| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“निर्वाचन आयोग त रेफ्री मात्र हो, खेलाडी राजनीतिक दल हुन्, चुनावप्रति उनीहरूले उत्साह देखाउनुपर्छ।” न्न।”
भोजराज पोख्रेल
प्रमुख निर्वाचन आयुक्त
नयाँ पत्रिका दैनिक, २९ साउन २०६४
अङ्क
र अर्थ
७७ हजार नेपालको जम्मा प्रहरी फोर्स। ५३ हजार नेपाल र २४ हजार सशस्त्र प्रहरी रहेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २३ साउनमा संसदको बैठकमा जानकारी दिएका थिए।
५०,८७,४०६ जना मङ्सिर मसान्त २०६३ सम्म २६–३५ वर्ष उमेर समूहका मतदाताहरू। सबैभन्दा बढी मतदाता यही उमेर समूहका छन्। २५ वर्ष र सोभन्दा मुनिका ३८,५४,३८८; ३६–४५ वर्षका ३५,४२,६७७; ४६–५५ वर्षका २४,६१,४१७; ५६–६५ वर्षका १५,५४,४८१; ६६–७५ वर्षका ७,४८,६८१ र सोभन्दा माथिका ३,६०,३५८ जना मतदाता रहेका छन्।
स्रोतः निर्वाचन आयोग
हिँड्दा-हिँड्दै
जनजातिको उत्थान र सहभागितामूलक विकासका ज्ञाता तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. चैतन्य सुब्बा देशभरिका पछाडि परेका करिब दुई दर्जन गाउँलाई 'नमूना' को रूपमा विकास गर्ने खाका कोर्दैछन्। डा. सुब्बा भन्छन्, “विकास नपुगेको गाउँ छानेर त्यसलाई नमूना बनाउने छौँ।” ।”
 |
| मीन बज्राचायर् |
कति गाविसलाई 'नमूना'
बनाउँदै हुनुहुन्छ?
१५ वटा गाविसलाई नमूना गाउँको अवधारणाअनुसार विकासमा सहभागी बनाउने सोच भइराखेको छ। तर 'नमूना' भन्ने कि नभन्ने? यसबारे छलफल भइराखेको छ। पञ्चायतकालमा पनि 'आदर्श गाउँ' को अवधारणा ल्याइएको रहेछ। तर त्यो सफल हुनसकेन। त्यसैले अहिले हामी 'नमूना' गाउँको कुराभन्दा त्यसलाई वास्तवमै कसरी 'नमूना' बनाउन सकिन्छ भनेर योजना बनाउँदै छौँ।
तपाइँहरुले परिकल्पना गर्नुभएको 'नमूना' गाउँ कस्तो हुन्छ?
२०६२–०६३ को जनआन्दोलनपछि जनताले नयाँ नेपाल चाहेका छन्। समतामूलक समाजको आश गरेका छन्। समावेशीको अवधारणाअनुसार संघीयताका आधारमा विकास गर्ने लक्ष्य लिइएको छ। हामीले परिकल्पना गरेको गाउँमा शिक्षा, स्वास्थ्य, बिजुली, गरिबी निवारणलगायतका भौतिक पूर्वाधारहरूको समुचित विकास हुनेछ। जनसेवा र विकासप्रतिको जनचाहना वृद्धि गरिनेछ।
आजभोलि भन्ने गरिएको
'नयाँ नेपाल' र तपाइँहरुको 'नमूना' गाउँको अवधारणा उही हो?
जनताको नयाँ नेपाल निर्माण गर्ने चाहनालाई साकार तुल्याउन सहयोगी बन्छ भन्ने हेतुले यो अवधारणा अगाडि सारिएको हो। नि!
'नमूना' विकासको यो कस्तो मोडेल हो?
विशेषतः यो 'निड–वेस्ड र राइट–वेस्ड एप्रोच' हो। अहिलेसम्म विकासको
मूल प्रवाहबाट किनारामा पारिएकाहरूलाई सहभागी गराएर अगाडि बढ्ने अवधारणा
हो।
|