जनता
समुदायकै अगुवा
 |
| शब्द/तस्बिरः अमरराज नहर्की |
अठोट थियो'
आर्थिक, सामाजिक, शैक्षिक दृष्टिले निकै पछि रहेको आदिवासी बोटे समुदायमा
शैक्षिक चेतना ल्याउने। र, लक्ष्य थियो' समुदायकै पहिलो शिक्षिका बन्ने।
भर्खरै उनको यो लक्ष्य पूरा भएको छ। तनहुँको व्यास नगरपालिका'५ बैरेनी,
बोटेगाउँकी २२ वर्षीया रमा बोटेले समुदायकै पहिलो शिक्षिका अनि समुदायबाटै
आइएड उत्तीर्ण गर्ने पहिलो महिलाको नयाँ चिनारी बनाएकी छन्। आफूले
प्रवेशिका पास गरेको चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयले जिल्ला
शिक्षा कार्यालयबाट प्राप्त 'राहत कोटा' मा प्राथमिक तहको शिक्षिका
बनाएपछि निकै उत्साहित छिन् रमा। “खुसी छु,” जनसङ्ख्या विषय लिएर बीएड
प्रथम वर्षमा अध्ययनरत् रमाले भनिन्, “आˆनो समुदायलाई माथि उकास्न
शैक्षिक चेतना फैलाउनु नै मेरो प्राथमिकता हो।”
रमाको यो अठोटलाई उनी अध्ययनरत् दमौली कलेजले समेत
साथ दिएको थियो। कलेजले मासिक शुल्क नै मिनाहा गदिदियो र रमाले सकुञ्जेल
पढ्ने अठोट गरिन्। रमा शिक्षिका बनेपछि बालुवामा सुन खोज्ने र माछा
मार्ने पुर्ख्यौली पेशाबाट जीवनयापन गरिरहेका बैरेनीका १०० परिवार
बोटेहरूमा अर्को सकारात्मक सन्देश पुगेको छ। “पढाएकैले रमाले नाम राखिन्,
छोरीहरूलाई पढाउनैपर्ने रहेछ,” छरछिमेकले यस्तो सोच्न थालेपछि रमा
आˆनो अठोट पूरा हुनेमा नै आशावादी बनेकी छन्।
उद्धारक सत्यार्थी
 |
| रामेश्वर बोहरा |
पेशाले उनी
इन्जिनियर थिए, जागिरमा दुईवर्ष पनि मन नथामिएपछि भारतका विभिन्न ठाउँमा
जोखिममा परेका बालबालिकाको उद्धार'यात्रा शुरु गरे। त्यसमा प्राथमिकतामा
थिए' नेपालबाटै भारत पुर्याइएका बालबालिका। सन् १९८० मा शुरु भएको
'बचपन बचाओ आन्दोलन' का मूल अभियन्ता कैलाश सत्यार्थी (५२) ले जोखिममा
परेका हजारौँ बाल'बालिकालाई बर्बादीबाट जोगाएका छन्।
नेपालबाट भारत पुर्याइने बालबालिकाको उद्धारमा उनले
देखाएको चासो र चिन्ताले नेपालीसँग उनको मानवीय साइनो जोडिएको छ। सर्कसमा
यौन'शोषणको शिकार बनेका, वेश्यालय र गलैँचा उद्योगसम्म बेचिएका नेपाली
बालिकाको उद्धारका लागि उनले धेरैपल्ट ज्यानकै जोखिम मोलेका छन्। पटक'पटक
अनशन बसेर सरकारलाई दबाब दिएका छन्। सत्यार्थीले प्रशासनको सहयोग लिई
उत्तरप्रदेशदेखि उडिसासम्मका विभिन्न सर्कसमा छापा मारेर तीन सय नेपाली
बालबालिकालाई घर फर्काएका छन्। त्यसै गरी, बनारसका गलैँचा उद्योगबाट
सात सय र दिल्लीका जरी उद्योगबाट पाँचसय नेपाली बालबालिकाको उद्धार
गरी अभिभावकको जिम्मा लगाएका छन्।
किन लागे त उनी यस्तो अप्ठ्यारो काममा? सत्यार्थी भन्छन्,
“सर्कसदेखि गलैँचा उद्योगसम्मका बालबालिकाको बिजोग देखेर मनले मानेन,
केही गर्ने सोचाइ आयो।” बालबालिका ओसारपसारमा जोखिमपूर्ण मानिएका नेपाल
र भारतका उत्तरप्रदेश, बिहारलगायतका राज्यलाई लक्षित गरी आˆनो अगुवाईमा
भर्खरै सम्पन्न सार्क बालमार्चको उपयोगिता बताउँदै उनी भन्छन्, “जहाँबाट
बालबालिकाको ओसारपसार हुन्छ त्यहीँबाटै यो रोक्ने दबाब दिन मार्चमा
निस्क्यौँ। अभिभावक, समाज र राज्यले चासो नदिएसम्म बर्सेनि यो क्रम
बढिरहन्छ। त्यसका लागि व्यापक जनदबाबकै खाँचो छ।”
|