| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“तानाशाह राजा ज्ञानेन्द्रको पुच्छर बन्नुभन्दा लोकतान्त्रिक
नेता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पुच्छर बन्दा माओवादीलाई
आपत्ति हुनेछैन।”
डा. बाबुराम
भट्टराई
वरिष्ठ नेता, नेकपा माओवादी
अन्नपूर्ण पोष्ट दैनिक, २६ वैशाख २०६४
अङ्क
र अर्थ
५५ काठमाडौँ
उपत्यकामा रहेका १३ वटा ब्याङ्कका एटीएम काउन्टर।
३३८ जना चैत २०६३
अघिका ६ महिनामा नेपालबाट धर्मपुत्र–पुत्रीका रूपमा युरोप र अमेरिका
पुर्याइएका नेपाली बालबालिका।
५३१ करोड दशक लामो
माओवादी सशस्त्र द्वन्द्वका कारण भौतिक संरचनामा भएको क्षति बराबरको
रकम।
स्रोतः समय/कान्तिपुर/शान्ति तथा पुनःनिर्माण मन्त्रालय
हिँड्दा-हिँड्दै
संविधानसभाबारे देशव्यापी प्रचार–प्रसारमा जुटेका
नेपाल इञ्जिनियर्स एशोसियसनका पूर्व सभापति तथा संविधानसभा सफलता सरोकार
समूहका संयोजक प्रा. जीवराज पोख्रेल
भन्छन्, “चौध भाषामा संविधानसभा सम्बन्धी पुस्तिका तयार पारेर देशभर
पुर्याएका छौँ।”
 |
| किरण पाण्डे |
कति पुस्तिका छपाउनुभएको
छ?
पहिलो चरणमा नेपाली, मैथिली, अवधी, भोजपुरी, चेपाङ, तामाङ, थारू, लिम्बू,
वान्तवा, मगर, डोटेली, नेपालभाषा, गुरुङ र राजवंशी भाषाका एकलाख पुस्तिका
छापेर वितरण गर्दैछौँ।
वितरण चाहिँ कसरी गर्नुहुन्छ?
सात महिनाअघि काठमाडौँमा गठन भएको संविधानसभा सफलता सरोकार समूहको
अहिले ७५ वटै जिल्ला समिति छन्। र, तिनैमार्फत् हामी पुस्तिका वितरण
गर्छौँ। एचबीसी रेडियोले शनिबार बिहानको प्रत्यक्ष प्रसारणमा हामीलाई
पनि सहभागी गराएर वितरणमा सहयोग पुर्याउँदै आएको छ। जिल्लामा बोलिने
प्रमुख तीन भाषामा जिल्लाकै साथीहरूले अनुवाद गर्नुहुन्छ।
वितरणको आधार?
हरेक जिल्लामा घरमूली तथा भाषाका आधारमा समानुपातिक रूपले पुस्तिका
वितरण गरिँदैछ। यसै आधारमा सबैभन्दा कम पुस्तिका मनाङमा गुरुङ ३०,
तामाङ ५ र नेपाली ५ गरी ४० वटा पुस्तिका बाँडियो भने सबैभन्दा बढी
मोरङमा नेपालीका २७८५, मैथिलीका ८७५ र थारू भाषाका २८५ गरी ३९४५ पुस्तिका
बाँडियो।
तपाइँलाई यो सोच कसरी
आयो?
दक्षिण अफ्रिकामा बहुसङ्ख्यक जनतालाई संविधानसभाबारे जानकारी गराएर
मात्र निर्वाचन गरिएको रहेछ। त्यसैबाट प्रभावित भएर मैले पनि साथीहरूसँग
सल्लाह गरेँ र प्रचार–प्रसारमा यसरी जुट्न थाल्यौँ। अब नेपाली भाषाको
सवाई (गीत) पनि बनाएर प्रचारमा जुट्ने योजना छ।
|