![]() |
| पूर्णाङ्क २१२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
चिठी • तथ्यपरक लेख/रिपोर्ट १६–२९ माघको आवरण तस्बिर केही फितलो लागे पनि यसमा उल्लिखित शीर्षक सुहाउँदो लाग्यो। 'समय पनि रोकियो' मा घडीको तस्बिरको सजावट आकर्षक थियो। अपराध सञ्जालको भण्डाफोर गरेर संवाददाताले राम्रो सामग्री तयार पारेका छन्। प्रा. द्वयको विश्लेषण पठनीय छ। यसपटकको सीके लालको विश्लेषण अघिपछिको दाँजोमा उल्लेखनीय लाग्यो। महिला हिंसासम्बन्धी रिपोर्टहरूले पत्रिकालाई अझ् पठनीय बनाएको छ। राजतन्त्र–माओवादी गठबन्धन रिपोर्टले सतहभित्रको तथ्यहरू खोतलेको छ। साकार महर्जन • लडाइँ जारी होस् १–१५ माघको हिमाल पनि हात लाग्यो। विदेशमा रहेर पनि नियमित पत्रिका पाइरहेकै छु। हिमाल खबरपत्रिकाले यसरी नै निरन्तर यस्ता विकृतिलाई सार्वजनिक गरी जनतामाझ् ल्याइरहोस्। नारायण पराजुली • हिलारीलाई श्रद्धाञ्जली १–१५ माघ २०६४ को अङ्क समयमा प्राप्त भयो। “नेपालका आजीवन साथी” सर एडमण्ड हिलारीको निधनको खबर पढ्दा आँखामा आँसु आयो। उहाँप्रति हार्दिक श्रद्धाञ्जली चढाउँदछु। साथै, उहाँको शोकसन्तप्त परिवारमा वेदना सहने शक्ति, मुक्तिनाथ भगवानले प्रदान गरुन् भन्ने चाहन्छु। सर एडमण्डले सोलुखुम्बु क्षेत्रमा विभिन्न विषयमा सहयोग उपलब्ध गराएको खबर पढ्न पाउँदा उहाँको सेवामुखी कामको प्रशंसा नगरिरहन सकिन्न। हृदयप्रसाद श्रेष्ठ • दर्शक–श्रोताको साथ 'दम छ दाम छैन' (१–१५ माघ हिमाल रमझ्म रिपोर्ट) मा उल्लेख भएजस्तै नेपाली लोकदोहोरीका अल्बमहरूले व्यावसायिक रूपमा अन्य विधालाई उछिनेको छ। तर, यसले नेपाली सङ्गीत बजारको ठूलो हिस्सा ओगटे पनि गायक–गायिकाहरूले राम्रो पारिश्रमिक र उचित सम्मान नपाएर हेपिएको कुराले दुःखी बनायो। देश विदेशमा नेपाली मौलिकता पस्कँदै सबैको मन जित्न सफल लोकदोहोरीको अहिलेको व्यावसायिकता देख्दा यस क्षेत्रमा आवद्ध कलाकारहरूको जीवनस्तर साँच्चै उक्सनुपर्ने हो। तर, दोहोरी साँझ्, रोदी क्लबहरूले कलाकारलाई उचित पारिश्रमिक नदिने गरेको, अल्बम निर्माता, म्युजिक कम्पनी र साङ्गीतिक कार्यक्रमका आयोजकहरूबाट समेत ठगिनु राम्रो कुरा हैन। पप, आधुनिक गायक/गायिकाहरूको सानो कार्यक्रमलाई पनि बढाइँचढाइ प्रसारण, प्रकाशन गर्ने सञ्चारमाध्यमहरूले लोकदोहोरी क्षेत्रका समस्या र गतिविधिलाई पनि प्राथमिकता साथ समेट्नु पर्यो। जे होस लोकदोहोरीको व्यावसायिक फाइदा लिनेहरूबाट हेपिए पनि कलाकारले आम दर्शक–श्रोताको माया र साथ पाएकै छन्। साथै, लोकदोहोरी क्षेत्रमा भएका विकृति विसङ्गतिको अन्त्य गर्न कलाकर्मीहरू पनि आफैँ जुट्न आवश्यक छ। किनकि लोकगीतका नाममा जे पायो त्यही गीत बनाएर गाउने, अल्बम निकाल्ने क्रम बढेको छ। यस्ता कुरालाई निरुत्साहित गर्न आवश्यक छ। हिमाल को अनुरोध तपाईंलाई हिमाल को यो अङ्क कस्तो लाग्यो? आगामी दिनहरूमा तपाईं कस्ता खाले सामग्रीहरूको अपेक्षा गर्नुहुन्छ? आफूलाई लागेको कुरा हामीलाई लेखिपठाउनोस्। |