| •
ऋतुराज |
 |
ऋतुविचार
नीला
टोपीवाला र बिजनेस
हिजोआज ललितपुरको पुल्चोक इलाकाका सडक, फुटपाथ, डिपार्टमेन्ट
स्टोर र रेस्टुराँहरूमा हूलका हूल विदेशीहरू देखिन्छन्। उनीहरूका वेशभूषा
र रुपरङ्ग हेर्दा ती एसिया, अफ्रिका, ल्याटिन अमेरिका, युरोप, पोलिनेसिया
सबैतिरका देशहरूबाट आएका जस्ता लाग्दछन्।
ङ्ग्रेजीबाहेक कुनै कुनै समूहले आपस्तमा अरू भाषामा
कुरा गरेको पनि सुनिन्छ। ती विदेशी जरुर हुन्, तर नेपाल घुम्न आएका
पर्यटकहरू भने होइनन्। पर्यटक त तिनलाई भनिन्छ जो छोटो समयका लागि
घुम्ने मात्र उद्देश्य बोकेर आएका हुन्छन्। घुम्ने काम सकिएपछि जहाँबाट
आएका हुन् खुरुक्क त्यहीँ फर्कन्छन्। यी त ब्रिफकेस र ल्यापटप बोकेर
नेपाललाई शान्ति र प्रगतिको बाटो देखाउन आएका अन्तर्राष्ट्रिय परामर्शदाताहरू
हुन्। उनीहरू आˆना अनुभव, ज्ञान र सीपबाट नेपाली जनतालाई लाभान्वित
पार्न ठूलो जोखिम उठाएर यहाँ आएका छन्।
यिनीहरूको घुइँचो पुल्चोक इलाकामै धेरैजसो केन्द्रित
रहने कारणचाहिँ के हो भने त्यसै इलाकामा संयुक्त राष्ट्रसंघ र त्यससित
सम्बद्ध मानवअधिकार तथा नेपाल मिसनका अड्डा पनि त्यतै छन्। यिनमध्ये
कति चाहिँ बोलाइएर आएका छन्, कति चाहिँ अनाहक उसै आएका छन्। शान्ति
प्रक्रिया, संवैधानिक प्रक्रिया, पुनर्निर्माण प्रक्रिया, मेलमिलाप
प्रक्रिया, निर्वाचन प्रक्रिया आदि हरेक प्रक्रियाका जानकार यिनै छन्।
द्वन्द्वको रुपान्तरण, शक्तिको हस्तान्तरण, मानवअधिकार संरक्षण, राज्यको
पुनर्विभाजन, लोकतान्त्रिक सुशासन हरेक विषयमा यिनै पोख्त छन्। यिनीहरूको
आगमनबाट नेपालको राजधानी एकाएक बडो गुल्जार र 'कस्मोपोलिटन' देखिन
लागेको छ।
त्यसमाथि सुनिन्छ, छिटै राष्ट्रसंघका सात सय सैनिक'गैरसैनिक
कर्मचारीहरूका फौजको काठमाडाँैमा अवतरण हुँदैछ। शान्तिलाई उम्कन नसक्ने
गरी बाँध'छाँद गरेर राख्न र नेपालीहरूलाई गडा नगरी मिलेर बस्न सिकाउन
त्यो फौज यहाँ आउँदैछ।
उनीहरू आउनाले दुई'तीन रोपनी एरिया ओगटेर बसेका बङ्गलाहरूको
माग ह्वात्तै बढ्नेछ। महँगा ˆल्याट, एपार्टमेन्ट र होटेलका स्वीटहरू
भरिने छन्। आयातीत सामानहरूको खपत बढ्नेछ। पाँचतारे होटेलका साथै सबैतिरका
बार, रेष्टुराँ, जिम र हेल्थक्लबहरूको व्यापार चुलिनेछ। भाडाका गाडीदेखि
हवाईजहाज र हेलिकोप्टरको कमाइमा वृद्धि हुनेछ। स्वीमिङ पुल, गल्फ कोर्स
र टेनिसकोर्टमा घुइँचो हुनेछ।
संसारभरि 'नीला टोपीवाला' भनेर चिनिने संयुक्त राष्ट्रको फौजको अै
कति टुकडी आउने हुन्। कति धूलो उडाउने हुन् त्यो हेर्नु छ। यिनीहरू
जहाँ जान्छन् त्यहाँ शान्ति केही भ्रान्तिमा पर्छ। तापनि सबै खाले
बिजनेस भने खूबै चल्छ। बिजनेस चल्नु नै देश चल्नु हो। हामीले खोजेको
त्यही बिजनेस होइन र?
विज्ञेषु किम् अधिकम्?
