हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

श्रीयालाई हाजमोलाको रु.१ लाख

डाबर नेपालले भदौदेखि मङ्सिरसम्म सञ्चालित आफ्नो बिक्री पर््रबर्द्धन योजना 'हाजमोला खाने बहाना प्रतियोगिता'को नतिजा र्सार्वजनिक गरेको छ । प्रतियोगितामा हाजमोला खानुको 'उत्कृष्ट' कारण पठाएर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका सुश्री श्रीया रानी श्रेष्ठ, लोकेन्द्र अधिकारी र नमिता नेपालले रु.१ लाख, कम्प्युटर, माइक्रोवेभ र मोबाइल सेट जितेका छन् । यसबाहेक योजना अवधिभर हरेक हप्ता एकजनाले भीआईपी सूटकेस र १५० जनाले भित्तेघडी पनि पाएका थिए ।


एभरेष्ट ब्याङ्कको २३ औं शाखा

एभरेष्ट ब्याङ्क लिमिटेडले ललितपुरको ग्वार्कोमा २३ औँ शाखा खोलेको छ । नयाँ शाखाबाट ग्राहकहरूलाई आधुनिक ब्याङ्कङि र एटिएम सुविधा उपलब्ध गराइएको जानकारी दिँदै ब्याङ्कले चालु आर्थिक वर्षो कात्तिकसम्ममा आफूले रु.२० अर्ब ३ करोडको निक्षेप सङ्कलन तथा रु.१५ अर्ब ५१ करोडको कर्जा प्रवाह गरेको पनि जनाएको छ ।


अन्ना लिफानको एलएफ १००-३ एच

अन्ना लिफान कम्पनीले १०० सीसी इञ्जिन र चार गियर भएको लिफान एलएफ १००-३ एच मोटरसाइकलको बिक्री शुरु गरेको छ । एक लिटर पेट्रोलबाट ८० किमिसम्म माइलेज दिने दाबी गरिएको यस मोटरसाइकलको खरिदमा कम्पनीले लेगगार्ड, सारी गार्ड र हेल्मेट निःशुल्क दिनुका साथै दर्ुइ वर्षो वारेन्टी, नगद भुक्तानीमा आकर्ष छुट तथा फाइनान्स सुविधा उपलब्ध गराएको छ । मोटरसाइकलको उपभोक्ता मूल्य रु.८२ हजार ५०० राखिएको छ ।


ब्राउन चुरोट बजारमा

विभिन्न ब्राण्डका आधादर्जन चुरोट उत्पादन गर्दै आएको गोर्खा लरी प्रालिले खैरो रङको ब्राउन चुरोट बजारमा ल्याएको छ । फरक स्वाद र सुगन्धका कारण यस चुरोटले उपभोक्ताहरूलाई थप सन्तुष्टि प्रदान गर्ने दाबी कम्पनीको छ । यसको उपभोक्ता मूल्य प्रति प्याकेट रु.३४ छ ।


उपहारमा ५५ लाखको घर

यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्सले सञ्चालन गरेको 'दशैँ-तिहार असम्भव अफर' अर्न्तर्गत हेटौँडाका सरोज थापाले सिभिल होम्स्को रु.५५ लाख मूल्यको घर जितेका छन् । थापा सन् २००७ भर यामाहा मोटरसाइकल खरिद गर्नेहरूमध्ये लक्की ड्रबाट सो घरको भाग्यशाली विजेता बनेका हुन् । साथै अरू खरिदकर्ताहरूले पनि रु.४ हजारदेखि १ लाखको नगद पुरस्कार प्राप्त गरेको जानकारी कम्पनीले दिएको छ ।


जाडोमा रियो ककटेल र मकटेल

रियो जुसको उत्पादक चौधरी समूहले उपभोक्ताहरूलाई घरमै ककटेल र मकटेल बनाउन सिकाउने 'रियो विन्टर वार्मर्स कार्यक्रम' शुरु गरेको छ । यसअर्न्तर्गत रियो का आँप, भुइँकटहर, लिची र मिश्रति स्वादका जुसहरूबाट ककटेल र मकटेल बनाउने विधि विभिन्न पत्र-पत्रिकामा प्रकाशित गरिने जानकारी कम्पनीले दिएको छ ।


