हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

गन्तव्य

लालीगुराँसको राजधानी

ल्याण्डस्केप, वाइल्डलाइफ, स्पोर्टस्, फेशन, फिचर फोटोग्राफी जस्ता फरक'फरक विधामा विशेषज्ञता हासिल गर्न खोजिरहेको जमातको सक्रियताले समेत देखाउँछ, फोटोग्राफीप्रति नयाँ पुस्ताको मोह।

आलेख/तस्बिर डम्बरकृष्ण श्रेष्ठ

म त लालीगुराँस भएछु,
वनैभरी फुली दिन्छु;

 

हिउँमा गुराँसको तस्बिर खिच्दै एक पर्यटक।

फाट्टफुट्ट रूपमा गुराँस नेपालका धेरै ठाउँमा फुल्छ; तर नारायणगोपालको स्वरमा सजिएको यो सदावहार गीतले भनेजस्तै वनैभरी फुल्ने लालीगुराँसको संरक्षित जङ्गल चाहिँ धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम तीनजुरे'मिल्के'जलजले क्षेत्र (टीएमजे) मा मात्रै छ, जसलाई 'लालीगुराँसको राजधानी' समेत भन्ने गरिन्छ।

धरानबाट भेडेटार, हिलेहुँदै कोशी राजमार्गको पाँच घण्टा लामो बसयात्रामा तेह्रथुमको वसन्तपुर पुगेपछि भेटिन्छ यो 'रातो जङ्गल'। पदयात्राका लागि कञ्चनजङ्घा र मकालु हिमालको आधारशिविरलाई गन्तव्य बनाउने तथा ताप्लेजुङको दोभानबाट तमोर र सप्तकोशीको छालमा र्‍याˆिटङ गर्दै पहाडबाट मधेश र्ने चाहना भएका स्वदेशी'विदेशी पर्यटक तान्न सक्ने प्राकृतिक सौन्दर्य पनि छ यस क्षेत्रसँग।

लालीगुराँसमा हिउँ।

त्यसमाथि हरेक वर्ष ढकमक्क फुल्ने लालीगुराँस, डाँडा'पाखा ढाक्ने सेताम्मे हिउँ, बाटोभरि भेटिने चौँरी'खच्चडको लाम अनि मनोरम पोखरीहरूले समेत सबैको मन जित्छन्। वसन्तपुरअघिका बिसौनी मानिने धरान, धनकुटा, हिलेमा बस्नका लागि थरी'थरीका होटेल छन्। सुकुटी र तोङ्बाका स्वादले समेत आगन्तुकहरूलाई पर्खिरहेका हुन्छन्। चौँरीको छुर्पी र ऐँसेलुको वाइन पनि यहाँका विशिष्ट उत्पादन हुन्।

पूर्वी पहाडको 'टीएमजे' क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो। नेपालमा पाइने ३२ मध्ये २८ भन्दा बढी प्रजातिका गुराँस यहीँ पाइन्छन्। अरू २५० प्रजातिका वनस्पति पाइने क्षेत्रको रूपमा समेत यो भेग कहलिएको छ। सुनसरीको बराहक्षेत्रबाट चीनको तिब्बतसम्म फैलिएको नेपालको सबभन्दा लामो पहाडी शृङ्खलाका रूपमा चिनिने योे क्षेत्र जैविक, सामाजिक र सांस्कृतिक विविधता तथा प्राकृतिक स्रोत र प्राकृतिक सौन्दर्यको खानीका रूपमा पनि रहेको छ।

प्रकृतिका अनुपम उपहारहरूले भरिएको टीएमजे ५५८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यसको उचाइ समुन्द्र सतहबाट १७ सयदेखि ५ हजार मिटर छ। मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र सगरमाथा हिमशृङ्खला समेत देख्न सकिने यो क्षेत्रमा दक्षिण एसियाकै अग्ला रनामध्ये एक ह्यात्तुङ रना पनि छ। त्यस्तै, तीनजुरे र मेन्छ्याम डाँडामा पुगेर सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका साथै अरुण, तमोरजस्ता होचा उपत्यकाको पदयात्राको अलग्गै अनुभव गर्न सकिन्छ। उच्च स्थानमा रहेका सुन्दर गुफापोखरी, लामपोखरी, मार्गापोखरी, बन्दुकेपोखरी, जलजलापोखरी, सभापोखरी, भूतपोखरी, रातपोखरी, चिर्चिलिङपोखरीले त पदयात्रीहरूको थकाइ नै मेटाइदिन्छन्।