नेपाली भाषामा लेखेको कुरा काठमाडौँमा बस्ने अङ्ग्रेजी मात्र बुझ्ने
विदेशीहरूका आँखामा के पर्ला र भन्ने लागेको थियो। त्यो होइन रहेछ।
फोहोरा दरबारको बाहिरपट्टि फोटो खिच्न निषेध गरिएकोमा ऋतुराजले गरेको
एउटा टिप्पणीको जवाफमा अमेरिकी दूतावासका अधिकृत श्री पल नेभिलको चिठी
आएको थियो, जसलाई तपाईंहरूले हिमाल को गताङ्कमा पढ्नुभएकै होला। चीलले
आकाशबाट जमिनको तील पनि देख्न सक्छ भन्थे। हो रहेछ! नेपालीमा लेखेको
कुरा पनि नेभिल साहेबको आँखामा पर्यो। नदेखून् पनि किन, चील नै त्यो
देशको चिन्ह छ।
नेभिल साहेबले ऋतुराजले लेखेको कुरा पढिदिनु अति हर्षको विषय हो।
यसको मतलब हो उहाँजस्तै अरू साहेबहरूले पनि हाम्रा लेखोटहरू चाहेमा
पढिदिनुहुन्छ। विदेशी कूटनीतिज्ञ र विशेषज्ञहरूले अङ्ग्रेजी भाषामा
छापिने पत्रपत्रिकालाई मात्र नेपाली प्रेस मान्छन् जस्तो लागेको थियो।
गल्ती सोचिएको रहेछ। भर्नाकुलरमा लेखिएका कुरा पनि उहाँहरूको नजरमा
पर्ने थाहा पाएर ढुक्क लाग्यो। अब त खुलेर वार्तालाप गर्न पाइयो।
त नेभिलजी, फोटो खिच्न नदिने कारण भनी तपाईंले जुन सफाइ दिनुभएको
छ त्यो त दुईचार सिसी हाजमोला खाएर पनि पचाउन गाह्रो छ। स्याटेलाइटबाट
खिचिएको तस्बिरले केही फरक पार्दैन तर सडकबाट बाहिरी पर्खालको तस्बिर
खिच्नाले चाहिँ सुरक्षा खल्बलिन्छ वा सुरक्षामा खतरा आइपर्छ भन्ने
तपाईंको तर्क सुनेर तपाईंकै बिल गेट्स हाँस्नेछन्।
त्यस ठाउँको फोटो खिच्नबाट रोक्ने खास कारण केही होइन तपाईंहरूको
दम्भ हो। सुरक्षा त उम्कने सस्तो बहाना मात्र हो। सुरक्षाको नाम दिएर
तपाईंहरू जेसुकै गर्नुहुन्छ र उम्किरहनुभएको छ। सुरक्षाको नाममै तपाईंहरूले
पानीपोखरीमा दूतावासको मूलद्वारको फुटपाथबाट पैदलयात्रीलाई हिँड्न
रोक्नुभएको छ। कङ्क्रिटका मोटा दुई हात अग्ला लट्ठाहरू गाड्नुभएको
छ। त्यहाँ सदैव हतियारधारी गार्डहरू तैनाथ रहन्छन्। दूतावासको मुखमा
पर्यो भन्दैमा पेटीबाटै मानिसलाई हिँड्न निषेध गर्नु के जायज काम
हो? तपाईंको देशमा हाम्रो दूतावासले त्यसो गर्न सक्ला?
फोटो खिच्न नदिने, फुटपाथमा हिँड्न रोक्ने यो काम नेभिलजी, तपाईंको
दादागिरी हो। दादागिरी भनेको तुलसी गिरी नठान्नुहोला। गान्धीगिरी भन्ने
त सुन्नुभएको होला। हो त्यसको ठीक उल्टो हो दादागिरी। तपाईंको दादागिरीबारे
धेरै नेपालीलाई ज्ञानै छैन। किनभने उनीहरू अज्ञानी छन्, निरीह छन्।
जान्ने सुन्ने भइटोपलेकाहरू डरले चूँ बोल्दैनन्। डीभीको चिट्ठा परेर
पनि भिसा चाहिँ नपाइएला भन्ने डर उनीहरूलाई छ। अथवा छोराछोरीलाई अमेरिका
भेट्न जान खोज्दा भिसा आवेदन अस्वीकृत होला भन्ने डर छ।
तपाईंहरू अभेद्य पर्खाल लगाएर, फलामे ढोकाभित्र थुनिएर आफूलाई सुरक्षित
रहेको ठान्नुहुन्छ। तपाईंहरू जसप्रति पनि शङ्कालु दृष्टि राख्नुहुन्छ।
तर तपाईंहरू आˆनै देशभित्र पनि किञ्चित् सुरक्षित हुनुहुन्न। भर्जिनिया
विश्वविद्यालयभित्रको गोलीकाण्ड ताजै छ र यो यस्तो किसिमको पहिलो घटना
होइन। क्रिकेटको ब्याट र बिस्कुटको पुरिया जसरी पसलबाट बन्दुक किन्न
पाइने देशमा गोली नचलेर के चल्ने? वास्तवमा तपाईंको समाजमा हिंसा व्याप्त
छ। त्यसैले तपाईंहरू अरूबाट खतरा देख्नुहुन्छ। तपाईंहरू आˆनै छायाँबाट
समेत डराउन थाल्नुभएको छ। तपाईंहरूको दुश्मन तपाईंहरूको दम्भ र हेपाहा
ताल हो। क्यामेराको लेन्स होइन। धेरै िँो के लगाउँ्क, तपाईं आफैँ जानिफकार
हुनुहुन्छ। विज्ञेषु किम् अधिकम्? |