हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

“के तपाइँ चुनाव भाँड्नेहरूको नेता हो? ...तपाइँले चुनावमा सहभागी नहुने वक्तव्य किन निकाल्नुभएको? यहाँ प्रेस नभएको भए आज म तपाइँसँग अरू कुरा पनि गर्थें।”

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शितलनिवास पुगेका पूर्व प्रम सूर्यबहादुर थापासँग प्रश्न गर्दै प्रम गिरिजाप्रसाद कोइराला। 
अन्नपूर्ण पोष्ट दैनिक, ८ फागुन २०६४


अङ्क र अर्थ

५५१ जना सन् २००७ मा विभिन्न पक्षबाट मारिएका नेपाली। तराई कोब्राबाट ३, तराई वागीबाट १, तराई आर्मीबाट ३, तराई टाइगर्स मुक्ति मोर्चाबाट १, संघीय लिम्बूवानबाट १, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट ३, जतमुमो (गोइत) बाट २३, जतमुमो (ज्वाला) बाट ३९, मधेशी जनअधिकार फोरमबाट ३१, मधेशी टाइगर्सबाट ४, माओवादीबाट १५, राज्यबाट ३७, अज्ञातबाट १६४ र अन्य पक्षबाट २२६ जनाको हत्या गरिएको छ।

स्रोतः मानवअधिकार वर्षपुस्तक २००८/इन्सेक



हिंड्दा–हिंड्दै


ध्रुब सिम्खडा

जनआन्दोलन ०६२–६३ मा काठमाडौंमा खडा गरिएको 'घाइते उपचार कोष'ले तराईमा भइरहेको आन्दोलनका घाइतेहरूको उपचारका निम्ति 'मधेशी मुभमेन्ट भिक्टिमरिलिफ फण्ड'लाई रु.२५ लाख दिएको छ। फण्ड सञ्चालनमा सक्रिय शिक्षण अस्पताल महाराजगञ्ज, आँखा विभागका प्रमुख डा.देवनारायण (डी.एन.) साह भन्छन्, “यो विशुद्ध गैरराजनीतिक र मानवीय कार्य हो।”

डा. सा'बहरुसँग अहिले कोषमा कति पैसा छ?
रु.१२ लाख जति बाँकी छ। 

तराई आन्दोलनमा घाइते भएका कतिजनाले उपचार पाए होलान्?
देशभरिका करिब १५० जनालाई सहयोग पुर्‍याइसकेका छौँ। ३६ जना गम्भीर घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा भर्ना गरेर उपचार गर्‍यौं। 

१ फागुनयता मधेशबाट कतिजना घाइते तपाइँको सम्पर्कमा आए?
त्यसयता नेपालगञ्जबाट ६ जना घाइते आएकामा ३ जनालाई गोली लागेको, १ जनाको टाउकोमा चोट र २ जनाको हाड भाँच्चिएको छ। बारा जीतपुरमा गोली लागेर घाइते भएका मनोजकुमार साहको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

एकजना घाइतेलाई सरदर कति खर्च उपलब्ध गराउनुहुन्छ?
अस्पताल र औषधिको बिलको आधारमा घटीमा रु.३ हजारदेखि बढीमा रु.१ लाख १० हजारसम्म खर्च गरेका छौँ। गत वर्षको तराई आन्दोलनमा घाइते भएका सुनसरी दुहवीका एक बिरामीको दुवै खुट्टा काट्नु पर्दा सबैभन्दा बढी खर्च भयो। घाइतेको कुरुवालाई दैनिक रु.१५० दिन्छौँ।

यसमा सरकारी सहयोग पनि छ कि?
सरकारी सहयोग रत्तिभर छैन। फेरि हामी रसिद छापेर चन्दा लिने र नगद सङ्कलन गर्ने पनि गर्दैनौँ। शुभेच्छुकहरूले हिमालयन ब्याङ्क महाराजगञ्जको खाता नम्बर ००६५१२१००२९ मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ।