अर्थ
बजार
इटहरीमा यामाहाको शोरुम
यामाहाको अधिकृत बिक्रेता मोरङ अटो वर्क्सले पूर्वी
नेपालको व्यापारिक केन्द्र इटहरीमा तिरुपति अटो सिटी नामक नयाँ शोरुम
तथा वर्कशप खोलेको छ। उक्त केन्द्रमा यामाहा ब्राण्डका मोटरसाइकल तथा
पार्टपुर्जाहरू र अन्य सामग्रीहरू उपलब्ध हुनुका साथै त्यहाँको अत्याधुनिक
प्रविधियुक्त वर्कशपमार्फत् ग्राहकहरूले विशेष सुविधा पनि प्राप्त
गर्न सक्ने कम्पनीको दाबी छ।
सेभ्रोले स्पार्क नेपालमा
विजय मोटर्सले ह्याचब्याक डिजाइनको सेभ्रोले स्पार्क
कार बजारमा ल्याएको छ। भारतको जनरल मोटर्सले निर्माण गरेको १००० सीसी
इञ्जिन क्षमताको उक्त आकर्षक कारमा रहेको टर्सन बिम, रियल एक्सल, एङ्क्गल्ड
सक एब्जर्बर्स, सेमी ट्रेलिङ आर्म्सले यसलाई आरामदायी बनाउनुका साथै
भित्री भाग उच्च गुणस्तरको स्टिलबाट बनाइएको हुँदा थप सुरक्षित समेत
रहेको बिक्रेताको दाबी छ। चार वटा मोडलमा उपलब्ध यी कारहरूको बजार
मूल्य रु.१४ लाख २५ हजारदेखि रु.१६ लाख ८० हजारसम्म रहेको छ।
आईएफबीको भाँडा माझ्ने मेशिन
होटेल, रिसोर्ट, रेस्टुरेन्ट र क्याटरिङ व्यवसायका लागि
उपयुक्त 'इण्डस्ट्रिअल डिसवासर' को सग्तानी एग्जिम प्रा.लि. ले नेपालमा
बिक्री शुरु गरेको छ। घरायसी सामान तथा उपकरणका लागि विश्वमै कहलिएको
आईएफबी र इटालीको युरोटेकको प्राविधिक सहयोगमा निर्मित उक्त इण्डस्ट्रिअल
डिसवासरले एक घण्टामा १०,००० भाँडाकुँडा माझ्न सक्ने कम्पनीले जनाएको
छ। कम्पनीका अनुसार उक्त मेशिन प्रयोग गर्न सजिलो हुनुका साथै त्यसले
बिजुली र पानीको खपतमा पनि कमी ल्याउँछ। यस मेशिनको बजार मूल्य रु.१
लाख ३५ हजारदेखि रु.१८ लाखसम्म रहेको छ।
ह्युण्डाईको एटस प्राइम
 |
एभ्को इन्टरनेशनल प्रा.लि.ले ह्युण्डाई कारको नयाँ मोडल
एटस प्राइमको नेपालमा बिक्री शुरु गरेको छ। ९९९ सीसी इञ्जिन क्षमताको
एटस प्राइम कारमा कप होल्डर्स, प्लास्टिक स्टोरेज ट्रेजस्ता सुविधासँगै
भित्री भाग फराकिलो र आकर्षक समेत रहेको छ। युरोपको बजारमा बेग्लै
पहिचान बनाइसकेको ह्युण्डाई कारहरूमध्ये एटस प्राइम शहरी क्षेत्रका
लागि बढी अनुकूल हुने कम्पनीको दाबी छ। ह्युण्डाई ब्राण्डका कारहरूमध्ये
सबैभन्दा सस्तो र अधितकम् माइलेज दिने एटस प्राइमको बजार मूल्य रु.११.१५
लाख रहेको छ।
लक्ष्मी ब्याङ्कको नयाँ शाखा
स्थापनाको पाँचौँ वार्षिक उत्सवमा लक्ष्मी ब्याङ्कले
काठमाडौँको व्यापारिक केन्द्र मानिने न्यूरोडमा नयाँ शाखा सञ्चालनमा
ल्याएको छ। आफ्ना १० शाखाबाट सेवा प्रदान गर्दै आएको लक्ष्मी ब्याङ्कले
न्यूरोड शाखाबाट त्यस क्षेत्रका होलसेल तथा खुद्रा व्यापारीहरू बढी
लाभान्वित हुने अपेक्षा राखेको छ।
थुरायाको प्रिपेड सर्भिस
स्याटलाइट फोनका आफ्ना ग्राहकहरूका लागि थुरायाले विशेष
छुट दरको थुराया इको प्रिपेड सेवा लागू गरेको छ। नेपालका लागि थुराया
फोनको सेवाप्रदायक कन्स्टिलेशन प्रा.लि.का अनुसार थुराया इको बाट देशका
जुनसुकै ठाउँमा रहेका ग्राहकहरूले पनि सस्तो मूल्यमै चुस्त र भरपर्दो
फोन, इन्टरनेट, डाटा ट्रान्सफर/फ्याक्स र एसएमएस सुविधाहरू प्राप्त
गर्नेछन ्। थुराया इको सेवा लिने ग्राहकहरूले प्रतिमिनेट रु.२६ मै
स्वदेश र विदेशका कुनै पनि ठाउँमा सम्पर्क गर्न सक्नेछन्। थुरायाको
यो आकर्षक सेवाबाट मुलुकका अति विकट क्षेत्रलाई शहरी र विश्वका अन्य
भागसँग जोड्न थप सहयोग पुग्ने विश्वास कम्पनीको छ।
|