![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
खेलकुद पर्वमा पनि
महिला क्रिकेटर
ढिलै भएपनि पूर्वाञ्चलमा महिला क्रिकेट टिमको तयारी शुरु भएको छ। नेपाल फ्यान क्लबले खेलकुद सामग्री उपलब्ध गराएपछि मोरङको विराटनगर र हरैचामा महिलालाई क्रिकेट सिकाउन थालिएको हो। क्लबका केन्द्रीय सदस्य कैलाश खाकी श्रेष्ठका अनुसार क्लबले क्रिकेटका लागि आवश्यक व्याट, बललगायतका सामग्री दिएपछि महिला खेलाडीहरू अभ्यासका निम्ति मैदानमा ओर्लिएका छन्। फ्यान क्लबले ल्याएको प्रस्तावलाई जिल्ला खेलकुद विकास समितिका क्रिकेट प्रशिक्षक प्रदीप पाण्डेले स्वीकार गरेपछि डेढ महिनाअघि तालिम शुरु गरिएको हो। पूर्वमा महिला टिम तयार भएपछि आन्तरिक प्रतियोगिता गरिने र त्यसपछि क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलहरूमा सहभागी बनाउँदै लगिने आयोजकले जनाएका छन्। कक्षा ६ देखि डिग्री पढ्नेसम्मका विद्यार्थी क्रिकेट सिक्न आउँछन्। तर, विद्यार्थीहरूको परीक्षा र पढाइले गर्दा समयमै टिम तयार हुन नसकेको प्रशिक्षक पाण्डेलेे बताए। टिम छिटै तयार हुने आयोजकको आशा छ। क्रिकेट सिक्न आएकी कोभाष कलेजमा कक्षा १२ मा अध्ययनरत दिव्या सिंह खतिवडा भन्छिन्, “सानैदेखिको रहर बल्ल पूरा भएको छ, दाइ कुन्दन सिंह राष्ट्रिय खेलाडी भएकोले पनि क्रिकेट खेल्ने धोको पूरा भएको छ।” • मनोज श्रेष्ठ, विराटनगर |