| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“कर्मचारीले काम गर्न सक्ने अवस्था छैन, अपहरणका घटना
रोकिएका छैनन्, यस्तो स्थितिमा कसरी हुन्छ चुनाव?”
भोजराज
पोखरेल
प्रमुख निर्वाचन आयुक्त
नेपाल समाचारपत्र दैनिक, २९ चैत २०६३
अङ्क
र अर्थ
८,३००
हालसम्म नेपालमा सञ्चालित सहकारी संस्था। यीमध्ये १११ सहकारी पैसा
लिएर भागेकोमा ५७ वटा काठमाडौँमा सञ्चालित थिए।
१,२५९ जना नेपालमा
मेडिकल डाक्टरहरूको सङ्ख्या।
७५ लाख लि.
नेपालमा प्रत्येक वर्ष खेर जाने दूधको परिमाण। यसबाट किसानहरूले वार्षिक
रु.१३ करोडको घाटा व्यहोर्नु
परेको छ।
स्रोतः नेटिभि/स्टाटिस्टिकल इअर बुक, २००१/द हिटा
हिँड्दा-हिँड्दै
६ पटकसम्म 'एभरेष्ट म्याराथन' मा भाग लिएर 'गिनिज
बुक' मा नाम लेखाउन सफल जुम्लाका ४५ वर्षीय हरिबहादुर
रोकाया भन्छन्, “मैले सन् १९९९ को आˆनै रेकर्ड सन् २००० मा
तोडेको थिएँ।”
ए, त्यसोभए तपाइँले आफ्नै
रेकर्ड तोड्नुभयो?
हो, सन् १९९९ को मेरो ३ घण्टा ५६ मिनेट १० सेकेण्डको रेकर्ड सन् २०००
मा ३ घण्टा ५० मिनेट २३ सेकेण्ड थियो।
तपाइँसँग यसको प्रमाण?
हाइल्याण्ड शेर्पा नेपाल र इङ्गल्याण्डको बफो भेञ्चर प्रा.लि. ले आयोजना
गरेको सन् २००० को 'एभरेष्ट म्याराथन' मा मलाई 'न्यु रेकर्ड होल्डर'
भनेर प्रमाणपत्र दिइएको छ।
'गिनिज बुक' मा उल्लेख
भएको रेकर्ड त्यही हो?
होइन, त्योभन्दा अघिल्लो हो। त्यसपछिको नयाँ रेकर्ड गिनिज बुकमा उल्लेख
भएको मलाई थाहा छैन।
तर तपाइँले त्यत्रो रेकर्ड
बनाउँदा पनि त्यसको त्यति धेरै चर्चा भएन नि!
म दुर्गम कर्णालीको जुम्लामा बस्छु। प्रचार'प्रसारमा मैले के गर्न
सक्छु र! त्यो त खेलकुद परिषदले गरिदिनुपर्ने हो। गिनिज बुकमा नाम
छ भन्ने कुरा त मैले जुम्लास्थित चन्दननाथ गणका कर सा'ब र मेजर सा'बबाट
थाहा पाएँ। मेरो नाम उल्लिखित गिनिज बुक उहाँहरूले सन् २००५ मा जुम्लामै
दिनुभएको थियो।
तपाइँ
जस्तो धावक राजधानीमा नबसेर जुम्ला बस्दा घाटा त भा' छैन?
घाटा त धेरै भयो नि! मैले देशको लागि केही गरेर देखाएँ। त्यसको खोजी
त राष्ट्रले गर्नुपर्ने हो।
|