टिप्पणी
नयाँ नेपालले जोगाउनुपर्ने पुराना कुरा
कर्णालीमा मोटर पुग्नुको अर्थ स्थानीय विकासको
नयाँ ढोका खुल्नु हुनुपर्छ।
• अरुणा उप्रेती
चैतको दोस्रो
हप्ता सल्यानमा महिला स्वास्थ्य सेविकाहरूसँग छलफल भइरहेको थियो। नेपालगञ्जकी
नर्स कुन्ती तिवारीले एउटा खेल खेलाउँदै सबैलाई गोलाकारमा उभ्याइन्
र भनिन्, “म एउटा रंग भन्छु। तपाईँहरूले त्यो रंग कहाँ छ तुरुन्त छुनुपर्छ।
जसले सबभन्दा छिटो छुन्छ, उसले पुरस्कार पाउँछ।” यसो भनिनसक्दै उनले
भनिहालिन्' सेतो। कोही भित्ता छुन पुगे, कोही नजिकैको कपीका पाना त
कोही साथीको सेतो रंगको ओढ्ने। एकछिन रमाइलो भयो। कुन्तीले भनिन् “हेर्नुस्
त, नजिकको तीर्थ हेलाँ भने ैँ तपाईंहरू कसैले पनि आˆनो सेतो दाँत छुनुभएन!
खाली बाहिर मात्र हेर्नुभयो।”
कुन्तीले अै अर्थ्याउँदै भनिन्, “हो, त्यसैगरी तपार्इंहरू
आफूसँग भएको जानकारी, गाउँघरमा आफैँकहाँ पाइने खानेकुरा, वस्तुहरू
पनि हेर्नुहुन्न। खाली बाहिरी कुरा मात्रै राम्रो भन्नुहुन्छ।” महिला
स्वास्थ्य कार्यकर्ताहरूले 'हो त नि' भनेर एकआपसमा मुखामुख गरे। त्यसपछि
गाउँघरमा पाइने पौष्टिक खानेकुरा, उपयोग हुने जडिबुटी र स्वस्थ रहन
गरिने अन्य क्रियाकलापको कति बेवास्ता हुनेगरेको रहेछ भन्नेबारे छलफल
शुरु भयो।
सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्दा मैले सडक
पुगेका ठाउँमा र सडक नपुगेका तर रेडियो भएका ठाउँमा कसरी मानिसहरूलाई
अनेक थरी कुराको ज्ञान हुन थालेको छ भन्ने अनुभव गरेकी छु। तर, ज्ञानको
साथसाथै बाहिरी चमकधमक, विज्ञापन र अति आधुनिकताले गर्दा स्थानीय रूपले
उपयोगी कति महवपूर्ण र मूल्यवान कुराहरू विस्थापित हुँदै गएका पनि
छन्।
अछाम, साँफेबगरको एउटा गाउँमा बेलुकीको खानाका लागि
मैले साहुनीलाई “बहिनी, मलाई कोदोको रोटी वा ढिँडो पकाइदिनुस् है”
भनेँ। साहुनीले मलाई माथिदेखि तलसम्म हेर्दै भनिन्, “तपाईं पनि ठट्टा
गर्नुहुन्छ, काठमाडौँबाट आएको मानिसले पनि कहीँ कोदो खान्छन्?” तर
मैले ठट्टा गरेको होइन भनेपछि “अहिले त छैन, भोलि कसैको घरमा खोज्न
पठाएर पकाइदिउँला” भनिन्। भोलिपल्ट बेलुकी कोदोको रोटी, टिमुर र गोलभेँडा
पिनेको मीठो अचार खान पाइयो। हामीसँगै बसेका साँफेबगरका एक स्कूल शिक्षकले
भने, “तपाईंहरूले त हाम्रो आँखै खोलिदिनुभयो। कोदोलाई कुअन्न भनेर
हेपेका थियौँ।” मलाई पनि मौका मिलिहाल्यो' गाउँघरमा पाइने कोदो, फापर,
मकै, जौ आदिका विशेषताबारे लामै 'भाषण' दिएँ।
ठाउँठाउँमा गएर यस्तो भाषण दिन्छे भनेर मलाई धेरैले
जिस्क्याउँछन्। तर मलाई के कुरामा खुसी लागेको छ भने, यस्तो भाषण गर्ने
अब म एक्लै छैन। नयाँ नेपाल निर्माणको कुरा भइरहँदा धेरैले थाहा पाउनै
पर्छ' यस्ता भाषण र नाराबाजी हुनुभन्दा अघिदेखि नै कैयौँ संघसंस्था
र व्यक्तिहरूले आˆनै तरिकाले हाम्रो ज्ञान, विज्ञान, संस्कृति र पोषणलाई
जोगाएर राख्ने कदम चालिसकेका छन्।
पुराना ज्ञानको प्रयोग कसरी गर्ने भन्नेबारे नै काम
गरिरहेको 'जैविक विविधता, अध्ययन र विकास' (लिवर्ड) भन्ने पोखराको
संस्थाका कोदो र फापरका विभिन्न परिकार बनाउन सिकाउने केही सदस्यहरूसँग
भेट भएपछि मेरो मन प्रफुल्ल भएको थियो। त्यसमाथि पोखरामा कोदोको केक
र पाउरोटी खाँदा न् खुसी लाग्यो। लिबर्डले निकालेको क्यालेण्डरमा कोदो
