| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“संघीय प्रणालीले देश टुक्र्याउँछ।”
डा. रामशरण
महत
अर्थ मन्त्री
अन्नपूर्ण पोष्ट दैनिक, १० भदौ २०६४
अङ्क
र अर्थ
८८.५ अर्ब वटा अमेरिकामा
गत वर्ष प्रयोग गरिएका प्लाष्टिक झोलाको सङ्ख्या। गतवर्ष संसारभरि
करिब ५०० अर्ब त्यस्ता झोला बिक्री भएका थिए।
२३ वटा
१८ असारदेखि ७ भदौ २०६४ सम्म बसेको संसदको बैठकबाट पारित विधेयकहरू।
४०० जना
सन् १९७६ देखि हालसम्म टेक्सासमा फाँसी दिएकाहरू। त्यसयता अमेरिकामा
१,०९० जनालाई त्यस्तो सजाय दिइसकिएको छ।
हिँड्दा-हिँड्दै
जिरे–खुर्सानी हास्य टेलिसिरियलमा 'मुखाँ हान्नू
जस्तो' भनेर चर्चामा आएका कलाकार शिवहरि पौडेल
भन्छन्, “वास्तवमा अहिलेसम्म कसैको पनि मुखाँ हान्या छैन।”
 |
| मीन बज्राचायर् |
'मुखाँ हान्नू जस्तो'
भनेर कसलाई भन्न खोज्नुभएको हो?
यो रमाइलोका लागि भनिएको 'थेगो' हो। खास कुनै व्यक्ति–विशेषका लागि
भनिएको होइन।
यो 'थेगो' कहिलेदेखि
भन्न थाल्नुभएको हो?
जिरे–खुर्सानीको पहिलो एपिसोडमा झुक्किएर भनिएको थियो। दोस्रो एपिसोडमा
यो बोलिएन। त्यसपछि बाटोमा हिँड्दा दर्शकले तपाइँले 'मुखाँ हान्नू
जस्तो' किन नभन्नुभएको भनेपछि तेस्रो एपिसोडदेखि निरन्तर बोल्दै आएको
छु।
यसपालिको गाईजात्रामा
चाहिँ कतिका मुखाँ हान्दै हुनुहुन्छ नि!
हान्न त सबैलाई हान्नुपर्ने हो। तर यसपालि चाहिँ म,
ए रातामकै (किरण के.सी.), सविता गुरुङ (जिरेकी जेठी) र भोक लाग्यो
(देवीराम पराजुली) ले तयार पारेको 'इमर्जेन्सी वार्ड' मा सरकार, संविधानसभा,
दरबार र माओवादीलाई नै बढी व्यङ्ग्य गरिएको छ।
जिरे–खुर्सानीमा त तपाइँका
दुई श्रीमती छन्, घरमा नि?
घरमा त एउटै हो। दुइटा भए त गञ्जागोल भइहाल्छ नि!
तपाइँ हास्य कलाकार कहिल्यै
रुनु पनि भएको छ कि?
हामी अरूलाई रोएको देखाउँदैनौँ। त्यसैले जबर्जस्ती 'ह्याप्पी' बन्न
खोज्छौँ। एकपटक आमाको नाक र मुखबाट रक्तश्राव भएर पाटन अस्पतालको आकस्मिक
कक्षमा राखेको थिएँ। र, म एकदमै दुःखित थिएँ त्यसबेला। तर त्यहाँ भएका
सबै मान्छे मलाई हेरेर हाँस्दै थिए। कोही–कोहीले त 'मुखाँ हान्नू जस्तो'
पनि भन्दैथिए। त्यसबेला मलाई यो क्षेत्र एकदम 'झूर'जस्तो लाग्यो।
|