स्थलगत
मधेश
हतियारको स्रोत
 |
| श्रवणकुमार देव |
माओवादी
युद्धकालमा जसरी दलालमार्फत् बिहारबाट हतियार भित्रिने गर्दथ्यो, आज
सशस्त्र समूहले त्यसरी नै हतियार आपूर्ति गरिरहेका छन्। एउटा हतियार
सीमापार गराइदिएबापत भारु १० हजारदेखि २५ हजार कमिसन खाने यस्ता दलाल
नेपालमा पनि प्रशस्त छन्। राम्रो आम्दानी हुने देखेर सशस्त्र समूहकै
सदस्यहरू पनि यो धन्दामा लागेका छन्।
माओवादीका पूर्व सैन्य कमिसार तथा योङ कम्युनिष्ट लिग सप्तरीका अध्यक्ष
छेदी साफीका अनुसार माओवादीले युद्धकालमा बिहारबाट एसएमजी, मास्केट,
माउजर र कटुवा जस्ता हतियार मगाउने गर्दथ्यो। सशस्त्र समूहहरूलाई हतियार
आपूर्ति गर्ने दलालहरूको भनाइमा यी समूहहरूले केही थान एसएमजी र पेस्तोल
मात्र खरिद गरेका छन्, उनीहरूसँग साना र सस्ता हतियार बढी छन्।
कटुवा र सिक्सर जस्ता हतियार बिहारबाट कामदार र कच्चा पदार्थ मगाएर
नेपालमै बनाइन्छ। केही समयअघिसम्म डुङ्गाबाट बिहारको गङ्गा नदी हुँदै
कोशी किनारमा ल्याउने गरिएको हतियारमाथि बिहार सरकारले कडा नियन्त्रण
गर्न थालेपछि हतियारका पार्टपुर्जा खोलेर राति खुला सिमानाबाट छिराउन
थालिएको छ। बिहारको मुगेर, चम्पारण, सहरसा, घोडासहन, दरभङ्गा, निर्मली
हतियारका स्रोत मानिन्छन्।
दलालहरूको भनाइमा, भारतमा २० राउण्ड गोली क्षमता भएको
एसएलआरलाई भारु ७०–८० हजार, ३४ राउण्डको एसएमजीलाई ३५–४० हजार, तथा
१०, १२ र १८ राउण्ड गोली जाने विभिन्न मोडेलका पेस्तोलका लागि भारु
१८ हजारदेखि ५० हजार पर्दछ। कटुवा पेस्तोल भारु ५००–६०० मै पाइन्छ।
मधेशमा सक्रिय आपराधिक र सशस्त्र समूहले व्यक्तिहत्याको लागि यस्तै
हतियार बढी प्रयोग गरेका छन्।
सशस्त्रः विश्वास जित्दैछ
 |
मधेश
आन्दोलनताका चौतर्फी विरोध खेपेको सशस्त्र प्रहरीले मधेशमा क्रमशः
आफ्नो छवि सुधार्दैै लगेको छ। ५ फागुन ०६३ को मन्त्रिपरिषदको निर्णयअनुसार
जेठमा हुने भनिएको संविधानसभा चुनावका निम्ति देशभरका निर्वाचन क्षेत्रमा
खटाउने भनिएका सशस्त्र प्रहरीलाई मधेशमा विशेष रूपले परिचालन गरिएको
छ। मधेशमा उठेका मुद्दा सम्बोधन नगरिकनै मधेश आन्दोलन दमन गर्न उत्रिएको
सशस्त्र प्रहरीलाई खटाइँदा यसको विरोध पनि भएको थियो। त्यसैकारण हुनसक्दछ,
मधेशमा अहिले सशस्त्र प्रहरी संयमित रूपमा प्रस्तुत हुनेगरेको देखिन्छ।
सप्तरी, बरमझियास्थित सशस्त्र प्रहरी बलको दन्तकाली गणका प्रमुख एसपी
प्रल्हाद केसी भन्छन्, “हतियारधारी समूहलाई भेट्दा समेत सकभर गोली
नहान्ने र घेराबन्दी गरेर समात्ने रणनीतिअनुरुप अप्रेशन सञ्चालन गरेका
छौँ।” उनको यो भनाइलाई सशस्त्र प्रहरीले सिरहा र सप्तरीमा १५ चैत ०६३
यता गरेको २७ वटा अप्रेशनमा समातिएका हतियारधारी समूहका ५३ जना सदस्यहरूको
तथ्याङ्कले पनि पुष्टि गर्दछ।
माओवादी युद्धकालमा भेटिएका सशस्त्र विद्रोहीहरूलाई सकभर भिडन्तको
नाममा हत्या गर्ने सुरक्षाकर्मीले मधेशमा त्यस्तो गल्ती दोहोर्याएको
देखिँदैन। पहिले गाउँघरमा खुल्लमखुल्ला हिँड्ने सशस्त्र लडाकू समूहहरूको
सक्रियता हिजोआज कम छ। सशस्त्र प्रहरी गस्तीमा हिँड्दा सकभर उनीहरूको
नजिक नपर्ने गाउँका जनताले गोप्य सूचना दिएर सहयोग गर्न थालेका छन्।
सशस्त्रका प्रायः 'अप्रेशन' स्थानीय जनताले दिएका सूचनाकै
आधारमा गरिएका छन्। २ भदौ ०६४ मा त्यस्तै सूचनाका आधारमा जनतान्त्रिक
गोइत समूहका १ नं. एरिया इञ्चार्ज उपेन्द्र यादव राति १ बजे सप्तरीको
दिमनबाट एउटा कटुवा पिस्तोल, केही सकेट बम र गोलीसहित पक्राउ परे।
असारको पहिलो साता लौनिया गाविसमा बिहारका कुख्यात डाँका अमृत मण्डललाई
समातिएको थियो।
|