हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“मैले सडक विभागमा गएर कर्मचारीहरूलाई ६० प्रतिशत कमिसन खानुहुन्थ्यो, अब त्यसलाई ३० प्रतिशतमा ार्नुपर्छ भनेकी छु।”

हिसिला यमी
निर्माण तथा भौतिक योजना मन्त्री
देशान्तर साप्ताहिक, ९ वैशाख २०६४


अङ्क र अर्थ

२४६ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका तर आˆनै स्रोत'साधनबाट सञ्चालित पब्लिक क्याम्पस।

१३४ जना गत वर्ष लोकतन्त्र स्थापना भएयता मारिने नेपाली। यीमध्ये राज्यद्वारा ६१, माओवादीद्वारा ४६ र रौतहटको गौरमा २७ जना मारिएका थिए।

६३ निर्वाचन आयोगले दलदर्ताका निम्ति तोकेको अन्तिम मिति १४ वैशाखसम्ममा आयोगमा दर्ता भएका दल।

स्रोतः कान्तिपुर दैनिक/इन्सेक/निर्वाचन अयोग


हिँड्दा-हिँड्दै

व्यवस्थापिका'संसदका २२ मध्ये २१ वटा समितिले सभापति चयन गर्न अै सकेका छैनन्। तर सार्वजनिक लेखा समितिको सभापतिमा संसदमा दुई सदस्य भएको नेकपा (एकीकृत) का परि थापा निर्विरोध चुनिएका छन्। उनी भन्छन्, “यो सम्मानलाई मैले सकारात्मक रूपमा लिएको छु।”

लेखा समितिको सभापतिमा तपाइँ नै किन?
यो समितिको सभापति संसदको असल विपक्षीलाई दिने प्रचलनअनुसार हाम्रो पार्टीलाई सरकारमा रहेका सबै पार्टीले यो पद लिन 'अफर' गरेपछि म सर्वसम्मत भएँ। यसअघि १० वर्ष लेखा समितिको सदस्य, एक वर्ष राजस्व चुहावट छानबिन गर्न गठित संयुक्त संसदीय समितिको सभापतिलगायत नगरकोट र बेलबारी हत्याकाण्ड छानबिन गर्न गठित समितिको संयोजकको अनुभवले पनि मलाई यो पदमा पुर्‍याउन सहयोग गरेको ठानेको छु।

तपाइँको नेतृत्वको लेखा समितिले अब के गर्छ?
सार्वजनिक लेखा हेर्ने र महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रुप दिने यसको जिम्मेवारी भएकोले यसतर्फ नै हामी अगाडि बढ्छौँ।

यो समितिले त आर्थिक अनियमितता पनि हेर्छ हैन र?
हो, यो समितिले सार्वजनिक रूपमा भए/गरेका आर्थिक हिनामिना र बेरुजुबारे पनि केलाउँछ। किनकि सरकारी कार्यालय, संस्थान र समिति तथा कोषहरू सबैतिर अनियमितता नै अनियमितता छ। रु.१ खर्ब २७ अर्ब राज्यको लगानी रहेका संस्थानहरुको अवस्था त नै दयनीय छ।

अहिलेसम्म कति वटा बैठक बस्यो र के के गर्‍यो त?
दुई वटा। पहिलो बैठकमा शपथ लिने काम भयो भने दोस्रोमा महालेखा परीक्षकलाई बोलाएर बेरुजुबारे जानकारी लियौँ। बढ्दो बेरुजुबारे छलफल गरियो।