हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

भिआमोर महिला कण्डम बजारमा

प्राक्सिस ट्रेड लिंकले महिलाहरूकालागी भिआमोर कण्डम बजारमा ल्याएको छ। यसको प्रयोगले महिलाहरूलाई यौन रोगहरूबाट सुरक्षित राख्नुका साथै परिवार नियोजनकालागि थप विकल्प पनि दिने विश्वास कम्पनीको छ। नेपालका सबैजसो औषधि पसल तथा किराना पसलहरूमा उपलब्ध हुने यो कण्डमको उपभोक्ता मूल्य प्रति प्याकेट (दुई पीस) रु.१२० रहेको छ।   

स्वाद पहिचान गर्नेलाई पुरस्कार

डाबर नेपालले रियल जुसको बजार प्रबर्द्धन गर्ने उद्देश्यका साथ गेस द रियल फ्लेवर अफ द विक प्रतियोगिता शुरु गरेको छ। जसअन्तर्गत उपभोक्ताहरूले विभिन्न राष्ट्रिय दैनिकहरूमा प्रकाशित हुने विज्ञापनमा देखाइने रियल फ्रुट जुसको वास्तविक स्वाद पहिचान गर्नुपर्नेछ। ११ हप्तासम्म सञ्चालन हुने यस प्रतियोगितामा मेघा बम्पर पुरस्कारस्वरुप एक जोडीलाई 'स्टार क्रुज टि्रप', दोस्रो र तेस्रो पुरस्कार क्रमशः ल्यापटप र डिजिटल क्यामरा प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै हरेक हप्ता एक जनाले आइ पड र पहिले सही उत्तर पठाउने १२ जनाले ११ हप्तासम्म एक 'जीबी' क्षमताको 'पेन ड्राइभ' पनि प्राप्त गर्नेछन्।   

सिनामङ्गलमा नयाँ आवास योजन

गुण समूहले काठमाडौंको सिनामङ्गलमा गुण कोलनी आवास योजना शुरु गरेको छ। ३ बेडरुम, १ बाथरुम, १ लिभिङ रुम, किचन र डाइनिङ रुम भएका यी फ्ल्याटहरूको मूल्य रु.३२ देखि रु.३९ लाखसम्म रहेको छ। दश–दश तलाका दुई वटा भवनका १६० वटा फ्ल्याटहरू रहने यस कोलनीमा खानेपानी, विद्युत्, सञ्चारका साथै स्वीमिङ पुल, हेल्थ क्लब, चौबीसै घण्टे सुरक्षाको बन्दोबस्त र पार्किङ सुविधा रहने कम्पनीले जनाएको छ। फ्ल्याटको खरीदमा २० देखि ५० प्रतिशतको रकम तत्काल भुक्तानी गरी सहुलियत ब्याजदरमा १५ देखि २० वर्षको सरल किस्ताबन्दीको सुविधा पनि उपलब्ध रहेको छ। यस अतिरिक्त प्रति १ लाखमा मासिक रु.१२०० भुक्तानी गर्ने गरी २० वर्षे सरल किस्ताबन्दीको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।  

सिद्धार्थ ब्याङ्कको नयाँ बचत योजना

जति बढी बचत त्यति बढी ब्याज भन्ने सन्देशका साथ सिद्धार्थ ब्याङ्कले वार्षिक ६ प्रतिशत ब्याजदरको सिद्धार्थ मेगा सेभिङ्गस योजना शुरु गरेको छ। रु.५० हजारमा खाता खोलिने यस बचत योजनाअन्तर्गत नगद मौज्दातको आधारमा न्यूनतम ४.२५220 देखि ६220 सम्म व्याज दिइने ब्याङ्कले जनाएको छ। यसवाहेक ब्यांकले निःशुल्क डेबिट कार्ड, ट्राभलर्स चेक, रेमिटेन्स्, इन्टरनेट ब्याङ्किङ जस्ता सेवाहरू पनि दिँदै आएको जनाएको छ।