हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

कुटोन्स को नयाँ शो'रुम
पुरुष पहिरनको भारतीय उत्पादक कुटोन्स रिटेल इण्डियाले काठमाडौँको पुतलीसडकमा नयाँ शो'रुम खोलेको छ। भारतमा ६५० वटा शो'रुम सञ्चालन गरेको सो कम्पनीले नेपालमा कुटोन्स ब्राण्डका लिनेन ट्राउजर्स, शर्ट, टी'शर्ट, सूट र ब्लेजर सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ। नेपालमा आˆनो दोस्रो शो'रुम शुरु भएको अवसरमा कम्पनीले ३० प्रतिशत छुट दिने जानकारी पनि दिएको छ।

टाटा एस बजारमा

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एस पिकअप गाडी बजारमा ल्याएको छ। दुई सिलिण्डर, १६ बीएचपी शक्ति र ७०० सीसी इन्जिन क्षमता भएको तथा ३६ हजार किलोमिटर वा एक वर्षको वारेण्टी दिइएको टाटा एस लाई कम्पनीले शहरबजार एवं गाउँघरका सडकमा सामान ढुवानी गर्न उपयुक्त ठहर्‍याएको छ। कम्पनीका अनुसार, भारत र श्रीलङ्कामा ण्डै एक लाखको सङ्ख्यामा बिक्री भइसकेको टाटा एस को मूल्य नेपालमा रु.६ लाख ९० हजार तोकिएको छ।

यामाहाको ग्लाडियटर ब्ल्याक

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्पेयरपार्टस्को अधिकृत बिक्रेता मोरङ अटो वर्क्सले यामाहाको नयाँ मोडल ग्लाडियटर ब्ल्याक बजारमा ल्याएको छ। कम्पनीले जापानी प्रविधिबाट भारतमा निर्मित १२५ सीसीको पाँच गियर भएको यो मोटरसाइकल एक लिटर पेट्रोलमा ७६ किलोमिटर गुड्ने दावी गरेको छ। भीडभाड, शहरी क्षेत्र र खुल्ला राजमार्गमा उपयुक्त हुने जनाइएको ग्लाडियटर ब्ल्याक को बिक्री मूल्य रु.१ लाख २९ हजार राखिएको छ।

यसैबीच मोरङ अटोले काठमाडौँको चाबहिलमा यामाहाको नयाँ शोरुम पनि खोलेको छ। मोरङ अटोले शो'रूममा यामाहाका सबै मोडलका मोटरसाइकलका साथै ज्याकेट, टी'शर्ट, हेलमेटलगायतका सामग्री राख्ने जनाएको छ।

समाजसेवामा यती

व्यावसायिक हवाई कम्पनी यती एयरलाइन्सले सामाजिक दायित्व निर्वाह गर्ने क्रममा विभिन्न क्षेत्रमा सक्रिय चार सामाजिक संस्थालाई रु.२ लाख २२ हजार ९४ का दरले सहयोग प्रदान गरेको छ। कम्पनीले गएको ६ महिनामा बिक्री भएका यात्रु टिकटबाट प्रति टिकट रु.४ को दरले सङ्कलित सो रकम माइती नेपाल, नेपाल कुष्ठरोग निवारण संघ, टेवा र ओसिड नामक संस्थाहरूलाई हस्तान्तरण गरेको जनाएको छ।

वर्ल्डस्पेस नेपालमा

अमेरिकी स्याटलाइट रेडियो कम्पनी वर्ल्डस्पेसले नेपालमा व्यावसायिक सेवा शुरु गरेको छ। यसको प्रबर्द्धक राजन्स् इन्टरप्राइजेजले चौबीसै घण्टा डिजिटल गुणस्तरको ध्वनिका साथ विभिन्न देशका ५० भन्दा बढी सङ्गीत, समाचार तथा अन्य जानकारीमूलक रेडियो स्टेशन सुन्न सकिने यो सेवा नेपालका लागि नौलो भएको जनाएको छ।

माछापुच्छ्रेको पेवा

नयाँ वर्ष २०६४ को अवसर पारेर माछापुच्छ्रे ब्याङ्क लिमिटेडले महिलाहरूलाई लक्षित गर्दै पेवा बचत खाता शुरु गरेको छ। न्यूनतम रु.५०० मा खोल्न सकिने यो खातामा वार्षिक ४ प्रतिशत ब्याज, लकर सेवा शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क एटीएम कार्ड तथा मोबाइल ब्याङ्किङ सेवा प्रदान गर्ने ब्याङ्कले जनाएको छ। आˆनो ब्याङ्किङ सेवा विस्तार गर्दै माछापुच्छ्रेले सिंहदरबार परिसरमा नयाँ एटीएम शाखा पनि खोलेको छ।

किनमेलसँगै गाडीधुलाई

गोल्छा अर्गनाइजेसनको हंसराज हुलासचन्द एण्ड कम्पनीले त्रिपुरेश्वर'स्थित ब्लुबर्ड मलमा 'इजी कारवास' शुरु गरेको छ। ब्लुबर्ड मल आएका गाडीधनीले किनमेलमा लाग्ने समयको सदुपयोग गर्दै यो सेवा प्रयोग गरेर आधुनिक मेशिनबाट आˆनो गाडी धुलाउन सक्ने कम्पनीले जनाएको छ। इजी कारवास हप्ताको सातैदिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

