![]() |
| पूर्णाङ्क २१० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
जनता पहाडी-मधेशी सांस्कृतिक सेतु
गुरुङकी छोरी भएपनि मधु कति मिठासका साथ गाउँछिन्- मधेश-तर्राईका मैथली, भोजपुरी, धिमाल, थारू, अवधी आदि भाषाका गीतहरू । सुन्नेलाई लाग्छ, मातृभाषीले नै गाइरहेको छ । भोजपुरीमा दर्जनौं गीत गाएकी मधु गुरुङ -३८) को भर्खरै मात्र त्यही भाषाको अल्बम नयाँ सनेस बजारमा आएको छ । यसअघि गायक गोपाल ठाकुरसँगै भोजपुरी गीतहरूको अल्बम निर्मोहिया निकालेकी मधुले अरू कैयन् गीति सँगालोहरूमा स्वर दिएकी छिन् । मधेशका सबै जिल्लाका मञ्चहरूमा स्थानीय भाषामा गीत गाउन पुगिसकेकी मधु मधेशी सङ्गीत मोहकै कारण होला राजधानीमा दर्ुइ वर्षघि सम्पन्न मधेशी साँझ-२०६२ मा समेत प्रस्तुत भएकी थिइन् । उनी मधेश-तर्राईमा गीत गाउन बेलाबेला पुगिरहेकी छिन् । आफ्ना अधिकार लिनलाई कुनैपनि मधेशीले पहाडीलाई लखेट्छ भन्ने उनलाई लाग्दैन- "अराजक समूहको घूसपैठले मधेशी-पहाडी बीचमा द्वन्द्व चर्केको हो ।" भोजपुरी-मैथली गीत गाउँदा आफूले मधेशी समुदायबाट धेरै माया पाएको उनी सुनाउँछिन् । भन्छिन्, "सङ्गीतको माध्यमबाट पहाडी-मधेशी बीच सेतु झैँ बनेको महसूस हुँदा गर्व लाग्छ ।" सानैदेखि कलाक्षेत्रमा लागेकी बेलबारी, मोरङकी यी गुरुङसेनीको गीत-सङ्गीत सँगै नृत्य, अभिनय तथा लेखनमा समेत दख्खल छ । उनले रचेका गीतहरूको बाटो रोजें नामक सँगालो समेत प्रकाशित छ । राजधानीका दर्ुइ विद्यालयमा सङ्गीत शिक्षिकाको रूपमा कार्यरत सङ्गीतमा स्नातक मधुको प्रतिभा चीन, कोरिया, हङकङ, कतार, थाइल्याण्डसँगै देशभित्रका ६७ वटा जिल्लाहरूमा पर््रदर्शन भइसकेको छ । केही गुरुङ भाषाका चलचित्रहरूमा समेत स्वर दिएकी एमाले निकट जनसांस्कृतिक मञ्च सम्बद्ध यी कलाकार आफ्नो हक दाबी गर्छिन्- यो धर्ती यो आकाश, आधा हिस्सा हाम्रै हो
राजधानीमा सम्पन्न एकल चित्रकला पर््रदर्शनीमा पाएको 'रेस्पोन्स' बाट इनरुवा, सुनसरीका जीवनाथ पोखरेल -६१) हौसिएका मात्र छैनन्, उनी चराहरूसँग अझ गहिरो साइनो गाँसिएको महसूस गर्न थालेका छन् । सात वर्षता दर्ुइ सयभन्दा बढी प्रजातिका चराहरूलाई कुचीका माध्यमले समेटिसकेका पोखरेलको २२-२५ पुसमा सम्पन्न पर््रदर्शनीमा ५० भन्दा बढी पेन्टिङ बिक्री भयो । स्कूले जीवनदेखि नै चित्र कोर्न थालेका पोखरेलसँग चित्रकलातर्फो कुनै प्रशिक्षणको प्रमाणपत्र छैन । आत्मसन्तुष्टिका लागि रङ र कुचीसँग मन बसे पनि लामो समयसम्म त्यसलाई समाइराख्ने स्थिति बनेन । त्यतिबेला उनको समाजमा कलाकारितामा उतिसारो सम्मान त थिएन नै चित्रकलाको व्यावसायिक सम्भावनाको समेत विकास भइसकेको थिएन । परिणाम; बीएड गर्ने वित्तिकै चित्रकलाप्रतिको लगावलाई थाती राखेर पारिवारिक गर्जो टार्नैका लागि उनले अपनाए शिक्षण पेशा । चार वर्षघि शिक्षण पेशाबाट निवृत्त भएपछि चित्रकलामा एकाग्र देखिएका पोखरेल जङ्गलमै गएर चराहरूको चित्र उतार्छन् । यस क्रममा उनले १५-१५ दिनसम्म कोशी टप्पुमै अवलोकन गर्दै चराहरूको चित्र बनाएका छन् । दर्ुइ पटक कोशी टप्पुमै एकल चित्रकला पर््रदर्शनी गरिसकेका पोखरेलले दर्ुलभ चराहरूलाई क्यानभासमा उतारेका छन् । उनी भन्छन्, "सरकारले गठन गर्न लागेको ललितकला एकेडेमीले मोफसलका कलाकारहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू अघि सारोस् ।" |