हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

संसद बुझ्ेका पत्रकार
तस्बिरः किरण पाण्डे

कुनै क्षेत्रमा विशेषज्ञको जस्तो ज्ञान हासिल गरेको पत्रकार बन्ने दृढ इच्छाशक्तिले भुवन के.सी.लाई आखिर त्यस्तै बनायो पनि। समाचार सङ्कलनको क्रममा आठ वर्षअघि सं सद छिरेका उनी आखिर संसदीय राजनीतिको 'बिट' मै दह्रोसँग स्थापित भएका छन्।

्रिभुवन विश्वविद्यालयबाट दुई विषयमा स्नातकोत्तर गरेका भुवनले राजनीतिशास्त्र केन्द्रीय विभागबाट हालै स्वीकृत आफ्नो शोधकार्य पनि संसदको सेरोफेरोमै लेखेका छन्, 'सङ्क्रमणकालीन अवस्थामा पुनर्स्थापित प्रतिनिधिसभाको भूमिका' खोतलेर।

नआन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधिसभाको १५ वैशाखदेखि १ माघ २०६३ सम्मका गतिविधिलाई शोधकार्यमा समेटेका भुवन भन्छन्, “राजाको अधिकार कटौती गरेर संसदीय सर्वोच्चता कायम भएको राजनीतिक विषयमा शोधकार्य गर्दा धेरै अनुभव प्राप्त गरेको छु।” राजनीतिक घोषणा, संविधान संशोधन, नयाँ संविधान घोषणाका साथै अनेकन् प्रयोग र अभ्यास गरेर प्रतिनिधिसभाले सङ्क्रमणकालीन अवस्थामा आफ्नो काँधमा आएको महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उनी बताउँछन्। आफ्नो शोधकार्यमार्फत् भुवनले संसदीय व्यवस्थाको जननी मानिने बेलायती संसदको प्रारम्भदेखि नेपालको संसदीय अभ्यास बुझ्न चाहनेहरूका लागि ठूलो गुन लगाएका छन्। उनको शोधकार्यका निर्देशक प्राध्यापक कृष्ण खनाल भन्छन्, “संसदको बारेमा लेखिएको यो राम्रो थेसिस हो।” २८ वर्षअघि पाल्पाको फेक गाविस–७ मा जन्मेका भुवन छापा र विद्युतीय दुवै मिडियामा जम्नसक्ने पत्रकार हुन्। छापामाध्यमबाट पत्रकारिता शुरु गरेका उनी हाल कान्तिपुर टेलिभिजनमा आवद्ध छन्।


लक्ष्य समाजसेवा

दन्त–चिकित्सक बन्ने तयारीमा लागेकी देवी पुन (१९) साउन तेस्रो साता पोखरामा मिस पश्चिमाञ्चल घोषित भइन्। पर्वतमा हुर्केर अध्ययनका लागि तीन वर्षअघि मात्र पोखरा झरेकीे उनी सुन्दरी प्रतियोगिताको उपाधि जितेपछि दङ्ग छिन्। भन्छिन्, “उद्देश्य त डाक्टर बन्ने नै हो, सँगै ग्ल्यामरतिर पनि लाग्छु।” पहिलो प्राथमिकता पढाइलाई नै दिने उनले एसएलसीमा धौलागिरि अञ्चलमै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्। लाहुरे परिवारकी कान्छी छोरी देवी अरू जस्तै बेलायत गएर बस्नुको साटो आफ्नै देशमा बसेर समाजसेवा गर्न चाहन्छिन्। उनले भनिन्, “बेलायत जान्छु तर सधैँको लागि हैन। दन्त–चिकित्सकको थप पढाइ सकिएपछि फर्कन्छु। डक्टर बनेर पैसा कमाउँछु। त्यही पैसाले समाजसेवा गर्छु।” अहिलेका धेरै डाक्टर शहरमा सीमित भएकाले आफू भने गाउँ जाने उनी बताउँछिन्।

भन्छिन्, “डाक्टर बनेर शहरमा हैन, गाउँ–गाउँ जान्छु, र सेवा गर्छु।” मिस पश्चिमाञ्चलको उपाधि जिते पनि यस्ता कार्यक्रममा हरेक पल्ट हुने विवादबाट दुःखित छिन्। भन्छिन्, “उपाधि जित्दा साथीहरू खुसी छन्। घरकाहरू त भन्नै परेन। तर प्रतियोगितामा विवाद हुँदा खिन्न छ मन।” अब के गर्ने त? उनी भन्छिन्, “मिस नेपालको तयारीमा लाग्छु।