रमझम
झ्न् व्यस्त
 |
| तस्बिरः अनुप प्रकाशे |
नायिका अरुणिमा लम्सालका लागि बिहेपछि चलचित्र क्षेत्र
मजैले फापेको छ। दुई वर्षअघि बिहे गरेपछि नै व्यस्त भएकी छन्, उनी।
पहिले नायिकाहरू बिहे गरेपछि अभिनय गर्न छाडेर गृहिणीका रूपमा घरमै
सीमित हुन्थे, अहिले त्यस्तो छैन। अरुणिमा भन्छिन्, “बिहेअघि मैले
पाँच चलचित्रमा मात्रै काम गरेकी थिएँ अहिले १८ पुगिसक्यो। बिहे गरेर
घरमै निष्त्रि्कय बस्ने सोचाइ पनि थिएन।”
हाल बुबा'आमा, घायल चलचित्रको छायाङ्कनमा व्यस्त अरुणिमालाई
'लभ स्टोरी' भएका चलचित्रमा काम गर्न बढी मनपर्छ। उनले विराटनगरका
अमित अर्यालसँग सात वर्ष लामो 'लभ' पछि 'अरेञ्ज्ड म्यारिज' गरेकी थिइन्।
भन्छिन्, “११ कक्षा पढ्दा उहाँसँग माया बसेको थियो। त्यो प्रेम विवाहमा
परिणत हुन सात वर्ष लाग्यो।” चलचित्रमा देखाइने प्रेम र वास्तविकतामा
कस्तो अन्तर हुन्छ? अनुभवी अरुणिमा भन्छिन्, “फिल्मी टाइपको प्रेम
वास्तविक जीवनमा त हुँदैन। माया'प्रीतिका केही कुरा चाहिँ उस्तै उस्तै
हुने रहेछन्।”
२०५८ सालमा चलचित्र यस्तै रहेछ जिन्दगी बाट अभिनय शुरु
गरेकी उनका अग्निज्वाला, भरोसा, हामी साथीभाइ, कानून, मर्यादा र भोजपुरी
भाषाको सजनवा अनाडी'सजनीया खेलाडी लगायतका चलचित्र प्रदर्शनका क्रममा
छन्। हालसम्मको आˆनो कामबाट सन्तुष्ट अरुणिमा चलचित्र क्षेत्र ग्ल्यामर
र मिडियासँग निकट भएकाले यसको राम्रो'नराम्रो चर्चा धेरै हुने गरेको
बताउँछिन्। भन्छिन्, “राम्रोभन्दा नराम्रा कुरा छापामा आउँदा यो क्षेत्र
बद्नाम जस्तो देखिए पनि वास्तवमा त्यस्तो छैन।” विराटनगरमा जन्मिएर
तीन वर्षको उमेरमा २२ वर्षअघि अभिभावकका साथ काठमाडौँ बसाइँ सरेकी
अरुणिमा चलचित्रकी नायिका नभएकी भए ब्याङ्किङ क्षेत्रमा जागिरे हुने
थिइन्, उनको प्रारम्भिक लक्ष्य यस्तै थियो। आफूलाई पर्दामा हेर्न मन
लागेर अभिनयतिर होमिएकी उनको चाहना बुढेसकालसम्म नै अभिनय गरिरहने
छ। भन्छिन्, “दर्शकले रुचाउञ्जेल नायिका नै बन्ने, उमेर ढल्केपछि अरू
सुहाउँदा भूमिका गर्छु।”
• अनुशील
रमझम
नाटक
देशकै कथाव्यथा
दर्शकसँगै आफ्ना चलचित्र हेरेपछि नेपाली वृत्तचित्र निर्माता/
निर्देशकहरूमा नयाँ उत्साह थपिएको छ।
 |
| किरण पाण्डे |
विगतमा नेपाल प्रज्ञा'प्रतिष्ठानको
पहलमा भइरहेको राष्ट्रिय नाटक महोत्सव अनियमित र विवादित हुन थालेपछि
आरोहणले देशभरिकै नाट्यकर्मीहरूको जमघट जुटाएर त्यसको बिँडो थाम्ने
हिम्मत देखाएको छ। र, त्यहाँ द्वन्द्वको पीडा र असर, अनि शहीदका कथाव्यथाहरूले
नै बढी महव पाएका छन्।
२ वैशाखबाट शुरु भएको आरोहण राष्ट्रिय नाटक महोत्सव २०६४ का अवसरमा
काठमाडौँको पुरानो बानेश्वरस्थित सम तथा रिमाल नाटकघरमा अहिले नाट्यमेला
नै लागेको छ।आरोहण नाट्य समूहले यसअघि २०४६ र २०४७ सालमा आरोहण राष्ट्रिय
नाटक मेला का रूपमा यसरी नै रङ्गकर्मीहरूको जमघट गरेको थियो। तर, त्यो
बेलाको आयोजनासँग अहिलेको महोत्सवको तुलनै गर्न नसकिने आरोहणका निर्देशक
सुनिल पोखरेल बताउँछन्। भन्छन्, “सहभागिता, स्तरीयता र आयोजनाका हिसाबले
पनि पहिले र अहिलेमा धेरै अन्तर छ।
ुरुकुलको आँगनमा देशभरका रङ्गकर्मी भेला हुने अवसर पनि यो महोत्सवले
दिएको छ।” नेपालको समग्र रङ्गकर्म कहाँ र कस्तो छ भनेर मूल्याङ्कन
