हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

बिओके को नयाँ शाखा

आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंक अफ काठमाण्डू ले इटहरीमा नयाँ शाखा खोलेको छ। उक्त शाखाबाट सप्तरी, सिरहा, धनकुटा, सुनसरी तथा मोरङ्गका ग्राहक लाभान्वित हुने ब्याङ्कले विश्वास लिएको छ। जुनसुकै शाखाबाट कारोबार गर्न सकिने सुविधा प्रदान गर्दै आएको बैंक अफ काठमाण्डू को अधिराज्यभरि १४ शाखा र ५ काउन्टर रहेका छन्। ब्याङ्कले नयाँबानेश्वरस्थित श्रीकृष्ण टावरमा एटीएम काउन्टर पनि सञ्चालनमा ल्याएको छ।

फेम फेस को नतिजा

सौन्दर्य प्रसाधनहरूको उत्पादक फेम ब्लिच इण्डियाले गत फागुनदेखि सञ्चालन गरेको 'फेम फेस अफ द मन्थ' नामक प्रतियोगितामा ललितपुरकी आँचल प्रधानलाई विजयी घोषित गरेको छ। नेपालमा फेम को अधिकृत बिक्रेता कनक न्यू ट्रेडर्सले यो अभियानमा तस्बिर पठाउने सहभागी महिलाहरूलाई 'लाइफ साइज फोटो' उपलब्ध गराउनुका साथै विजयी महिलालाई हायरको 'वासिङ मेसिन' उपहार प्रदान गरेको बताएको छ।

ट्रीट चाउचाउ बजारमा

रमपस, टुपीएम चाउचाउ तथा मामा, क्रेजी, फुच्चे जस्ता स्न्याक्सको उत्पादक एसियन थाई फुड्सले ट्रीट नामक नयाँ चाउचाउ बजारमा ल्याएको छ। प्रति प्याकेट रु.१० तोकिएको उक्त चाउचाउ गुणस्तरीय खाद्य पदार्थको प्रयोग गरेर कडा निरीक्षणमा उत्पादन गरिएको कम्पनीको दाबी छ। उत्पादनको बजार प्रबर्द्धनका निम्ति 'ट्रीट मालामाल डेली हरेक दिन रु.१०,००१ रेडी' पुरस्कार योजना पनि सार्वजनिक गरेको छ।

जोनप्लेरस् पछि स्पि्रङउड

तीन वर्षअघि जोनप्लेरस् नामक ब्राण्डका पुरुष परिधानबाट बजारमा उपस्थिति जनाएको सूर्य नेपालले स्पि्रङउड ब्राण्डको नयाँ परिधानको बिक्री वितरण शुरु गरेको छ। सुलभ मूल्यमा स्तरीय उत्पादन प्रस्तुत गर्ने कम्पनीकोे दाबी छ। यस ब्राण्डअन्तर्गत सर्टको उपभोक्ता मूल्य रु.४५० देखि रु.७५० तथा पाइन्टहरूको मूल्य रु.६५० देखि रु.७५० कायम गरिएको छ।

लाईफब्वाय का दुई विजयी

लाईफब्वाय साबुनका उत्पादक युनिलिभर नेपालले फागुनमा सार्वजनिक गरेको 'लाईफब्वाय हाउज्जाट' प्रतियोगिताको नतिजा घोषणा गरेको छ। अधिराज्यभरिबाट कुल १,६४० सहभागीमध्ये गोलाप्रथाद्वारा नेपालगञ्जका दीपेन्द्र लामा प्रथम र ललितपुरका सफला थापा दोस्रो भएको घोषणा गरिएको छ। प्रतियोगिताको शर्त बमोजिम प्रथम र दोस्रो बिजेतालाई क्रमशः रु.५० हजार र रु. २५ हजार दिइने कम्पनीले जनाएको छ।

दोस्रो नाटामा मार्कोपोलोको प्याकेज

अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन गन्तव्यको प्रबर्द्धन गर्ने उद्देश्यका साथ राजधानीमा शुरु भएको दोस्रो नाटा हिमालयन इन्टरनेसनल ट्राभलको अवसरमा मार्कोपोलो ट्राभल्सले सहुलियत दरमा मलेसिया, थाइल्याण्ड, इजिप्ट तथा चीन भ्रमण प्याकेज सार्वजनिक गरेको छ। जारी योजनामध्ये हवाई टिकटबाहेक ५ दिन ६ रातको थाइल्याण्ड भ्रमणको प्रतिव्यक्ति १५५ अमेरिकी डलर र मलेसिया भ्रमणको ३५६ अमेरिकी डलर तोकिएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चल्ने कार्यक्रममा नेपाललाई 'छुट्टी मनाउने स्थल' का रूपमा विकास गर्न विभिन्न नयाँ गन्तव्यबारे जानकारी दिनुका साथै मलेसिया, हङकङ, चीन, भारत र इजिप्ट भ्रमण मिलाउने झण्डै ८० टुर अपरेटर सहभागी छन्।