हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक

सिद्धान्तको मौलिक प्रस्तुति


डाइमेन्सन्स अफ कम्युनिकेसन
लेखकः पी.खरेल
प्रकाशकः नेपाल एसोसिएसन अफ मिडिया एडुकर्ेर्टस
पृष्ठः १४८ मूल्यः उल्लेख नगरिएको

लामो समयदेखि पत्रकारिता प्राध्यापनमा संलग्न खरेलले आमसञ्चारसम्बन्धी केही महत्त्वपर्ूण्ा र उपयोगी सिद्धान्त तथा नमुनाहरूलाई मौलिक भाषा र शैलीमा एउटै पुस्तकमा प्रस्तुत गरेका छन् । सञ्चार(आमसञ्चार, प्रक्रिया र नमुना, श्रोता वा पाठक, सूचना समाज, आमसञ्चार स्वामित्व, व्यावसायिकता, नैतिकता, आमसञ्चार र संस्कृतिजस्ता विषयमा नेपाली उदाहरणका साथ चर्चा गरिनु प्रस्तुत पुस्तकको विशेषता मान्न सकिन्छ । पुस्तकमा व्यावसायिकता र पेशागत नैतिकताको चर्चा गर्ने क्रममा नेपाली पत्रकारहरूको आचारसंहिता र नेपाली साप्ताहिकहरूको प्रसङ्ग प्रस्तुत गरिएको छ ।

संस्कृति जोगाउने चिन्ता


मिडिया एण्ड कल्चर
लेखकः विजय चालिसे
प्रकाशकः विवेक सृजनशील पब्लिकेसन प्रा.लि., काठमाडौं
पृष्ठः ८४, मूल्यः रु.६०

चार खण्डमा विभक्त पुस्तकको अन्तिम खण्डमा संस्कृति र मिडियाबीचको अन्तरसम्बन्धलाई केलाउने जमर्को गरिएको छ । दैनिक अखबारमा प्रकाशित लेखहरूलाई सूचनाप्रणाली, मिडिया प्रवृत्ति, मिडिया नीति तथा मिडिया र कल्चरजस्ता शर्ीष्ाकअर्न्तर्गत समेटिएको छ । शाही शासनका बेला नेपाली मिडियाले भोग्नु परेको अवस्थालाई पनि पुस्तकमा उतारिएको छ । गोरखापत्र दैनिकका प्रधान सम्पादक चालिसेले राष्ट्रिय संस्कृतिको पर््रवर्द्धनमा नेपाली मिडियाको भूमिकाको अपेक्षा गरेका छन् । संस्कृतिको भूमण्डलीकरणका क्रममा नेपाली पहिचानको उनलाई चिन्ता लागेको छ ।

आजको नेपाली पत्रकारिता


मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता
सम्पादकः शेखर पराजुली
प्रकाशकः मार्टिन चौतारी, काठमाडौं
पृष्ठः २१८±१०, मूल्यः रु. १५०

नेपाली मिडियाको गुणात्मक सुधारका निम्ति बहस चलाउने अभ्रि्रायका साथ तयार परिएको पुस्तकमा पत्रकारिताका अतिरिक्त यसको पेशागत विकास अभियान र शिक्षण प्रशिक्षणमा संलग्न १५ जनाको लिखित अन्तरवार्ता समेटिएको छ । किताबको परिचय खण्डमा नेपाली मिडियाका केही अभ्यास र प्रवृत्ति शर्ीष्ाकमा चौतारीका मिडिया अनुसन्धानकर्ता पराजुलीलेे नेपाली मिडियाको वर्तमान अवस्थाका सम्बन्धमा विस्तारपर्ूवक चर्चा गरेका छन् । त्यसक्रममा काठमाडौंकेन्द्रित प्रवृत्ति, सरकारी वा व्यापारिक स्वामित्व, पत्रकारको कम योग्यता अनि लैङ्गकि र जातीय प्रतिनिधित्वको अभावलाई नेपाली मिडियाका कमजोर पक्षका रूपमा प्रस्तुत गरिएको छ ।

पत्रकारितादेखि मानवअधिकारसम्म


आमसञ्चार र पत्रकारिता अध्ययन
लेखकः भानुभक्त आचार्य
प्रकाशकः प्रधान बुक हाउस, काठमाडौं
पृष्ठः ४८४, मूल्यः रु.२५०

पत्रकारिताका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको पुस्तकले सञ्चार, पत्रकारितादेखि कानून र मानवअधिकारसम्मको विषयवस्तु समेट्न खोजेको छ । पुस्तकमा समेटिएका सामग्री विशेषतः विभिन्न अङ्ग्रेजी ग्रन्थबाट भावानुवाद र नेपाली पर्रि्रेक्ष्यमा उपयोगी हुने गरी कुशलतापर्ूवक प्रस्तुत गरिएका छन् । पुस्तकको विशेषता धेरै प्राविधिक शब्दावलीको नेपाली रुपान्तरण पनि हो । छापा र प्रसारण माध्यमबीचको भिन्नता पुस्तकमा स्पष्टसँग प्रस्तुत गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सर्म्वर्द्धन अधिकृत आचार्यले सामाजिक न्यायप्रति सचेत र जिम्मेवार पत्रकारिताको विकासमा जोड दिएका छन् ।

रसिला उपाख्यान


उखानः लोक प्रचलित कथनका व्याख्यान
संकलकः शंकरदेव ढकाल
प्रकाशकः नामग्याल इन्स्िटच्युट अफ टिबेटोलोजी, देवराली, गान्तोक
पृष्ठः ३९९±१८, मूल्यः भा.रु. २००

नेपाली भाषीको अतीत र इतिहाससँग जोड्ने उखानहरूको सङ्कलन गरिएको प्रस्तुत किताब एउटा उल्लेखनीय अभिलेख बन्न पुगेको छ । यसलाई नेपाली भाषी समाजको अन्वेषणशीलताको प्रमाणका रूपमा मात्र होइन, भाषिक अध्ययन र अनुसन्धानको साधनका रूपमा समेत लिन सकिन्छ । सिक्किम सरकारका अतिरिक्त सचिव ढकाललेदुई दशकभन्दा बढी समय लगाएर लगभग ११५० वटा भन्दा धेरै उखानलाई व्याख्यासहित समेटेका छन् । सङ्कलन 'अ' बाट शुरु भएको छ । 'अन्नभन्दा सन्नमा बल' भन्ने उखानबाट शुरु भएको पुस्तक वर्ण्ाानुक्रम अनुसार अघि बढ्दै 'ज्ञ'बाट आउने 'ज्ञानी मान्छे शत्रु न मित्रु'मा पुगेर टुङ्गन्िछ ।