![]() |
| पूर्णाङ्क २१० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
चिठी जरो पहिल्याउने कुरा! १६–३० पुसको हिमाल खबरपत्रिकाको सम्पादीय पढ्दा खुशी र आश्चर्य दुवै लाग्यो। खुशी लाग्नाको कारण के भने नेकपा माओवादी अन्ततः संविधानसभाको पक्षमा सहमति भएको ऐतिहासिक पक्षको राम्रो मूल्याङ्कन गरिएको छ। आश्चर्य किन लाग्यो भने 'जरो पहिल्याऊ' शीर्षकमा संविधानसभाको चुनाव गरी राष्ट्र निर्माण गर्ने काममा सातै दलले भाँजो हाल्ने काम गरेको समेत विश्लेषण गरिएको छ। यसमा मैले बुझन नसकेको कुरा के भने, के सातवटै दलले विभिन्न बखेडा झ्िकेर ६ मङ्सिरमा हुने सहमति भएको संविधानसभाको निर्वाचन सारेका हुन्? के सात वटै दलले संविधानसभा भाँड्न खोजेका हुन् त? यदि होइन भने बखेडा झ्िक्ने र भाँजो हाल्ने कुन दल हो उसैलाई औंल्याउनुपर्ने होइन र? डा. गङ्गाराज अर्याल पाठ सिक्ने कि? राजनीतिक समाचार विशेषको बीचमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता झ्लनाथ खनालको गन्तव्य शीर्षक अन्तर्गत 'कति भाग्यमानी घले गाउँ' (१६–३० पुस) ले ग्रामीण पर्यटनको सम्भावनालाई अगाडि ल्याएको छ। ग्रामीण पर्यटनको सम्भावना र आन्तरिक पर्यटनको विकासलाई समेटेर आउने यस्ता समाचारहरूले पक्कै पनि ग्रामीण विकासका निम्ति लागिपर्ने संस्था तथा व्यक्तिहरूलाई हौसला प्रदान गर्छ। यति हुँदाहुँदै पनि नेता तथा निर्णय तहमा बस्ने व्यक्तिहरूले यसलाई नबुझ्ी दिँदा कैयौँ घलेगाउँहरू आफ्नै सेरोफेरोमा हराउन पुगेका छन्। नयाँ नेपालको बारेमा ठूलाठूला भाषण ठोक्ने नेता र निर्णय तहमा बस्ने निर्णायकहरूले पनि यसरी नै ग्रामीण परिवेशको भ्रमण गरी आवश्यक सहयोग तथा सद्भाव दिन सके नयाँ नेपाल बन्ने थियो होला। जसरी घलेगाउँका बासीहरू आफ्नो गाउँलाई अगाडि बढाउन लागिपरेका छन् त्यसरी नै नेता तथा निर्णायकहरू पनि लागिपर्ने हो भने नयाँ नेपाल अवश्य बन्नेछ। दीपक श्रेष्ठ सटिक कार्टून हिमाल १–१५ पुसको अङ्कमा छापिएको रविन साय्मिको 'मुहूर्त' सटिक लाग्यो। 'चुपचाप विस्थापन' शीर्षकमा वर्षौंदेखि तराईमा बसोवास गर्दै आएका पहाडे परिवार आफ्नो बस्ती खोज्दै उत्तरतिर जान थालेको खबर पढ्दा मन कटक्क खायो। पहिले पहिले नेपालमा शान्तिपूर्वक बसिरहेका हामी नेपालीहरू भारतमा अशान्ति मच्चिरहेको देख्दा कस्तो देश होला, शान्तसँग बस्न नसक्ने भनेर कल्पना गर्दथ्यौँ। तर, आज–भोलि यहाँ पनि अपहरण, काटमार, लुटपाट, आगजनी, चन्दा आतङ्क, घरजग्गा कब्जा भएको देख्दा र सुन्दा मन चसक्क हुन पुग्छ। हृदयप्रसाद श्रेष्ठ 'प्रल्हाद' मच्चिने थच्चिन्छ सचेत नेपाली जनताले 'यस्तै त रै'छ नि!' भनेर महसूस गरेकै हुन्। भए पनि १–१५ पुसले थप पुष्ट्याइँका साथ, माओवादीहरूको सञ्चार कब्जा वा सञ्चार एकाधिकार बारेको सामग्री प्रस्तुत गर्नु प्रशंसनीय कार्य ठानेको छु। शायद झ्ूठा कुरालाई पनि धेरैपटक दोहोर्याइरहेमा त्यो सत्य हुन्छ भन्ने मानसिक रोगबाट ग्रस्त छन् माओवादीहरू। त्यसैले सञ्चार मन्त्रालयको कार्यभार सम्हालेका माओवादी प्रवक्ताले सञ्चारलाई एकलौटी उपयोग गर्ने माध्यम बनाएका छन्। वास्तवमा, तिनले सञ्चार एवं पत्रकारिताको मूल मर्मलाई गर्नसम्म उपहास गरेका छन्। आखिर कतिञ्जेललाई होला र! 'मच्चियो मच्चियो थच्चियो' भन्ने उखान पनि त छ नि! इन्द्रकुमार श्रेष्ठ
