![]() |
| पूर्णाङ्क २१३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
खेलकुद बूढासुब्बा गोल्डकप लोभलाग्दो निरन्तरता
नौ वर्ष अगाडि पूर्व राष्ट्रिय खेलाडी किशोर राईले धरान फूटबल क्लबको स्थापना गरेर अन्तर्राष्ट्रियस्तरको फूटबल प्रतियोगिता आयोजना गर्ने कुरा गर्दा धेरैले पत्याएका थिएनन्। स्थानीय स्रोत र साधनकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउनु आफैँमा निकै चुनौतीपूर्ण थियो। त्यसमाथि झापामा हुने गरेको मुलुककै सबैभन्दा पुरानो त्रिभुवन गोल्डकप र विराटनगरको महेन्द्र गोल्डकपस145ग प्रतिस्पर्धा गरेर धरानमा अर्को त्यस्तै प्रतियोगिता गराउनु उत्तिकै गाह्रो काम थियो। वि.सं. २०५५ सालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप प्रतियोगिताको दशौं संस्करण २१ फागुनदेखि २ चैतसम्म हुँदैछ। धेरै प्रतियोगिताले मुलुकको प्रतिकूल अवस्था र आपसी खिचातानीका कारण निरन्तरता पाउन नसकिरहेको अवस्थामा बूढासुब्बाको लोभलाग्दो निरन्तरता खेल क्षेत्रकै लागि उदाहरण सावित भएको छ।
“अहिले सम्झ्ँदा पनि अच्चम लाग्छ, त्यो सपना नै थियो।” क्लबका पूर्व अध्यक्ष एवं अखिल नेपाल फूटबल संघका (एन्फा) उपाध्यक्ष राई विगत कोट्याउँदै भन्छन्। हुनपनि धरानले फूटबल गतिविधि र खेलाडी उत्पादन दुवैमा अन्य शहरहरूलाई समेत पछाडि पारिसकेको छ। “दश वर्षसम्म नियमित रूपमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्नु चानचुने कुरा होइन, यसले पूर्वको मात्र होइन मुलुककै फूटबल विकासमा ठूलो योगदान दिएको छ”, एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले भने। अहिलेसम्मका प्रतियोगितामा देशका सबै ए डिभिजनका क्लबलगायत भारत, बङ्गलादेश र भुटान समेतले सहभागिता जनाइसकेका छन्। “यसपटक अफगानिस्तान आउने पक्का भइसकेको थियो, तर नेपालकै प्रतिकूल अवस्थाका कारण सम्भव भएन”, धरान फूटबल क्लबका अध्यक्ष सुवास राईले भने।
यस वर्ष भारतका बी एन रेल्वे, कोलकाता र सिक्किम स्पोर्टिङ क्लब, गान्तोक, नेपाल बङ्गलादेश फ्रेन्डसीप क्लब विदेशी टोली सहभागी हुनेछन् भने देशभित्रबाट त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, फेन्ड्स क्लब, न्युरोड कर्नर टिम, पोखराको सहारा क्लब, मोरङको सम्राट स्पोर्टिङ क्लब, झापाको नाइट चेस क्लब र आयोजकका दुई टोलीले प्रतिस्पर्धा गर्ने छन्। पहिलो संस्करण रु. १० लाख बजेटमा सम्पन्न भएको थियो भने दशौं संस्करण आइपुग्दा यो रु. २३ लाख पुगेको छ। नगद पुरस्कार राशी पनि तीस हजारबाट एक लाख पुर्याइएको छ। त्यसैगरी दर्शक उपस्थिति पनि हरेक वर्ष सङ्ख्यामा पनि बृद्धि बढ्दो छ। खेलाडी उत्पादनमा पनि अगाडि अन्तर्राष्ट्रिस्तरको प्रतियोगिताको निरन्तरतासँगै धरानले कुशल खेलाडीहरू पनि उत्पादन गर्दै आएको छ। र, धेरैले आफूलाई राष्ट्रिय रूपमा स्थापित पनि गराएका छन्। अहिलेका ऋषि राई, राजु राई हुन् या अघिका डिल्लीराम श्रेष्ठ (मिलन) र सुरज खालिङ परिचित नाम नै हुन्। पुराना खेलाडी विन्दु शाक्य, पदम मगर, इन्द्र थापामगर, प्रभु श्रेष्ठको ख्याति पनि कम थिएन। नेपाली फूटबलकै सबैभन्दा लामो समयसम्म कप्तानी पद सम्हालेका राजु शाक्यले पनि आफ्नो खेल जीवन धरानबाटै शुरु गरेका थिए। त्यसबाहेक देवनारायण चौधरी, सुरेन्द्र तामाङ र राष्ट्रिय गोलरक्षक रितेश थापाको समेत धरानसँग गहिरो साइनो रहेको छ। 'धरान खेलाडीको भण्डार नै हो', गोल्डकपको आयोजक क्लबका अध्यक्ष सुवास राई भन्छन्, “तर, यहा145को फूटबल विकासमा बूढासुब्बा कपको देनलाई भने बिर्सन मिल्दैन।” • रविन गिरी, धरानमा | ||||||||||||||||||||||||