हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१२ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अपराध

अपराधी बुझाएर अनुसन्धान 

मुद्दा नचलाई हतारहतार मुख्य अभियुक्त डा. अमितकुमारलाई भारत सुपुर्दगी गरेर नेपाल प्रहरी अवैध मिर्गौला व्यापारको थप अनुसन्धानमा लागेको छ।

डम्बरकृष्ण श्रेष्ठ


किरण पाण्डे

नेपालको गृह प्रशासनले मिर्गौलाका भारतीय व्यापारी डा. अमितकुमारलाई पक्राउ गरेको पर्सिपल्ट २६ माघमा कुनै प्रक्रिया पूरा नगरी हतारहतार भारत सरकारलाई सुम्पेको घटनाले अनेकन कानूनी र प्रक्रियागत प्रश्नहरू उब्जाएको छ।

डा. अमितकुमार इण्टरपोलको 'रेडकर्नर नोटिस'का आधारमा पक्राउ परेकाले बुझ्ाइएको बताउँदै महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, “अवैध विदेशी मुद्राभन्दा ठुलो मृगौला व्यापारको अपराध उनले भारतमा गरेका र नेपालमा उनीविरुद्ध कसैको उजुरी नपरेकोले हस्तान्तरण गरिएको हो।” अहिले प्रहरी अमितका भाइ डा. जीवन, उनका नेपाली सहयोगी पङ्कजझा र चितवनको वाइल्ड लाइफ रिसोर्टमा उनलाई पक्राउ गर्दा भागेका भारतमा उनकै अस्पतालमा काम गर्ने रमेश थापाको खोजी गर्दै थप अनुसन्धानमा जुटेको छ। मुख्य अभियुक्तलाई भारतको जिम्मा लगाइसकेपछि थप अनुसन्धानमा प्रहरी कति सफल हुन्छ, हेर्न बाँकी छ।

पक्राउ परेलगत्तै भारतको औपचारिक पत्र आएपछि अमितलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आदेशमा शनिबारको विदाकै दिन भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको बुझ्िएको छ। एक प्रहरी अधिकारीले 'माथिको आदेश'मा अमितलाई बुझ्ाएको स्वीकार पनि गरेका छन्। यसो गर्नुअघि गृहप्रशासनले परराष्ट्र मन्त्रालय, सरकारी वकिलको कार्यालय कसैसँग पनि समन्वय एवं छलफल गरेको थिएन। अघिल्लो दिनसम्म प्रहरी अधिकारीहरू उनलाई आइतबार अदालतमा पेश गरिने बताउँदै थिए। यसरी आधारभूत प्रक्रिया नै पूरा नगरी हतारमा बुझ्ाइनुले नेपाली कानूनको अपहेलना भएको जिकिर कानूनविद्हरूले गरेका छन्।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष अधिवक्ता शम्भु थापा नेपालमा पक्राउ परेको व्यक्तिलाई सीधै त्यसरी बुझ्ाउन नमिल्ने बताउँछन्। “नेपालले सुपुर्दगी सन्धि नगरेकोले कानूनी प्रक्रिया पूरा गरेर, यहाँ गरेको अपराधको सजायको भागीदार बनाएर मात्रै बुझाउनुपर्ने हुन्छ”, उनले हिमाल सँग भने, “पक्राउ गरेको मान्छेलाई अदालतमा हाजिर नै नगराई रातारात बुझ्ाइएको, यहाँसम्म कि प्रहरीले नै पक्रने र प्रहरीले नै बुझ्ाउने काम गरेको, घटनाले यहाँ विधिको शासन छैन भन्ने देखाएको छ।” यो सुपुर्दगीमा रेडकर्नर नोटिसको प्रक्रिया पनि पूरा नभएको उनले दावी गरे। 

