हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट योङ्ग कम्युनिस्ट लिग

हतियार बिनाको सेना

योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को संरचना र पछिल्ला काम कारबाही हेर्दा यो शिविर बाहिर सक्रिय हतियार बिसाएका माओवादी छापामारहरूको लडाकू सङ्गठन हो भन्ने पुष्टि हुन्छ।

हिमाल टीम

किरण पाण्डे

सात चैतमा रौतहटको गौरमा मधेशी जनअधिकार फोरमसँग भिडन्त हुँदा मारिएका २७ माओवादी कार्यकर्ताको विरोधमा राजधानीमा २० चैतमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै माओवादी 'योङ्ग कम्युनिष्ट लिग' का महासचिव दिलीपकुमार प्रजापति 'भीष्म' ले आˆना कार्यकर्तामाथि आक्रमण भइरहे शिविरमा रहेका सात डिभिजन जनमुक्ति सेना र शिविर बाहिर रहेका २१ डिभिजन वाईसीएल कार्यकर्ता चुप नबस्ने चेतावनी दिए। प्रजापतिको यो चेतावनीले सरकारसँगको शान्ति सम्ौतापछि माओवादी सेना अस्थायी शिविरमा बसे पनि माओवादी लडाकू शक्तिको ठूलो भाग अै शिविर बाहिरै रहेको जानकारी दिन्छ। यसबाट माओवादीले सैन्य शिविरमा आˆना धेरैजसो मिलिसियालाई पठाएर लडाकू' छापामारहरूलाई लिगका नाममा शहरबजारमा परिचालन गराइरहेको पुष्टि हुन्छ।

सरकार'माओवादी शान्ति सम्ौता लगत्तै माओवादीले १६ मङ्सिर २०६३ मा गठन गरेको योङ्ग कम्युनिष्ट लिगका २१ डिभिजन छन् भन्ने प्रजापतिको दावीका आधारमा यसमा करिब एक लाख लडाकू सङ्गठित छन् भनेर मान्नुपर्ने हुन्छ (किनभने, माओवादीको डिभिजनस्तरको संरचनामा सामान्यतया पाँच हजार लडाकू रहने गरेका छन्)। तर, लिगका अध्यक्ष गणेशमान पुन 'रश्मि' सोै यस्तो विवरण स्वीकार गर्दैनन्। उनका भनाइमा, लिगको सङ्गठन विस्तार हुने क्रममा रहेकाले कति कार्यकर्ता सङ्गठित छन् भन्ने अहिल्यै यकिन गर्न सकिन्न।

महासचिव प्रजापति पनि लिगको सङ्गठन संरचना सैन्य नभई राजनीतिक भएको भन्न चुक्दैनन्। अन्तरिम विधायिका र अन्तरिम सरकारमा सहभागी भइसक्दा पनि लिगका कार्यकर्ताको आक्रामक व्यवहार जारी रहेकोमा तीब्र आलोचना र विरोध खपिरहेका माओवादी नेताहरू पनि लिगको सङ्गठन संरचना तथा त्यसको नेतृत्वको माओवादी सेनामा रहेको पूर्व हैसियतबारे खुलेर बताउने गरेका छैनन्।
लिगका सबै नेताको माओवादी सेनामा रहेको पूर्व हैसियत प्रस्ट छैन। तर यसको ४५ सदस्यीय केन्द्रीय समितिका सबैजसो सदस्य कुनै बेला जनमुक्ति सेनामा कार्यरत रहेका तथा धेरैजसो राजनीतिक कमिसार रहेका लिगका अध्यक्ष रश्मि स्वयम् स्वीकार्छन्। रश्मिले लिग हिजोका माओवादी छापामारको संस्था हो भन्ने पनि स्वीकार गरेका छन्। उनी भन्छन्, “जनमुक्ति सेनामा काम गरेका तथा राजनीतिक क्षेत्रमा रुचि भएकाहरूलाई सङ्गठित गर्न लिग निर्माण गरिएको हो। यो सङ्गठनमा राजनीतिक र फौजी चरित्रको ˆयुजन छ।” उनका भनाइमा, जनयुद्ध गरेको पार्टीको कुनै पनि सङ्गठनमा यस्तो संयोजन हुनु र सङ्गठनमा राजनीतिक एवं फौजी चरित्रको मिश्रण रहेकाले अभियान वा विशेष कामका बेला कार्यकर्ताहरू सैनिक जस्तै एकैठाउँमा बस्नु र समूहमा हिँड्नु अस्वाभाविक होइन।