गुफापोखरी बजार।

तेह्रथुमका १०, संखुवासभाका सात, ताप्लेजुङका ६ र धनकुटाका दुई गाविस समेटेको टीएमजे क्षेत्रले सामाजिक र सांस्कृतिक पर्यटनको सम्भावना पनि त्यत्तिकै बोकेको छ। पञ्चेबाजा, वालन, सँगिनी, शेर्पा नाच, गुरुङ नाच, चण्डी नाच, धान'च्याब्रुङ नाच, तामाङ सेलो, विुवा ाँक्री नाच, भजन'कीर्तनलगायतका सांस्कृतिक नृत्य तथा गीतहरूको खानी मानिएकोे यो क्षेत्र पूर्वीय लोकसंस्कृतिको आकर्षक थलोका रूपमा समेत परिचित छ।

संरक्षण प्रयास
२०५३ सालमा राष्ट्रिय योजना आयोग, जनसङ्ख्या तथा वातावरण मन्त्रालय र विश्व संरक्षण संघको संयुक्त टोलीले टीएमजे क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। २०५५ सालमा सरकारले यसलाई लालीगुराँस संरक्षण क्षेत्र घोषणा गर्‍यो। नेपाल जैविक विविधता रणनीति कार्यान्वयन योजना २००६'२०१० मा किटान गरिएका १३ प्राथमिक क्षेत्रमध्ये छैटौँ प्राथमिकतामा परेको यस क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख पाँच पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ।

पाउनाको स्वागत : एक शेर्पा युवती।

'काँडेतारले हैन मनको तारले बाँधेर गुराँसको संरक्षण गरौँ' भन्दै स्थानीयवासी गुराँसको जङ्गल जोगाउन लागिपरेका छन्। सामुदायिक वन विकास कार्यक्रमअनुसार ४७ वटा सामुदायिक वन क्षेत्र स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको तीनजुरे'मिल्के'जलजले लालीगुराँस संरक्षण समितिका अध्यक्ष लक्ष्मण तिवारी बताउँछन्। पर्यटकहरूलाई यस क्षेत्रमा आकर्षित गर्न स्थानीयस्तरमा विकास निर्माणका कामहरू भइरहेका छन्। हाल वसन्तपुरसम्म पुगेको यातायातलाई त्यहाँबाट एकातिर खाँदबारी हुँदै किमाथान्कासम्म पुर्‍याउने कोशी राजमार्ग र अर्कोतिर गुफापोखरी हुँदै ताप्लेजुङ लैजाने सडकको निर्माण भइरहेको छ। डा. उदयराज शर्माको संयोजनमा बनेको तीनजुरे'मिल्के'जलजले संरक्षण क्षेत्र कार्यदल, २०६३ ले १६ चैतमा वन तथा भू'संरक्षण मन्त्रालयमा टीएमजेलाई लालीगुराँस संरक्षण क्षेत्रका रूपमा अगाडि बढाउन एक प्रतिवेदन नै बुाएको छ।

यसैबीच 'विराटनगर, धरान, धनकुटा, तेह्रथुम, संखुवासभाहुँदै ताप्लेजुङसम्म, हेर्न जाउँ है गुराँसको राजधानी तीनजुरे मिल्के जलजले डाँडैमा' भन्ने नाराका साथ नेपाल सरकार, नेपाल पर्यटन बोर्डदेखि स्थानीय निकाय, संघ'संस्थाहरूको सहयोगमा ९'१३ वैशाखमा लालीगुराँस महोत्सव २०६४ को आयोजना हुने भएको छ। महोत्सवले यस क्षेत्रको संरक्षण, विकास र प्रचारमा महवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।