विशेष रिपोर्ट
आन्दोलन जातीय हुँदैछ
• रामकृष्ण काˆले
पहिचान र अधिकारका लागि मधेशमा आन्दोलन भएको धेरै भएको
छैन। सिङ्गो देशले एक भएर समर्थन गरेको मधेशी समुदायको आन्दोलनले संविधान
संशोधनमार्फत् मुलुकलाई संघीय र सामेली बनाउने औपचारिक निर्णय नै गराइसकेको
छ। तर अहिले मधेश आन्दोलनका प्रवृत्ति फेरिँदै गएका छन्। जनता'जनता
बीचको सुमधुर सम्बन्ध विथोलेर साम्प्रदायिक र जातीय हिंसाको बीउ रोप्न
खोजेको आभास हुन थालेको छ।
विद्रोह मानिसको अधिकार हो। विद्रोह जहिले पनि राज्यसत्तासँग
गरिन्छ। विद्रोहीलाई अन्तर्राष्ट्रिय कानूनले खास अवस्थामा मान्यता
पनि दिन्छ। खास राजनीतिक उद्देश्य, पहिचान, सेना र खास भूगोलमा कब्जा
विद्रोहीका पहिचान हुन्। सत्ता प्राप्तिको विद्रोह हो भने राज्यको
भौगोलिक अखण्डताको समेत सम्मान हुन्छ। अलगावको विद्रोहमा राज्यसँग
छुट्टिने समेत दाबी हुन्छ। तर अहिले विद्रोहमा संलग्न भएका भनिएका
मधेशी जनअधिकार फोरमलगायत तराईमा देखिएका अलग'अलग नामका संस्थाहरूको
काममा समानता छ। यो वा त्यो कोणबाट उनीहरू पहाडिया मूलका वासिन्दाको
विरोधमा लागेका छन्। अब प्रश्न उठाउनुपर्ने भएको छ' उनीहरूको विद्रोह
राज्यसँग हो वा टोल छिमेकसँग?
स्वतन्त्रता मानिसको सर्वोच्च र नैसर्गिक अधिकार हो।
आजको विश्वले कुनै खास वाद भन्दा पनि शान्ति, समृद्धि र स्वतन्त्रतालाई
महव दिइरहेको यथार्थ हाम्रा अगाडि छ। मधेशी जनताले अगुवाई गरेको विगतको
आन्दोलन आˆनो पहिचान, स्वाभिमान र स्वतन्त्रताका लागि भएको थियो। तर
अहिले आएर मधेशमा कुनै समुदायका विरुद्ध कसैलाई भड्काउने काम किन थालिएको
छ? के मधेशमा बसेका रैथाने वा त्यहाँको सरकारी कार्यालयमा काम गरिरहेका
पहाडे कर्मचारीको समर्थन बिना मधेशको आन्दोलनले हिजो त्यति सफलता प्राप्त
गर्न सक्थ्यो? 'यति दिनभित्र पहाडे मूलका कर्मचारी, बुद्धिजीवी, व्यवसायी
तराई छोड नत्र भौतिक कारबाही हुन्छ' भनेर सूचना टाँस्ने काम कसको इशारामा
किन भइरहेको छ? पहाडेमूलका मानिस तराईमा मारिनु, लुटिनु, लखेटिनु यो
जातीय घृणाको बीजारोपण नभएर के हो?
विद्रोही भनिएका कतिपय गुटबाट आफूलाई नेपाली नभएको
र मधेश नेपाल नभएको तर्क पेश गर्ने काम पनि भइरहेको छ। प्रमुख पार्टीका
नेतागण, बुद्धिजीवी, पत्रकार, मानवअधिकारकर्मी सबैले मधेशका माग जायज
भनेका छन्। तर आजसम्म पनि मधेशको माग यो हो र त्यो मागको अगुवाई गर्ने
यो चाहिँ त्यहाँको आधिकारिक समूह हो भनेर कसैले पनि खुट्याउन सक्ने
अवस्था छैन। आयोजक र माग दुवै अस्पष्ट भएको अवस्थामा पनि भोट कुम्ल्याउन
अँध्यारोमा ढुङ्गा हान्ने फोहोरी राजनीतिक चालले मधेशमा राजनीतिक विद्रोहको
खोल ओढेर आपराधिक चलखेल बढ्दै गएको छ। अपराधको राजनीतिकरण हुन थालेको
छ। तराई मूलका काठमाडाँैमा बसेका कतिपय बुद्धिजीवीले पनि यहाँ दार्शनिक
कुरा गरेर समर्थन जुटाउने र तराई रेपछि अपराधी गुटलाई उकास्ने दोहोरो
चरित्र देखाइरहेको पाउँदा दुःख लाग्नु स्वाभाविक हो। विद्रोही भनिएकाबाट
यसबीचमा हत्या, लुट, धम्की दिइएका पहाडे मूलका व्यक्ति र परिवारलाई
कसैले सहानुभूतिसम्म दिइरहेको छैन।
(बाराका अधिवक्ता काˆले अहिले राजधानीमा विस्थापित
छन्।)
|