सिटिजन्स ब्याङ्क शुरु

अधिकृत पूँजी रु.२ अर्ब र चुक्ता पूँजी रु.५६ करोडका साथ देशको २० औँ बाणिज्य ब्याङ्कका रूपमा राजधानीमा सिटिजन्स ब्याङ्क इन्टरनेसनलले कारोबार शुरु गरेको छ। 'तपाईंको उन्नतिको सहयात्री' भन्ने नाराका साथ सञ्चालन भएको सो ब्याङ्कले उद्योग, व्यापार, आयात'निर्यात, जलविद्युत् र पूर्वाधार निर्माणमा लगानी गर्ने तथा निक्षेपकर्ताहरूलाई आकर्षक प्रतिफल दिने बताएको छ। ब्याङ्कले आफूकहाँ विभिन्न प्रकारका खाता, रेमिटेन्स सेवा, ट्राभलर्स चेक, लकर सेवा, एटीएम सेवा, इन्टरनेट ब्याङ्किङ र एसएमएस सेवा उपलब्ध भएको जनाएको छ।

जली को 'समर बोनान्जा'

जली पेयपदार्थको उत्पादक गोरखा ब्रुअरीले 'जली समर बोनान्जा' उपभोक्ता योजना शुरु गरेको छ। यस योजनाअन्तर्गत जली लेमोनेड वा जली स्याण्डी को खरिदमा एक प्याकेट शाकालाका बुम चाउचाउ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सेभ्रोलेको एभियो युभा

विजय मोटर्सले सेभ्रोलेको एभियो युभा कार नेपाली बजारमा ल्याएको छ। अमेरिकी कम्पनी जनरल मोटर्सले इटालियन डिजाइनअनुसार निर्माण गरेको ह्याचब्याक कार एभियो युभा को इञ्जिन क्षमता १२ सय सीसी छ। युरोप र अमेरिकामा लोकप्रिय रहेको दाबी गरिएको उक्त कारमा दक्षिण एसियाको सडक सुहाउने गरी सस्पेन्सन र उचाइ फेरबदल गरिएको कम्पनीले जनाएको छ। कार खरिदमा तीन वर्ष वा एक लाख किमि गुड्दासम्म वारेण्टी प्रदान गर्ने पनि बताइएको छ।

वाइवाइ मा भिटामिन ए

चौधरी ग्रुपले वाइवाइ, वाइवाइ क्विक र वाइवाइ टेन्ज चाउचाउमा अतिरिक्त प्रोटिन र क्याल्सियमका साथै 'भिटामिन ए' पनि उपलब्ध भएको जानकारी दिएको छ। कम्पनीका अनुसार, प्रतिग्राम तेलमा हुने ५० आईयू भिटामिन ए को अनुपातमा वाइवाइ मा प्रतिप्याकेट २०० आईयूसम्म भिटामिन ए उपलब्ध छ।

बैंक अफ काठमाण्डूको नयाँ योजना

बैंक अफ काठमाण्डूले १३ वर्ष पुगेको अवसरमा साना उद्यमव्यवसाय तथा ग्रामीण क्षेत्रमा लगानी बढाउने योजना ल्याएको छ। गत आर्थिक वर्षमा रु.४० करोड रहेको आˆनो सञ्चालन मुनाफा यस वर्ष २० प्रतिशतले बढ्ने अपेक्षा गरेको सो ब्याङ्कले सफा टेम्पो महिला चालक, वैकल्पिक ऊर्जा, सामुदायिक वन, पशुपालनमा कर्जा प्रवाहलाई तीब्रता दिनुका साथै विभिन्न सामाजिक दायित्व वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ई'पस का उपकरण

सूचनाप्रविधिको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको परिप्रेक्ष्यमा संयुक्त अरब इमिरेट्सस्थित ई'पस कम्पनीले ब्याङ्क, कर्पोरेट कार्यालय र पसलहरूलाई लक्षित गर्दै विभिन्न इलेक्ट्रोनिक उत्पादन नेपाली बजारमा ल्याएको छ। ई'पस ले अमेरिका, जापान र युरोपेली मुलुकहरूमा समेत सफल बजार बनाएको दावी गर्दै नेपालमा यसको अधिकृत बिक्रेता पशुपति रिटेलर्सले यहाँ पनि राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। ई'पसले पैसा गन्ने, नक्कली नोट पत्ता लगाउने, कार्डबाट सामान खरिद गर्ने, बार कोड छाप्ने र पढ्ने, इलेक्ट्रोनिक परिचयपत्र छाप्ने र पढ्ने लगायतका करिब २५ प्रकारका विद्युतीय सामानहरू निर्माण तथा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ।

ब्ले को बिक्री शुरु

१५ वर्षदेखि निर्माण सामग्रीको व्यापार गर्दै आएको बज्र समूहले अन्तर्राष्ट्रिय ब्राण्डका ब्ले जुत्ता तथा स्यान्डिल निर्माता ब्ले इन्टरनेशनलका उत्पादन बिक्री गर्न शुरु गरेको छ। उक्त कम्पनीसँग पाँच वर्षका निम्ति अनुबन्धित बज्र समूहले त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेण्टरमा 'बज्र एण्ड ब्ले इन्टरनेशनल' को नामबाट कारोबार शुरु गरेको हो। इटालियन डिजाइनमा मलेसियामा उत्पादन गरिएका ब्ले जुत्ताहरू एसियाका १५ मुलुकमा उपलब्ध भएका कम्पनीले जनाएको छ।

फिलिप्स सँग ट्याग हिउर

फिलिप्स इलेक्ट्रोनिक्सको अधिकृत बिक्रेता स्याकार समूहले फिलिप्स प्लाज्मा तथा एलसीडी टिभी वा होम थिएटरको खरिदमा रु.१ लाखसम्म पर्ने ट्याग हिउर घडी उपहार दिने बताएको छ। पाँच वर्षको वारेण्टीसहित शुरु भएको यो विशेष उपहार योजना स्टक रहुञ्जेल सञ्चालन हुने कम्पनीले जनाएको छ।