तन्नेरी
अहिले सन्तुष्टि भोलि काम
काम गरेबापत केही नपाउँदा पनि दोलखाका सञ्चारकर्मी
युवतीहरू जिल्ला वरपरका समाचार संकलन गरी जनतालाई सुसूचित गर्छन्।
अहिले उनीहरूलाई यसैमा गर्व र आत्मसन्तुष्टि छ।
• प्रेरणा मरासिनी, जिरीमा
 |
| जिरी चलचित्र महोत्सवका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी
दोलखेली महिला पत्रकारहरू। |
पत्रकारिता
क्षेत्रमा दोलखेली महिलाहरूको सहभागिता आजभोलि उत्साहजनक देखिन थालेको
छ। यस्तै उत्साह देखाइन्, चरिकोटकी १९ वर्षीया कालिका खड्काले। गाउँमा
विकासका लागि विभिन्न स्रोतबाट आउनेे रकम सदुपयोग नभएको देखेपछि उनले
यसबारे कलम चलाइन् स्थानीय शैलुङ्गको सूर्य साप्ताहिकमा। ६ महिनायता
सो साप्ताहिकमा काम गर्दै आएकी कालिकाले ग्रामीण विकासका लागि विभिन्न
सरकारी तथा गैरसरकारी संस्थाले जुटाइदिने रकम विभिन्न स्तरमा भइरहेको
हिनामिनाबारे रिपोर्टिङ गरेकी थिइन्। त्यसबापत पारिश्रमिक नपाए पनि
उनले धेरैको स्याब्बासी पाइन्। यस्तै स्याब्बासी उनका लागि यो पेशामा
लाग्ने बलियो आधार बनेको छ।
“मैले छोटो समयमै धेरै काम गर्न सिकेकी छु, विभिन्न
निकाय र व्यक्तिसँगको भेटघाटमार्फत आˆनो ज्ञान पनि निकै बढाएकी छु”,
कक्षा १२ मा अध्ययनरत खड्का भन्छिन्। यसबाहेक कस्ता कुरा समाचारयोग्य
हुन्छन्, के कुराले पाठकको मन छुन्छ भन्ने खुट्याउनसमेत उनी निकै सिपालु
भएकी छन्। कालिकाले काम गर्ने शैलुङ्गको सूर्य सहित अहिले दोलखामा
कालिञ्चोक सन्देश, काभ्रे पोष्ट, जनरञ्जन गरी चार साप्ताहिक प्रकाशन
भइरहेका छन्। यी सबैका स्थानीय संवाददातालेे पारिश्रमिक पाउँदैनन्
तर त्यसमा उनीहरूलाई गुनासो छैन।
काभ्रे पोष्ट मा कार्यरत १९ वर्षीया रश्मी कार्कीलाई
पत्रकारिता क्षेत्रमा काम गर्न पाएकोमा खुसी छ, पारिश्रमिक नपाउँदा
पनि खल्लो लाग्दैन। कहिलेकाहीँ फोटो खिच्दा, समाचारका लागि इमेल गर्दा
खल्तीबाट पैसा चलाउनुपर्दा समेत उनको गुनासो छैन। शैलुङ्गको सूर्य
को उपाध्यक्ष समेत रहेकी भवानी कार्कीको सन्तुष्टि भने बेग्लै किसिमको
छ। उनी भन्छिन्, “राष्ट्रिय दैनिकहरूको भन्दा स्थानीय स्तरमा हाम्रो
पत्रिकाको माग बढी छ। रामेछाप, सिन्धुपाल्चोकका मानिसका हातमा समेत
हाम्रो पत्रिका देख्दाको खुसी साँच्चै अर्कै हुन्छ।”
पहिले अरुका लेख पढेर रमाउने १९ वर्षीया निशा दुलाल
अहिले अरूले आˆना लेखरचना पढेको देख्दा आनन्द लाग्ने बताउँछिन्। प्रेस
चौतारी, दोलखासँग आबद्ध निशाले आˆनो जिल्लाबाट निस्कने पत्रपत्रिकामा
लेख/रिपोर्टहरू छपाउँदै आएकी छन् र पत्रकारिताप्रतिको उनको आकर्षण
पनि दिनहुँ बढ्दै गएको छ। मोफसलको पत्रकारितामा महिला सहभागिता र आकर्षण
बढेको प्रमाण १६ चैतमा जिरी (दोलखा) मा आयोजित पत्रकारितासम्बन्धी
अन्तरक्रियामा समेत देखिएको थियो। अन्तर्क्रियामा यो क्षेत्रमा काम
गर्न इच्छुक युवतीहरूले पत्रकार कुन्द दीक्षितसँग विभिन्न विषयमा जानकारी
लिएका थिए।
“अहिले हाम्रो क्षेत्रमा पनि पत्रकारिताप्रतिको महिला
