![]() |
| पूर्णाङ्क २१३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
स्वास्थ्य मिर्गौला प्रत्यारोपण नेपाल नै तयार छ सरकार लागिपरे नेपालमै मिर्गौला प्रत्यारोपण हुनसक्छ।
विश्वमा मिर्गौला प्रत्यारोपण भएको पाँच दशक बितिसक्दा पनि नेपालका मिर्गौला रोगीहरूले यो सेवाका लागि भारत वा अन्य मुलुक पुग्नु पर्दछ। यस क्रममा मिर्गौलाको किनबेच, ठगी र गैरकानूनी प्रत्यारोपण पनि हुने गरेको छ। भारतीय मिर्गौला व्यापारी डा. अमितकुमार नेपालमा समातिएको, उनले आफ्नो धन्दा नेपालका गाउँघरमा समेत फैलाएको र यहाँ अस्पताल खोल्न समेत खोजेको कुराले धेरैलाई झ्स्काएको छ। देशमै प्रत्यारोपणको व्यवस्था भए यस्ता गैरकानूनी कार्य निरुत्साहित हुने चिकित्सकहरू बताउँछन्।
हुन त केही वर्षअघि समन्वय समितिले प्रत्यारोपण सेवा शुरु गर्न इच्छुक अन्य अस्पतालबाट दरखास्त माग्दा कसैले दिएका थिएनन्। तर मिर्गौला केन्द्रका निर्देशक काफ्ले पहिले र अहिलेको अवस्था भिन्न रहेको बताउँदै भन्छन्, “यो कुनै कठिन कार्य होइन। अहिले काठमाडौँमा निकै सुविधासम्पन्न अस्पताल छन्, समिति सक्रिय हुने र अनुमति दिने हो भने धेरैले रु.४०–५० लाख थप खर्च गरेर प्रत्यारोपणको सुविधा र टीम तयार गर्न सक्छन्।” मिर्गौला प्रत्यारोपणको अनुमति लिने प्रयास गरिरहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. महेश खकुरेलले अस्पतालमा पूर्वाधार र दक्ष जनशक्ति सबै भएको बताउँदै हिमाल सँग भने, “हामी यसका लागि अत्याधुनिक अप्रेसन थिएटर बनाउँदैछौँैं। ६ महिनामै शुरु गर्न सक्छौँ। शुरुमा नबिग्रोस् भनेर विदेशी डाक्टरहरू पनि ल्याउँछौं।” अहिले समिति नहुँदा पहिलेको समितिले डा. अर्जुनदेव भट्ट, डा. अशोक राना, डा. असर्फी शाह र डा. गुणकुमार श्रेष्ठलाई दिएको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सकको व्यक्तिगत इजाजत–पत्र पनि नवीकरण भएको छैन। यद्यपि यिनै इजाजत–पत्र पनि संस्था र टीमलाई ध्यानमा नराखी आफ्नै ढङ्गले प्रदान गरिएको थियो। अमितकुमार प्रकरणपछि नेपालका गाउँ–गाउँबाट भारत लगेर मिर्गौला झुकिएको थप विवरण प्रकाशमा आइरहेको छ। नेपालमा अमितको खोजी गर्ने क्रममा उनको तस्बिर देखाउँदा काभ्रे, जोरपीपलकी ठूली तामाङले मङ्सिरमा ऊ आफ्नो गाउँ आएको बताएकी थिइन्। काभ्रेको होक्सो गाउँका मात्रै ६० जनाको मिर्गौला झुकिएको छ। ६ वर्षअघि रु.१ लाख २५ हजार र जागिरको प्रलोभनमा परेर दिल्लीको गंगाराम अस्पतालमा मिर्गौला दिएका कुमार बुढाथोकी (हे.तस्बिर) दलालले आफूलाई रु.७५ हजार मात्र दिएको बताउँछन्। कुमारका चार दाजुभाइमध्ये अरू दुईले पनि मिर्गौला बेचेका छन्। १० वर्षअघि वीरबहादुर तामाङले मिर्गौला बेचेपछि होक्सोमा मिर्गौलाको व्यापार हुनथालेको थियो। • कमलदेव भट्टराई साथमा ईश्वर रौनियार, काभ |