गर्न, नाट्य समूहहरूका सोच र शैलीहरू कस्ता छन् भनेर देखाउन अनि राजधानी
र मोफसलका रङ्गकर्मीहरूले एकअर्काको प्रस्तुति हेरेर सिक्न सकुन् भनेरै
महोत्सवको आयोजना गरिएको सुनिलको धारणा छ्। उनी भन्छन्, “आयोजना सोचेभन्दा
राम्रो भइरहेको छ, रङ्गकर्मीहरूले आˆना प्रस्तुतिमा धेरै मिहिनेत गरेको
पाएका छौँ।”
राजधानी बाहिर ापा, मोरङ, धरान, पाँचथर, सर्लाही, उदयपुर, जनकपुर,
भोजपुर, हेटौँडा, चितवन, नवलपरासी, दाङ, नेपालगञ्ज, सुर्खेत, पर्वतसम्मका
२८ नाट्य समूहले महोत्सवमा सहभागिता जनाएका छन्। दुई साताअघि महोत्सवको
उद्घाटन गर्दा संस्कृतिविद् सत्यमोहन जोशीलेे सांस्कृतिक परम्परालाई
जीवन्तता दिन र यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न महोत्सवले सहयोग
गर्ने बताएका थिए।
जोशीले भने जस्तै महोत्सवमा प्रस्तुत नाटकहरूले विविध जातीय संस्कृति,
भाषा'संस्कार'परम्परालाई समेत अँगालेका छन्। सामाजिक विकृति, द्वन्द्वको
पीडा र असर, शहीदका कथा र साहित्यिक कृतिहरू पनि महोत्सवमा मञ्चन भइरहेका
छन्। दैनिक दुई नाटक प्रदर्शनको यो क्रम २८ वैशाखसम्म चल्नेछ, जसमा
४५० रङ्गकर्मी प्रत्यक्ष संलग्न रहनेछन्। नाटकको मञ्चनसँगै हरेक दिन
रङ्गकर्मी र दर्शकहरूबीच नाटकका बारेमा छलफल र अन्तरक्रियाहरू समेत
भइरहेका छन्। यसलाई नेपाली रङ्गकर्ममा भित्रिएको नयाँ र सार्थक आयाम
मानिदैछ।
• अनुशील
श्रेष्ठ
नाटकमाथि चित्र
सर्वनाम
नाट्यसमूहले सुदूरपश्चिमबाट नवीन शैलीको नाट्ययात्रा शुरु गरेको छ।
७ वैशाख २०६४ मा धनगढीमा इतिहासको बाँकी पृष्ठ मञ्चन गर्दा सर्वनामले
नाटकमा भिडियो प्रविधिकोे प्रयोग गर्यो। विदेशमा सामान्य बनिसकेको
नाटकमा भिडियोग्राफीको उपयोग नेपालमा सर्वनामले पहिलोपल्ट गरिरहेको
थियो। नाटकका लेखक, निर्देशक अशेष मल्लले भने, “अब पनि प्रविधिको प्रयोग
नगर्ने हो भने नेपाली नाटक एक्लिन सक्छ। त्यसैले आधुनिक र परम्परागत
शैलीलाई एकै ठाउँमा प्रयोग गरेका हौ।” भिडियोग्राफीको प्रयोगले नाटकलाई
थप आकर्षक बनाउने उनले बताए।
लोकतन्त्र र शान्ति स्थापनाका लागि धेरै नेपालीले छातीमा
गोली थापे, कति सडकमा ढले, तर जनआन्दोलन'२ को सफलतापछि पनि अशान्ति
रोकिएको छैन। जाति, क्षेत्र र भाषाका नाममा अशान्तिको थप आगो दन्किएको
छ। यसले शहीदहरूको अवमूल्यन गरिरहेको त छैन? यस्तै चिन्ता बोकेको इतिहासको
बाँकी पृष्ठ मा 'ˆल्यासब्याक' देखाउन भिडियोग्राफीको प्रयोग गरिएको
छ।
नाटक प्रदर्शनपछि धनगढीका पाँच र काठमाडौंका दुई कलाकारले
नाटकको भावना समेटेर चित्र कोरेका थिए, जसलाई प्रदर्शनीमा राखिएको
थियो। सोही क्रममा धनगढी आइपुगेका वरिष्ठ कलाकार उत्तम नेपालीले नाटक
र चित्रकलालाई सँगसँगै लैजाने प्रयास सार्थक भएको बताए। निर्देशक मल्लका
अनुसार देशभरि नाटक प्रदर्शनपछि राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट
चित्र कोर्न लगाइने र ती सवै काठमाडौं लगेर प्रदर्शनी गरिने अनि नाट्ययात्रालाई
पोखरा, धरान, नारायणगढ हुँदै काठमाडौ पुर्याइने योजना छ।
•
कर्ण शाह, धनगढी
रमम वार्ता
“नया“ पुस्ताले गीतले चिन्लान्”
 |
| गायक दीप श्रेष |
“म पत्थरको देवता हैन...,
बितेका कुराले...,
भन्थिन् मेरी उनी...,
मेरो आँखामा...,
ीरमा उनिनु त्यो एउटा कुरा...,
हर रात सपनीमा ऐंठन हुन्छ...”