लिगका अध्यक्ष रश्मि योङ्ग कम्युनिष्ट लिग गठन हुनुअघिसम्म माओवादी सेनाको चौथो डिभिजन कमाण्डर थिए। लिगको उपाध्यक्ष उमा भुजेल परिवर्तन स्मृति ब्रिगेडकी कमिसार थिइन्, जो अहिले विधायक पनि छिन्। महासचिव दिलीपकुमार प्रजापति बासु स्मृति ब्रिगेडका कमिसार थिए भने कोषाध्यक्ष भगत बडुवाल माओवादी सेनाकै बटालियन कमाण्डर थिए। लिगका केन्द्रीय सदस्यहरू कबहादुर मल्ल प्रताप स्मृति ब्रिगेड अन्तर्गत ११ औँ बटालियन कमाण्डर, चन्द्रबहादुर थापा मगर 'सागर' दिनेश—रामजी स्मृति ब्रिगेड कमाण्डर, सावित्री गुरुङ ब्रिगेड सहायक कमाण्डर, लीला शर्मा बटालियन कमाण्डर र जुनकुमारी रोका जीत स्मृति ब्रिगेडको कार्यालयमा थिए। सागर अहिले लिगको काठमाडौँ उपत्यका इन्चार्ज छन् भने सावित्री गुरुङ अन्तरिम विधायक पनि छिन्।

नेताहरूले खुलेर भन्न नचाहे पनि लिगको सङ्गठन संरचना सैनिक प्रकृतिको छ। लिगका कार्यकर्ताहरूले अनौपचारिक रूपमा दिएको जानकारीअनुसार यसको सैनिक संरचना केन्द्रीय, क्षेत्रीय, उपत्यका, जिल्ला, निर्वाचन, नगर र गाउँ समिति इन्चार्जको कमाण्डमा क्रियाशील रहन्छ। ठूला शहरमा कम्पनी र प्लाटुनस्तरको संरचना एकैठाउँ अर्थात् अस्थायी ब्यारेकहरूमा बस्छ। माओवादी सेनामा रहेका एक डिभिजन अर्थात् करिब पाँच हजार जना अहिले लिगमा रहेको बताउँदै एक कार्यकर्ता भन्छन्, “लिगमा नयाँ भर्ना भएकाहरू सबैले सैन्य तालिम नपाएका तथा उनीहरू सबैलाई सैन्य संरचनामा नराखिएकाले उनीहरू पेशेवर पनि छैनन् तथा एकैठाउँमा पनि बस्दैनन्।” उनको भनाइमा, लिगका नयाँ कार्यकर्ताहरू पनि अभियान वा विशेष कार्यक्रममा लिगका पुराना कार्यकर्ता जसरी नै सैनिक संरचनामा हिँड्छन् र बस्छन्। माओवादीले आˆना सबै जनवर्गीय सङ्गठनमा पनि लिगका शाखा खोलेको छ। विद्यार्थी, मजदुर, किसान, महिला लगायत जनवर्गीय सङ्गठनका लडाकू कार्यकर्ताहरू लिगको शाखामा रहन्छन्। ती कार्यकर्ताहरू जनवर्गीय सङ्गठनको अनुमतिबिना लिगको नेतृत्वको निर्देशनमा परिचालित हुन्छन्।

सरकार, विधायिका र शान्तिवार्तालाई पनि जनयुद्धको मोर्चा भन्दै आएको माओवादीले आवश्यक परे नयाँ सङ्गठन लिग पनि विद्रोह गर्ने साधन बन्ने बताउँदै आएको छ। उसले लिगलाई त्यसैअनुसार विशेष महव दिएको पनि देखिन्छ। लिगको ईन्चार्ज अध्यक्ष प्रचण्ड आफैँ रहनु त्यसको प्रमाण हो। प्रचण्डलगायतका बरिष्ठ नेताहरू लिगबाहेक माओवादीको अरू कुनै जनवर्गीय सङ्गठनको ईन्चार्ज छैनन्। अ, १९ र २० माघमा राजधानीमा भएको लिगको राष्ट्रिय भेलामा माओवादी नेताहरूले व्यक्त गरेको भनाइले त लिगलाई उनले दिएको महवलाई नै स्पष्ट पारेको छ। माओवादी सैन्य योजनाकार मानिने रामबहादुर थापा 'बादल' ले भेलामा भनेका थिए, “षड्यन्त्रहरू भएमा लिगले निर्णायक विद्रोहको निम्ति महवपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ र गर्नेछ।” माओवादी सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन 'पासाङ' ले यो सङ्गठनलाई “सेनाको भ्रूणको रूपमा विकास हुने क्रममा जनमुक्ति सेना हुँदै क्रमभङ्गतामा युवा लिगको रूपमा निर्माण भएको” बताएका थिए।