स्वतन्त्र प्रेसको नीति त बिर्से–बिर्से तीतो सत्य जस्तो हास्यव्यङ्ग्य कार्यक्रममा समेत आफ्नो पार्टीलाई हानि हुने व्यङ्ग्य नगर्नु भन्ने माओवादीको सङ्कीर्ण सोचाइ हो। पहिले राजाको पालामा माओवादी शतप्रतिशत गलत भनी सरकारी सञ्चारबाटै सूचना दिनु र अहिले माओवादीले पनि आफ्नो त्यस्तै गतिविधि देखाउनुले राजा ज्ञानेन्द्र भन्दा माओवादी फरक नरहेको स्पष्ट हुन्छ। सईन्द्र राई मानवोचित व्यवहार गरौं 'जताततै दुर्व्यवहार' १–१५ पुस रिपोर्ट पढेपछि विद्यालयजस्तो पवित्रस्थलमा पनि एचआईभीको सङ्क्रमित व्यक्ति तथा बालबालिकालाई भर्ना नै नलिने र लिएकोलाई पनि निकालेको भन्दा दुःख लाग्यो। बालबालिका भविष्यका कर्णधार भन्ने कुरालाई विद्यालयले नबुझ्े कसले बुझने? यहाँ प्रश्न उठ्छ, विद्यालयले पनि नपढाउने समाजले पनि उनीहरूप्रति नराम्रो दृष्टिले हेर्ने अनि उनीहरूको भविष्य कहाँ खोज्ने? पढिरहेका साथीहरूबाट छुटाएर अलग्गै पढाउँदा उनीहरूमाथि अझ् दुर्व्यवहार गरिएको ठहर्छ र मानसिक तनाव पनि हुनसक्छ। वीर अस्पतालमा भर्ना भएका एड्सका बिरामीलाई पनि निकालिएछ। नेपालको पुरानो र ठूलो वीर अस्पतालमा नै यस्तो गरिन्छ भने अन्य अस्पतालमा के होला? एचआईभी लागेको मानिसलाई विद्यालय तथा अस्पतालबाटै बाहिर गरिन्छ भने गाउँघर तथा विकट जिल्लाका समाजमाझ् घुलमिल हुन उनीहरूलाई धेरै कठिन हुनेछ। भोलि अरू सङ्क्रमितले पनि शान्ति पौडेल (नाम परिवर्तन) ले जस्तै व्यवहार खेप्नुपर्नेछ यदि हाम्रो समाजको आँखा नखुल्ने हो भने। त्यसैले एचआईभी लागेकालाई समाजले इज्जत गर्नुपर्छ। उनीहरूको पनि समाजमा साधारण मानिसको जति नै हक छ भन्ने बुझनु र बुझउनुपर्छ। नारायण पराजुली, पहिला जातीय एकता १–१५ मङ्सिर अङ्क ढिलै भए पनि पढ्न पाइयो। उक्त अङ्कमा कनकमणि दीक्षितको लेख अत्यन्त मार्मिक एवं वास्तविक लाग्यो। नेपालको राष्ट्रिय झ्ण्डाको छहारीभित्र सबै धर्म, जातजाति, लिङ्ग, रीतिरिवाज, भाषा, भेषभुषालाई नेपालीको गहना मान्दै हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म बस्ने सबै नेपालीलाई नेपालप्रतिको मायाले सङ्गठित एवं ओतप्रोत गराउँदै विश्वसामु समुन्नत नेपाल बनाउन चाहने सबैले त्यो लेख गम्भीर भएर पढेमा हाम्रो देशमा जातीय एकता, धार्मिक सहिष्णुता कहिल्यै खल्बलिन सक्ने छैन। कसैको सीमित आकाङ्क्षाले चार जात छत्तीस वर्णको साझ यो घर विखण्डित हुन नपाओस्। विश्वसामु मधेशी, पहाडिया र भोटिया भनेर होइन, समुन्नत नेपालका शालीन नेपाली र नेपाल भनेर गर्वका साथ भनिरहन सकौँ। साजन लामिछाने |