| •
ऋतुराज |
 |
ऋतुविचार
जोगीको
घरमा सन्न्यासी पाहुना
'सार्क' अर्थात् दक्षिण एसियाका सातओटा देशहरूको सङ्गठन
जन्मिँदा यसलाई धेरै जानिफकारहरूले 'गरिबहरूको क्लब' भन्ने संज्ञा
दिएका थिए। हुन पनि हो, सबै तन्नमै तन्नम। सबै गरिबीको असाध्ये रोगबाट
ग्रस्त।
अरूले खिज्याए पनि 'सार्क' भन्ने सङ्गठन जन्मियो। सुरुसुरुमा
त निकै फूर्तिसाथ यसको 'शिखर सम्मेलन' हुने गर्थ्यो। पछिपछि त शिखरपुरुष
र महिलाहरू पनि फेरिँदै गए। पहिलेको फूर्तिफार्ति पनि सेलाउँदै गयो।
खुला व्यापार, निर्वाध आवागमन, आपसी सहयोग, साा अर्थतन्त्र
र साा भविष्यको कुरा गरी टोपल्छन् शिखर सम्मेलन हुँदा। त्यो सकिएपछि
सबै थोक हावा। अरू के कुरा गर्ने, भुटानले नेपाली भनेपछि भिसा नै दिँदैन
सरकारी काममा जाने कर्मचारीलाई बाहेक। भारतले निर्यात गर्न नदिएर हेटौँडामा
खडा भएको फोटोग्राफी सरसामान उत्पादन गर्ने उद्योग नै बन्द भयो। यस्तो
छ आपसी सहयोग र साा व्यापारको हालत!
भारत, पाकिस्तान वा बाङ्लादेशमा जाँदा कतै पनि जनसाधारणलाई
'सार्क' को अस्तित्वबारे हेक्का रहेको भान हुँदैन। नेपालमा मात्रै
हो सरकारले सार्क राष्ट्रका नागरिकलाई भिसा निःशुल्क वा ठाउँठाउँमा
छुट्टै प्रवेशशुल्क तोक्ने गरेको। नेपाली जनतालाई पनि 'सार्क' रहेको
अनुभव बेलाबखत केशरमहल छेउको त्यसको मुख्यालय अघिल्तिर भुटानी शरणार्थीहरूले
धर्ना दिँदा मात्र थाहा हुन्छ।
सात राष्ट्रबीच नै यस्तो खालको 'निकट सम्बन्ध' र सहयोग
भइरहेको अवस्थामा यसपालि सार्क क्लबमा अफगानिस्तान पनि थपियो। हिन्दी
फिल्म 'सोले' का दुवै हात काटिएका ठाकुर जस्ता भेषका कारजाई आफैँ तालिवान
विद्रोहीहरूलाई कज्याउन नसकेर बिलखबन्द छन्। अफगानिस्तान गएर आउनेहरू
भन्छन् भेन्टिलेटरमा राखिएको बिरामी जस्तो छ त्यो देश— अमेरिका र पश्चिमी
मुलुकको अक्सिजनमा बाँचेको। 'जोगीको घरमा सन्न्यासी पाहुना' भनेको
यही त होला नि! अफगानिस्तानलाई के पो होला सार्कमा पस्नाले?
मोबाइलका लागि लाइन
दोस्रो विश्वयुद्ध चर्किएको थियो। हिटलरको नाजी फौजले
युरोपका धेरै देशलाई पेलेर लगेको थियो। सोभियत सङ्घको निकै भित्र पुगिसकेको
थियो। ब्रिटेन, अमेरिका र सोभियत सङ्घको नाजी जर्मनी विरुद्ध मितेरी
गठबन्धन बनिसकेको थियो तर 'दोस्रो मोर्चा' भने खुलिसकेको थिएन। चर्चिल
मस्को आएका थिए स्टालिनसित वार्ता गर्न। मस्कोको सडकमा ठाउँठाउँमा
मानिसको लामा'लामा ताँती लागेको थियो। रासनका लागि मानिसको धुइरो लागेको
चर्चिलले ठाने। उनले के यो लाइन रोटीका लागि लागेको हो भनी सोधे।
जवाफमा उनलाई बताइयो— 'यो लाइन आइसक्रिमका लागि लागेको
हो महामहिमज्यू।' त्यो डिसेम्बरको महिना थियो र मस्को हिउँले पुरिएको
थियो। त्यस्तो समयमा पनि आइसक्रिम खाने र त्यसका लागि लाइन बस्न कस्सिने
रूसीहरूको स्वभाव देखेर चर्चिललाई रूसीहरूले हिटलरको आक्रमण थेग्न
सक्छन् भन्ने लाग्यो 'रे। अनि उनी 'दोस्रो मोर्चा' खोल्न सहमत भएका
थिए 'रे। यो कथा हो द्वितीय विश्वयुद्ध ताकाको।
न्डै न्डै त्यही कथालाई सम्ाउने दृश्य उपस्थित भएको