लक्ष्मी ब्याङ्कको यात्रा सुविधा

लक्ष्मी ब्याङ्कले आफ्नो पाँचौँ वाषिर्कोत्सवमा 'यात्रासँग सम्बन्धित सेवाहरू' नामक योजना घोषणा गरेको छ । यस योजनाअर्न्तर्गत ब्याङ्कले ग्राहकहरूको यात्रालाई सहज र सुरक्षित बनाउन विदेश भ्रमणमा जाँदा यात्रा बीमा, यात्रा ऋणका साथै टिकट वा टुर प्याकेजमा सहुलियत उपलब्ध गराउने जानकारी दिएको छ । मुलुकभर ११ वटा शाखा सञ्चालन गरिरहेको र चाँडै नै थप दर्ुइ शाखा खोल्ने योजना बनाएको यस ब्याङ्कले आर्थिक वर्षो पहिलो तीन महिनामा रु.५ करोडभन्दा बढी सञ्चालन मुनाफा गरेको पनि जनाएको छ ।


हिरोहोण्डाको हङ्क

हिरोहोण्डाको आधिकारिक बिक्रेता स्याकार कम्पनी लिमिटेडले १५० सीसी इञ्जिन र पाँच गियरको हिरोहोण्डा-हङ्क मोटरसाइकलको बिक्री शुरु गरेको छ । अत्याधुनिक 'एडभान्स टम्बल फ्लो इन्डक्सन' र 'ग्याँस रिजर्भ्वायर सस्पेन्सन' प्रविधिका कारण यो मोटरसाइकलको यात्रा जस्तोसुकै सडकमा पनि आरामदायी हुने दाबी कम्पनीको छ । विभिन्न पाँच रङ र आकर्ष डिजाइनमा तीन वर्षवारेन्टीसहित उपलब्ध हिरोहोण्डा-हङ्क को मूल्य रु.१ लाख ५४ हजार ९०० राखिएको छ ।


वीरगञ्ज फाइनान्सको आकर्ष योजना

वीरगञ्ज फाइनान्स लिमिटेडले 'बालबालिका भविष्य ज्योति खाता' नामको निक्षेप योजना शुरु गरेको छ, जसअर्न्तर्गत नाबालकको नाममा रु.४९९ मा ७ प्रतिशत व्याज र रु.५० हजारको दर्ुघटना बीमासहितको बचत खाता खोल्न सकिनेछ । योजनामा बचत खाता सञ्चालन गरेको तीन वर्षवा बचतकर्ता १७ वर्षपूरा भएपछि मात्र खाताको रकम भुक्तानी दिइने तथा खातामा रु.२४,९९९ सम्म जम्मा गर्नेले वाषिर्क ९ प्रतिशतको व्याजदरमा कुल रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था भएको संस्थाले जनाएको छ । साथै वीरगञ्ज फाइनान्सले 'क्रमिक बचत ३३ महिने' योजना पनि शुरु गरेको छ, जसअनुसार बचतकर्ताले मासिक ३३ किस्तासम्म तोकिएको रकम जम्मा गरेपछि ३४ औँ महिनाको शुरुमा ३६ किस्ता बराबरको रकम एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।


व्रि्रो कम्प्युटर अब नेपालमा

नेपालमा कम्प्युटर र सूचनाप्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखेर गोल्छा अर्गनाइजेसनको न्यूटेरिक नेपाल प्रालिले देशका प्रमुख आइटी तथा कम्प्युटर पसलमा भारतीय कम्प्युटर निर्माता व्रि्रोका कम्प्युटर र र्सभरहरूको बिक्री शुरु गरेको छ । भारतको पोन्डिचरीस्थित प्लान्टमा निर्मित यी कम्प्युटर तथा र्सभर सुपथ मूल्यका हुनुका साथै यिनको खरिदमा एक वर्षो वारेन्टी र सरल किस्ताबन्दी सुविधा उपलब्ध हुने न्युटेरिकले बताएको छ ।