| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
 |
| मीन बज्राचार्य |
“मधेशको सङ्घर्ष कुनै जाति वा धर्मविरुद्ध होइन, राज्यको
भेदभाव विरुद्धको हो।”
महन्थ
ठाकुर
विज्ञान तथा प्रविधि मन्त्री
कान्तिपुर दैनिक, १२ जेठ, २०६४
अङ्क
र अर्थ
८.७ लाख
चैत मसान्त २०६३ सम्म नेपाल टेलिकमबाट वितरित मोबाइल फोन।
१७ पटक ४७ वर्षीय नेपाली
पर्वतारोही आप्पा शेर्पाले पकट–पटक गरी विश्वको सर्वोच्च शिखर सगरमाथामा
सफल आरोहण गरेको।
१७ करोड लि. मेलम्ची
खानेपानी आयोजना निर्माण भएमा मेलम्चीबाट दैनिक राजधानीमा उपलब्ध हुने
पानीको परिमाण।
हिँड्दा-हिँड्दै
शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गर्न सकिने
अभिव्यक्ति दिएका कारण विवादित बनेका बेलडाँगी–२ शरणार्थी शिविर व्यवस्थापन
समितिका सचिव हरि अधिकारी 'बङ्गाली'
भन्छन्, “हामीबीच यस्तै किसिमका विवाद, कलह र झगडा बढ्दै गयो भने यसले
सम्पूर्ण शरणार्थी आन्दोलनको भविष्य अँध्यारोतिर धकेल्नेछ।”
के कारण तपाइँ यति धेरै
विवादमा फस्नुभयो?
म आफ्नो जन्मभूमि भुटान फर्किनेलगायत सबै विकल्प खुला गर्ने पक्षमा
छु। हतियार बोक्न नसक्ने शरणार्थीहरूले पनि इच्छाअनुसारको विकल्प रोज्ने
स्वतन्त्रता पाउनुपर्छ भन्ने मेरो मान्यता हो। तर, अनाहकमा मलाई विवादमा
मुछ्न खोजिँदैछ।
शरणार्थीहरूलाई तेस्रो
मुलुकमा पुनर्वास गर्न सकिने भन्ने तपाइँको अभिव्यक्तिले आक्रोश र
उत्तेजना सिर्जना गरेको मान्नुहुन्न?
दुईजना शरणार्थी युवा, नरपति ढुङ्गेल र पूर्णबहादुर तामाङको ज्यान
गएकोमा म अत्यन्तै दुःखी छु। तर, यस घटनामा मभन्दा पनि पर्दापछाडि
बसेर स्थिति बिगार्नेहरू बढी दोषी छन्। शिविरहरू असुरक्षित हुनु हामी
सबैका लागि चिन्ताको विषय हो। र, यसले हामी सबैको अहित गर्छ।
तपाइँका आगामी योजना
के छन् नि!
म आफूलाई हरबखत शरणार्थीहरूको स्वतन्त्रताका लागि समर्पित गरिरहने
छु। मैले अझै शरणार्थीहरूको हितमा धेरै काम गर्न जरुरी ठानेको छु।
सबै शरणार्थीलाई जबरजस्ती एउटै कुरा मान्न बाध्य पारिनुहुँदैन। भुटान
फर्किने कि तेस्रो मुलुकमा पुनर्वास गर्ने भन्ने छान्न पाउने उनीहरूको
स्वतन्त्रता हो। यसलाई कसैले पनि कुण्ठित गर्नुहुँदैन।
शब्द/तस्बिरः गोपाल गड्तौला
|