हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

“शान्तिसुरक्षाको स्थिति यस्तै हुने हो भने सरकारमा बस्नेहरूले अब गेरु वस्त्र लगाए हुन्छ।”

केपी शर्मा ओली, एमाले नेता

हिमालखबर डट कम, २२ माघ २०६४

“खाना खाइरहेका बेला माओवादीले बाहिरबाट आगो लगाइदिएका थिए।”
 
दिलेन्द्रप्रसाद बडू, नेका केन्द्रीय सदस्य
कान्तिपुर दैनिक, २४ माघ २०६४


अङ्क र अर्थ

१६१ वटा  नेपालभरि रहेका वित्तीय संस्थाहरू। यीमध्ये २३ वाणिज्य ब्याङ्क, ५८ विकास ब्याङ्क र ८० अन्य वित्तीय संस्थाहरू छन्।
 
१ लाख ७२ हजार  नेपालभरि १९ हजार ग्यास प्लान्टबाट वायोग्यास प्रयोग गर्ने घरपरिवार। 

स्रोतःद काठमाण्डू पोष्ट/बीबीसी



हिंड्दा–हिंड्दै


ध्रुब सिम्खडा

वीरगञ्जमा भएको सात दलको चुनावी सभामा स्वयंसेवक बनेका ठाकुरराम बहुमुखी क्याम्पस नेविसंघ इकाइ उपाध्यक्ष फिरोज आलम बम विस्फोटमा परी घाइते भए। वीर अस्पतालको शैच्चयामा स्वास्थ्यलाभ गरिरहेका आलम भन्छन्, “सशस्त्र विद्रोही समूहहरूको बन्द, हडताल र आतङ्कलाई तोड्दै सभामा गएका थियौं।”

विस्फोटबारे बताउनुस् न!
अपरान्ह ४ बजे विज्ञान तथा प्रविधि मन्त्री फरमूल्लाह मन्सुरले बोलिरहँदा रङ्गशाला बाहिर बम पड्कनासाथ मैले सहभागीहरूलाई जोगाउन छेउ लाग भनेँ, जसमा ५४ जना घाइते हुन पुगे।

त्यसबेला तपाइँ होसमा त हुनुहुन्थ्यो?
छातीमा बमका छर्राहरू मात्र लागेकोले होसमै थिएँ। तर चिकित्सकहरूका अनुसार, निकै असर परेको रहेछ।

बम कसले प्रहार गरेका होलाजस्तो लाग्छ?
जसले गरेको भए पनि यो संविधानसभा विथोल्ने आतङ्ककारी गतिविधि हो। 

विस्फोट किन गराइएको हो?
गाउँ–गाउँबाट सभामा धेरै मानिसहरू आएको देखेपछि उनीहरूलाई त्रसित पार्न विस्फोट गराएका हुन्। 

यस्तो भएपछि तराईमा चुनाव होला त?
यस्ता अमानवीय र मानवअधिकार उल्लङ्घनका ज्यादती विरुद्ध सात दल एकताबद्ध भएमा चुनाव नहुने कुरै छैन। तराईका जनता हिंसाको पक्षमा छैनन्। उनीहरू शान्तिपूर्ण रूपमै चुनावमार्फत आफ्ना हकअधिकार सुरक्षित गर्न चाहन्छन्। आदिवासी जनजाति, दलित, मधेशी, महिला, पिछडिएको वर्ग लगायत सबैलाई संविधानसभाले अधिकार सम्पन्न बनाउनेछ।