आकर्षण र सहभागिता उल्लेख्य रूपमा बढेको छ”, भन्छिन् नेपाल पत्रकार
महासंघ दोलखाकी सदस्य तथा मानवअधिकार बुलेटिनकी सह'सम्पादक कालिका
पाठक। आठ वर्ष अघिदेखि यो पेशामा सक्रिय पाठकले समयसँगै महिलामा आएको
चेतनाका कारण मोफसलमा समेत पत्रकारिताप्रति चासो बढ्दै गएको बताउँछिन्।
घरपरिवारले साथसहयोग दिँदा स्थानीय महिलालाई पत्रकारितामा लाग्न नै
सजिलो भएको बताउँदै पाठक भन्छिन्, “हामीले यहाँका महिला पत्रकारहरूलाई
तालिम दिने हिसाबले एक हप्ताका लागि पाँच गाविस घुमाउन लैजाँदा कसैको
घरपरिवारबाट आपत्ति आएन।”
“तर यदाकदा बाबुआमाले …पैसा आउने हैन, कति काम मात्रै
गर्छेस्?' भनेर गुनासो गर्नुहुन्छ”, भवानी सुनाउँछिन्। निशा थप्छिन्,
“फेरि हामी पत्रकारिताका विद्यार्थी पनि होइनौँ, अनि उहाँहरू आफूले
पढेकै लाइन समात्नु पर्छ भन्नुहुन्छ।” यस्ता प्रतिक्रियाबाट काममा
अप्ठ्यारो नपरोस् भनेर आफूहरूले बाबुआमालाई सम्ाउने बुाउने यी युवतीहरू
बताउँछन्। निशा भन्छिन््, “हाम्रो काम देखेर पनि उहाँहरू चित्त बुाउनुहुन्छ।”
तर सबैमा यस्तो समस्या छैन। कालिका खड्का बाबुआमाले कुनै किसिमको रोकटोक
नगरेको बताउँछिन् भने अन्नपूर्ण पोष्ट मा कार्यरत पिताको मृत्युपछि
बाबुको बिँडो थाम्ने जिम्मा पाएकी छन् रश्मी श्रेष्ठले।
चुनौती पनि
बिना पारिश्रमिक लामो समयसम्म पत्रिका चलाउनु यी पत्रकारका लागि साँच्चै
चुनौतीपूर्ण छ। भवानी कार्की भन्छिन्, “एक त विज्ञापन निकै कम छ, त्यसमाथि
एक अङ्क पत्रिका निकाल्नै रु. सात हजार खर्च हुन्छ। वितरणलगायत अरु
कामका लागि थप पैसा चाहिन्छ, अनि पारिश्रमिक दिन कहाँबाट पुग्नु?”
पाँच सयप्रति छापिने शैलुङको सूर्य छपाइका लागि भने काठमाडाँै पुग्छ।
पत्रिकाको प्रकाशन सधैं यसरी नै संभव होला? भावी योजनाबारे बताउँदै
भवानी भन्छिन्, “एसडीसी (स्वीस विकास सहयोग नियोग) सँग सहकार्य गरेर
यो साप्ताहिकलाई संस्थागत गर्ने कुरा भइरहेको छ।” कालिका पाठक थप्छिन्,
“यहाँका पत्रिकालाई संस्थागत स्वरुप दिन व्यावसायिक बनाउनु आवश्यक
छ।”
जिल्लामा पत्रकारिता विषय अध्ययन गर्न नपाइनु दोलखेली
पत्रकारहरूका निम्ति अर्को चुनौती हो। “हामी आउने साल काठमाडौँको रत्नराज्यलक्ष्मी
क्याम्पसमा पढ्न जाँदैछौँ”, अन्नपूर्ण पोष्ट की जिल्ला संवाददाता रश्मी
श्रेष्ठलाई देखाउँदै भवानी भन्छिन्। बाबुको मृत्युपछि सो पत्रिकामा
काम गर्न पाएकी भएपनि पत्रकारिताको औपचारिक अध्ययनका निम्ति काठमाडौँ
जानुपर्ने श्रेष्ठको बाध्यता हो। आˆनै जिल्लामा सो विषय पढ्न पाए अरू
ठाउँ नजाने उनीहरू बताउँछन्।
लेखसमाचारमार्फत गाउँठाउँमा सकारात्मक परिवर्तन ल्याउन
र त्यसको माध्यमका रुपमा चिनिन पाउनुलाई राम्रै मौका ठान्दछन् यी युवती।
पत्रकार महासंघले पनि यीमध्ये उत्कृष्टलार्ई आˆनो संघको सदस्यता तथा
तालिम दिने चाँजोपाँजो मिलाइरहेको छ। कालिका पाठक भन्छिन्, “यसको मुख्य
उद्देश्य आत्मविश्वास बढाउनु हो, जुन क्षमताले भोलि राष्ट्रिय दैनिकहरूमा
काम गर्ने अवसर दिलाउँछ।”
|