करिब तीनवर्षदेखि मैले यो काम गर्दै आएको छु। फेरि मिडियासँग र्झ्को मान्ने भन्ने त कुरै भएन नि! किनभने हाम्रो आवाज भनेकै मिडिया हो।
अनि लोडसेडिङ त बढ्दै छ नि!
त्यही त शुरुमा हप्ताको ६ घण्टा अँध्यारोमा बस्नु परेका पश्चिम लमहीदेखि पूर्व लहानसम्मका ग्राहकले अहिले ३६ घण्टा अँध्यारोमा बस्नु परिरहेको छ।
यसपछि त समस्यामा सुधार हुन्छ होला नि हैन?
वैकल्पिक व्यवस्था नहुने हो भने सबैभन्दा सुख्खा फागुन महिनामा त अझ्ै योभन्दा पनि बढी लोडसेडिङ हुन सक्छ।
के कारणले यस्तो भएको हो?
नदीनालामा पानी घटेपछि विद्युत् आपूर्ति क्षमता पनि घट्छ। अहिले प्रायः सबै नदीमा पानीको मात्रा आधाभन्दा कम भइसकेको छ। त्यसैले लोडसेडिङ घट्ने सम्भावना छैन।
यसबाट छुटकारा पाउने वैकल्पिक उपाय के के हुनसक्छन्?
यसको लागि दीर्घकालीन सोच राखेर नयाँ–नयाँ विद्युत् केन्द्रहरू निर्माण गर्नुपर्छ। यसबाहेक सबै ग्राहकले परिस्थितिलाई बुझ्ेर खपत घटाउनतिर ध्यान दिनुपर्छ। त्यसैगरी भारतबाट थप बिजुली आयात गर्नसके यो समस्यालाई केही समयसम्मका लागि न्यूनीकरणसम्म गर्न सकिन्छ।
|