जस्ता दर्जनौँ कालजयी गीतका गायक, सङ्गीतकार दीप श्रेष्ठलाई आउँदो
जेठमा हुने इमेज म्युजिक अवार्डस, २०६४ मा 'लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट
सम्मान गरिँदैछ। साङ्गीतिक क्षेत्रमा पैतीस वर्ष लामो निरन्तरताका
निम्ति यो अवार्ड पाउन लागेका श्रेष्ठ सम्मानका कुरा आउनासाथ पुराना
कुरा सम्न रुचाउँछन्। उनी भन्छन्, “त्यतिबेला गीत गाउँदा पैसा पाइने
र रेकर्ड गरेर बजारमा बेच्ने अवस्था थिएन। सङ्गीतको बजार सानो थियो।
अहिले जस्तो जताततै स्टुडियोहरू थिएनन्, आधुनिक प्रविधि पनि भित्रिइसकका
थिएनन्। रेडियो नेपालमा गएर गीत रेकर्ड गराउनु पर्थ्यो या रत्न रेकर्डिङ
संस्थानमार्फत बजार पुर्याउनु पर्थ्याे। म धरानको मान्छे, गीत रेकर्ड
गर्न काठमाडाँै धाउँदाका रोचक अनुभवहरू थुप्रै छन् मसँग।”
अहिले नि?
पुराना सङ्गीतकर्मीहरूले आ'आˆनो ढङ्गले योगदान दिइरहेकै छन्। नयाँ
पुस्तालेे एक किसिमको साङ्गीतिक क्रान्ति नै ल्याइरहेको छ। 'मोर्डन
कम्पोजिसन' मात्र मन पराउने जमात पनि छन् यहाँ। तर पछि गएरती जमातले
पनि हामीले गाएका गीत, सङ्गीत नै गुन्गुनाउनेछन्। यो हाम्रो पुस्ताको
दाबी हो।
पुराना स्रष्टा र नयाँ श्रोताबीच
दूरी किन त?
हाम्रो गाउने तरिका, शैली पुरानै छ। अ मािएर कठिन हुँदैछ। तर अहिलेका
आम श्रोता सरल शब्द, सङ्गीत रुचाउँछन्। हाम्रै मात्र गीत सुन्ने एउटा
जमात पनि छ। दुःखलाग्दो कुरा, त्यो जमात अलि 'लोसे' छ। त्यो जमातमा
फलानाले कस्तो गीत गाएछ भनी अल्बम किनेर सुन्ने चाहिँ कमै छन् जस्तो
लाग्छ।
यो स्थितिमा भावी पुस्ताले तपाईँका
गीत कत्तिको सुन्लान्?
सुन्छन्। मैले गाएका “बितेका कुराले...”, 'मेरो आँखामा...' अै पनि
उस्तै लोकप्रिय छन्। नयाँ पुस्ताले मलाई नामभन्दा बढी गीतबाट चिन्छन्
जस्तो लाग्छ।
नयाँ पुस्तालाई तान्न नयाँ शैलीका
गीत गाउने योजना छ कि!
त्यसका लागि धेरै तल रेर 'कम्पोज' र अति सस्ता शब्दहरू प्रयोग गर्नुपर्ने
हुन्छ। म त्यसो गर्न सक्तिन तर आधुनिक सङ्गीतलाई आधार मानी नयाँ शैलीमा
केही स्तरीय गीत तयार गर्न सकिन्छ।
सीमापार लगनगा“ठो
नेपाली उद्योगपति विनोद चौधरीका छोरा निर्वाण चौधरीको भारतीय उद्योगपति
अशोक मित्तलकी छोरी स्वस्तिका साथ भारतको गोवामा ५'७ वैशाखमा विवाह
सम्पन्न भएको छ। स्टिल उद्योगपति घरानाकी स्वस्ति र निर्वाणबीच बेलायतको
लण्डनमा पहिलो भेट भएयता सम्बन्ध विकसित भएको थियो।
|