लिगलाई माओवादीले सुरक्षा निकायलाई जस्तै आˆना कार्यक्रमहरूको सुरक्षा र व्यवस्थापन गर्ने जिम्मेवारी दिनुले पनि यो हतियारबिनाको सैन्य सङ्गठन भएको पुष्टि हुन्छ। गएको फागुनका तीन साता मुलुकका विभिन्न शहरमा प्रचण्डले सम्बोधन गरेका सभाको सुरक्षा र व्यवस्थापनको जिम्मा लिगले नै लिएको थियो। तराईका विभिन्न ठाउँमा मधेशी जनअधिकार फोरम र नारायणघाटमा जनजाति महासंघका कार्यकर्तासँग भिडन्त पनि गरेको थियो। ७ चैतमा रौतहटको गौरमा मधेशी जनअधिकार फोरमको आक्रमण व्यहोर्नेमा अधिकांश लिगकै कार्यकर्ता थिए। त्यहाँ मारिएका र घाइते भएका अधिकांश बाहिरी जिल्लाका रहनुले उनीहरू लिगका पेशेवर कार्यकर्ता थिए भन्ने देखिन्छ।
माओवादीले लिगलाई पार्टीको राजनीतिक प्रभाव विस्तार गर्ने साधनका रूपमा पनि प्रयोग गरिरहेको छ। यसअनुसार, काठमाडौँ उपत्यकामा कहिलेकाहीँ वृक्षरोपण गर्ने, सडक मिचेर बनाइएका घरटहरा भत्काउने, फोहोर सफा गर्ने, ट्राफिक व्यवस्थापन गर्नेजस्ता काममा लिगका कार्यकर्ता खटिएका छन्। उपत्यकामा चलाइएको 'हरियाली अभियान' अन्तर्गत करिब चार सय रूख रोपिएको लिगका काठमाडौँ उपत्यका ईन्चार्ज सागर बताउँछन्। काठमाडौँको कालीमाटी सोल्टीमोडदेखि कलङ्कीसम्म सडक मिचेर बनाइएका घरटहरा पनि यही अभियान अन्तर्गत लिगका कार्यकर्ताले भत्काएका छन्। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित अहिले प्रजापरिषद त्यागी लिगको यो अभियानमा साथ दिँदै छन्।

अभियानमा संलग्न रहेका लिगका कार्यकर्ताहरू बालाजु औद्योगिक क्षेत्र, गोङ्गबु, भक्तपुरको ठिमीलगायतका क्षेत्रमा समूहमा बस्दै आएका छन्। उनीहरू त्यहाँ कारखाना र व्यक्तिका घरहरूमा बसिरहेका छन्। लिगका नेता/कार्यकर्ताले कारखाना र घरका मालिकहरूको स्वीकृति र सहमतिमै बस्दै आएको बताए पनि कारखाना र घरमालिकहरू भने जबरजस्ती कब्जा गरिएको बताउँछन्। यद्यपि, घर र कारखाना जबरजस्ती कब्जा गरिएको विरोधमा उपत्यकामै पनि अै कोही सार्वजनिक हुन भने सकिरहेका छैनन्।

२०५२ सालमा जनयुद्ध शुरु हुनुअघिदेखि नै माओवादी र माओवादीको पूर्व रुप एकताकेन्द्रको लडाकू सङ्गठनका रूपमा 'योङ्ग कम्युनिष्ट लिग' क्रियाशील थियो। तर, जनयुद्धपछि लिग लडाकू दल हुँदै सेनामा परिवर्तन भयो। भारत प्रवासमा भने माओवादीले २०६१ सालसम्म लिगलाई क्रियाशील राखेको थियो। रोल्पाको फुन्टिवाङ गाउँमा २०६१ सालमा भएको माओवादी केन्द्रीय समितिको बैठकले 'नेपाली जनअधिकार सुरक्षा समिति' बाहेक सबै जनवर्गीय सङ्गठनहरू विघटन गर्ने निर्णय गरेपछि मात्र भारत प्रवासमा लिगको अस्तित्व समाप्त भएको थियो।