अमितको सुपुर्दगीले कानून व्यवसायीहरूलाई पञ्चायतकालमाझापामा पक्राउ परेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई तत्कालीन सरकारले रातारात भुटानसमक्ष सुम्पेको घटनाको स्मरण गराएको छ। थापाका अनुसार, कुनै पनि अभियुक्तलाई बुझ्ाउनुअघि गिरफ्तार गर्ने मुलुकले त्यसबारे सम्बन्धित निकायहरूबीच बहस चलाउनु पर्छ, सुपुर्दगी गरिने मुलुकमा पाउने सजायबारे बुझ्ेर त्यसको मात्रा र प्रकृति हेरी प्रक्रिया अगाडी बढाउन सक्छ। रु.१ करोड ६५ लाख ८२ हजार बराबरको अवैध विदेशी मुद्रासहित पक्राउ परेका अमितलाई नेपालमा मुद्रा अपचलनको अभियोगमा मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतमा पेश गर्ने जानकारी प्रहरीले दिएको थियो। अनुसन्धान अगाडि बढाउँदै जाँदा उनीमाथि नेपालसँग सम्बन्धित मिर्गौला व्यापारमा पनि कारबाही चलाउन सकिन्थ्यो। नेपाली कानूनमा विदेशी मुद्रा अपचलन गर्नेलाई रु.५ करोड बराबर जरिवाना र चार वर्ष कारावास तथा मिर्गौला व्यापार गर्नेलाई रु.१० लाख जरिवाना र पाँच वर्ष कारावासको व्यवस्था छ। अमितविरुद्ध भारतमा मानव अङ्ग प्रत्यारोपण कानून १९९४ अन्तर्गत गैरकानूनी अङ्ग प्रत्यारोपण, ठगीलगायतका मुद्दा चलाइने भएको कुरा प्रकाशमा आएको छ।

भारतमा पाँच सय जनाको मिर्गौला झ्िकेर व्यापार गरेको आरोप लागेका डा. अमितकुमारको नेपालमा समेत कारोबार हुनसक्ने आधारहरू प्रहरीले फेला पारिसकेको थियो। उनले नेपालमा अस्पताल खोल्ने तयारी र गोंगबुस्थित बद्रीनाथ गेष्ट हाउस किन्न मोलतोल गरेको तथ्य सार्वजनिक हुनुले नेपालमा उनको ठूलै सञ्जाल रहेको पुष्टि भएको छ। अमितले नेपाल प्रहरीलाई दिएको बयानमा हरियाणा, गुडगाउँको आफ्नो अस्पतालमा ६ जना नेपाली कार्यरत रहेको बताएका थिए।

नेपालमा पक्राउ परेपछि डा. अमितले आफू निर्दोष रहेको र केही भारतीय टेलिभिजन च्यानलहरू आफ्नो पछिलागेको बताएका थिए। भारतका प्रमुख सञ्चारमाध्यमहरू अमितको गिरफ्तारीको समाचार दिन नेपाल ओइरिएका र भारतमा झ्िकाउन आफ्नो सरकारलाई निक्कै दबाब दिएका थिए। त्यहाँका सञ्चारमाध्यमले अमित शल्यचिकित्सक नभई सफ्टवेयर इञ्जिनियर भएको दाबी गरेका छन्। सञ्चामाध्यमका अनुसार दिल्ली र गुडगाउँमा चार वटा अस्पताल चलाएका उनको कारोबारको प्रमुख मुकाम अष्ट्रेलिया थियो, जहाँबाट उनी ६० देशमा यो व्यापार गर्दै आएका थिए। अमेरिका, बेलायत, जर्मनी, ग्रीस, टर्कीमा उनको अधिक कारोबार थियो। उनले भारतका एक पूर्वमन्त्रीको समेत मिर्गौला प्रत्यारोपण गरेका थिए। पटक–पटक पक्राउ परेर पनि छुट्दै आएका अमित प्रत्यारोपण गर्ने ग्राहकसँग आफैँ सम्पर्क राख्ने गर्दथे।

भारतीय टेलिभिजन च्यानलहरूले अहिले पनि डा. अमितलाई नेपालसँग जोडेर समाचार दिइरहेका छन्, जसमा अमितको नेपाली नाम सन्तोष राउत भएको, यही नामबाट उनले नेपालमा सम्पत्ति जोडेको, अस्पतालमा लगानी गरेको, नेपालका कुना–कुनामा एजेण्ट राखेको, उनका नेपाली सहयोगी पङ्कजझाको नेपालका एक मन्त्रीसँग निकट सम्बन्ध रहेको जस्ता विवरण दिइएका छन्।