अन्न मात्र होइन, औषधि पनि हो भन्ने लेखिएको छ। 'कोदोले चिसो निको
पार्छ' भनेर बज्यैले भन्दा हाँस् उठ्थ्यो। त्यो क्यालेण्डर हेरेपछि
बज्यैको पुरानो ज्ञान पनि वैज्ञानिक तथ्यमै आधारित रहेछ भन्ने थाहा
भयो।
कर्णालीः विकासको डर
२०६४ सालसँगै कर्णालीमा मोटर बाटो पुगेपछि विकासको नयाँ आयाम
खुलेको कुरा प्रकाशमा आएका छन्। बाटोसँगै कर्णालीमा तरकारी पुगेको
छ। अब 'आधुनिकतम् खानेकुरा' चाउचाउ, बिस्कुट आदि पनि सहजै पुग्लान्र
स्थानीय मानिसहरू आफूकहाँ भएका खानेकुरा बेचेर चाउचाउ किन्न लोभिएलान्
कि भन्ने डर पनि छ।
तर मेरो यो डर त्यति भयङ्कर भने छैन। किनभने, कतिपय
नेपाली सामाजिक वैज्ञानिक र स्वास्थ्यसंस्थाहरूले मोटरबाटो पुग्नुअघिदेखि
नै कर्णालीको जैविक विविधता र संस्कृति जोगाउने अभियान शुरु गरिसकेका
छन्। मुगुका जय विक्रमले मलाई जिल्लामा आएर स्वास्थ्य कार्यक्रम गरिदिन
आग्रह गर्दा मैले खानेकुरा काठमाडौँतिरैबाट ल्याउनुपर्छ कि भनेर सोधेको
थिएँ। त्यतिबेला उनले भनेका थिए, “हाम्रो मुगुमा मोटो चामल, सिमीको
तरकारी र आलु खाएर हिँडेपछि, दिनभरी भोक लाग्दैन। तपाईंहरूको काठमाडौँबाट
पठाएको चामल त ढुंगाले गर्दा आधै फाल्नुपर्छ र त्यही पनि एकैछिनमा
पच्छ।” जय विक्रमले मुगुमा फल्ने सिमीलाई अनेक थरी परिकार बनाएर खान
शुरु गरेको जानकारी दिए। कर्णालीको सिमीलाई सुकाएर अनेक थरी परिकार
बनाई खाने गरिँदो रहेछ। जाडोमा जुम्लाबाट फर्किने मानिसहरू राडीपाखी
र जडिबुटीसँगै सिमी पनि लिएर आउँछन्।
सडकसँगै विकास मात्रै पुग्दैन। त्यसैले मलाई अै पनि
डर छ' कतै जुम्लाको सस्तो स्याउ नेपालगञ्ज आएर, २० गुणा महङ्गो भई
बोतल वा डिब्बामा ोल भएर फेरि जुम्ला नै पुग्ने हो कि? कतै कर्णालीका
जडिबुटीबाट बनेका औषधि त्यहाँकै मानिसहरूले एकदमै महङ्गो मोल तिरेर
खानुपर्ने हो कि? कर्णालीमा पाइने जिम्बु, जटामसी, तीतेपाती जस्ता
औषधीय गुणयुक्त पदार्थहरू बेचेर जीविका चलाउने मानिसहरूलाई त्यस्ता
पदार्थहरूको उपयोगिताका बारेमा बताउन सकियो र साँच्चिकै त्यहाँका मानिसहरूले
आˆनो मेहनत र प्राकृतिक स्रोतको उचित मूल्य पाए भने कर्णालीको गरिबी
इतिहास बन्न सक्छ। त्यसकारण कर्णालीका बहुमल्य औषधीय वनस्पतिलाई जोगाइराख्नु
हाम्रो दायित्व हो। कर्णालीका विभिन्न गाउँको सांस्कृतिक पहिचान र
त्यहाँका वनस्पतिमा ठूलो मेल छ। तर ती वनस्पतिलाई अहिलेदेखि चाहिनेभन्दा
बढी शोषण गरियो र तिनको संरक्षण'व्यवस्थापनमा वास्ता गरिएन भने कर्णालीको
जैविक विविधता खतरामा पर्न सक्छ।
कर्णालीमा मोटर पुग्नुको अर्थ स्थानीय विकासको नयाँ
ढोका खुल्नु हुनुपर्छ। तर सडक बाटोसँगै त्यहाँ नचाहिँदो 'आधुनिकता'
भित्रिएर कतै आˆनै कुरालाई हेप्न थालिने त होइन? त्यसैले बाटो सँगसँगै
कर्णालीमा त्यहाँ फल्ने कोदो, फापर वा आलुबाट बनेका खानेकुरा खाएपछि
प्याकेट वा बट्टाका खानेकुरा किनेर खानुपर्दैन, सिमीको तरकारी वा अरू
परिकार पाएपछि प्रोटिनको कमी हुँदैन, स्थानीय जडिबुटीलाई चिनेर उपयोग
गर्न सके हत्पती बिरामी परिँदैन र बाहिरियाहरूलाई बेचेर पनि धेरै फाइदा
लिन सकिन्छ भन्नेजस्ता ज्ञान समेत पुर्याउनु जरुरी छ। कर्णालीमा मात्र
होइन, देशभर नै विकासका ठूला'ठूला कुरासँगै, हरेक परिवारका लागि दूरगामी
महव राख्ने यस्ता जानकारी पुर्याउन सके साँच्चिकै नयाँ नेपाल निर्माणको
सुरुआत हुन्थ्यो!
|