थियो गएको हप्ता नेपाल टेलिकमले बाँड्ने प्रिपेड मोबाइल फोन लिनलाई।
चैतको प्रचण्ड घाममा मानिसको ताँती थियो कोसौँ लामो। दसौँ ठाउँमा त्यतिकै
लामो लाइन हजारौँको। केका लागि भन्दा मोबाइल फोन पाउनका लागि। पेट्रोलका
लागि लाइन लाग्ने गरेको छ यता आएर। त्यो पनि त्यति लामो र त्यति ठूलो
सङ्ख्यामा होइन। चामलका लागि लाइन असम्म बस्नुपरेको छैन र शायद कोही
त्यसरी बस्दैनन् पनि होला।
मोबाइल टेलिफोन भएकाले मात्रै त्यसरी लाइनमा बसेका हुन्।
पढ्न पाउने, बिरामी हुँदा उपचार पाउने, रोजगार पाउने आदि मौलिक हकहरूभन्दा
वाक् स्वतन्त्रताको हक ठूलो हो जसको पूर्ण उपभोग गर्न चाहन्छन् नेपाली
जनता मोबाइल फोनमा बोलेर। कसैले मोबाइलमा कुरा गर्न पाउने कसैले नपाउने
यो कसरी हुन सक्छ? त्यो नपाउनु भनेको त मानवअधिकारको हनन् हो। सरकारले
नयाँ र पुराना सबै नागरिकहरूलाई पुग्ने गरी मोबाइल फोनको व्यवस्था
गरिहाल्नुपर्छ। जनताले कुरा गर्नलाई मोबाइल फोन नपाउने हो भने यत्रो
बलिदान दिएर ल्याएको लोकतन्त्रको अर्थै के रह्यो र?
बोल्नुहोस् महामहिम बोल्नुहोस्
जेम्स एफ. मोरियार्टी। नेपालका लागि अमेरिकाका राजदूत। बडा मुँहफट
छन्। बोल्न हुने नहुने अनेक कुरा बोली हिँड्छन्। भाषण गर्छन्, अन्तर्वार्ता
दिन्छन्, टिभीमा देखा पर्छन्, वक्तव्य निकाल्छन्, प्रधानमन्त्री, मन्त्री,
पार्टीका नेतालाई घरी'घरी भेट्छन्, केही सीप नलागे अङ्ग्रेजी पत्रिकामा
लेख पनि छपाउँछन्। अरु कूटनीतिज्ञहरू हेरी शायद उनीसित भन्ने कुरा
धेरै भएकोले होला यसो गरेका होलान्। अथवा संसारमा हैकम चलाउने देशको
दूतका हैसियतले उनलाई सबै विषयमा बोलिरहनु पर्छ भन्ने लागेको होला।
६ फिटभन्दा अग्ला मोरियार्टी महोदयलाई एउटा पार्टीमा देखेर एक जना
साहित्यकारले “यो मान्छे हेर्दै कूटनीतिज्ञ देखिन्छ, 'कूट' कुटकुट
भरिएको” भनी टिप्पणी गरेका थिए।
राजाको एकछत्र शासनकालमा यिनी पार्टी र राजा मिल्नुपर्छ भनी हिँड्थे।
सेनाको ब्यारेक ब्यारेक घुम्थे। पोहोर राजनीतिले कोल्टे फेरिसक्दा
पनि 'सेरेमोनियल' भए पनि राजा त राख्नैपर्छ भन्थे। माओवादीलाई संसदमा
हुल्नै हुँदैन, यिनीहरू आतङ्ककारी हुन् भन्थे। सरकारमा त माओवादीलाई
किमार्थ लान हुँदैन भन्ने उनको अडान थियो। तर मोरियार्टी साहेब कराइरहे
पीना सुकिरह्यो।
उनको यस्तो रटानबाट धेरै नेपालीलाई ैँ यस टुँडोबाजलाई पनि रिस उठ्ने
गरेको थियो। किनभने उनले त्यसरी बोलेर नेपाली जनताले निर्णय गर्नुपर्ने
कुरालाई आफू एक्लैले फैसला गर्ने गरेको जस्तो लाग्दथ्यो।
तर अब त उनले यसरी नै बोलिरहुन् भन्ने लाग्न थालेको छ। किनभने उनले
जे बोल्छन् त्यसको ठीक विपरीत यहाँ काम हुन्छ जो नेपालीहरूका लागि
सुखकर विषय हो। अब उनले माओवादीहरूले चलाएको मन्त्रालयलाई अमेरिकाले
सहयोग दिँदैन भनून्। यो सरकार आजै भङ्ग भइहाल्नु पर्छ भनून्। संविधानसभाको
चुनाव हुनै सक्तैन भनून्। अनि त्यसको नतिजा नेपालीले चाहेको जस्तो
हुन्छ।
त्यसैले महामहिम मोरियार्टी बोल्नोस्, खूब बोल्नोस्। आखिर तपाईंलाई
बोल्न कसले पो रोक्न सक्छ र? |