हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

सिमानाको जिम्मा सशस्त्रलाई

सीमावर्ती इलाकामा भारतले सशस्त्र सीमा बल (एसएसबी) तैनाथ गरेजस्तै नेपालले सशस्त्र प्रहरी बल तैनाथ गर्ने भएको छ।

भारत सरकारले सीमावर्ती क्षेत्रमा तैनाथ गरेको सशस्त्र सीमा बल (एसएसबी) कै जस्तो अवधारणा र संरचनामा नेपाल सरकारले आगामी साउनसम्ममा सीमा सुरक्षा कार्यालय स्थापना तथा सशस्त्र प्रहरी बल तैनाथ गर्न लागेको छ। सीमा सुरक्षा कार्यालय र सशस्त्र प्रहरीको जिम्मेवारी सीमाक्षेत्रको निगरानी गर्नु, सीमाक्षेत्रमा बढ्दै गएका हत्या, हिंसा, लुटपाट, चोरी, तस्करी, अवैध व्यापार, चेलिबेटी बेचविखन, लागूपदार्थ ओसारपसार, सीमा अतिक्रमण जस्ता गतिविधि रोक्नु, भन्सार सुरक्षा र राजस्व गस्तीका कामहरू गर्नु हुनेछ।

५ फागुनको मन्त्रिपरिषदको निर्णयअनुसार भारतसँग सीमा जोडिएका तराईका १६ जिल्ला ापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया र कञ्चनपुरका विभिन्न स्थानमा सशस्त्र प्रहरी बल तैनाथ गरिन लागेको हो। प्रत्येक जिल्लामा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा रहने २३७ जनाको टोलीमा दुई नायव उपरीक्षक (डीएसपी), पाँच प्रहरी निरीक्षक (इन्स्पेक्टर), आठ नायव निरीक्षक (सई), १२ सहायक निरीक्षक (असई), २३ बरिष्ठ हवल्दार, ११० प्रहरी जवान र ११ परिचर हुनेछन्। निरीक्षकभन्दा तल्लो दर्जाका प्रहरीहरूको पदपूर्ति भइसकेको र माथिल्लो दर्जाको लागि लोकसेवा आयोगले लिइसकेको परीक्षाको नतिजा १० जेठभित्र आइसक्ने सशस्त्र प्रहरीका प्रवक्ता प्रकाश ओाले बताए। उनका अनुसार, आगामी साउनमै सबै जिल्लाका सीमावर्ती क्षेत्रमा कार्यालय स्थापना एवं प्रहरी तैनाथ गरिसक्ने लक्ष्य छ र यसका लागि स्थानको छनोट तथा जग्गा खरिद गर्ने काम भइरहेको छ।

प्रहरी पोष्टको सङ्ख्या जिल्लाको आवश्यकता अनुसार कम'बेसी हुनसक्छ। मोरङमा बुद्धनगर गाविसमा मुख्य पोष्ट र रानी, रङ्गेली, बरडङ्गा लगायत आधा दर्जन स्थानमा सहायक पोष्ट राखिने प्रमुख जिल्ला अधिकारी मोदराज डोटेलले बताएका छन्। ती प्रहरी पोष्टबाट निरन्तर गस्ती पनि हुने कङ्कालिनी गण विराटनगरका सशस्त्र प्रहरी उपरीक्षक मञ्जिल श्रेष्ठले बताए। जिल्लास्थित सशस्त्र प्रहरी प्रमुख, प्रजिअ, क्षेत्रीय प्रशासक लगायतका अधिकारीको सहमतिमा आवश्यकता अनुसार पोष्ट राख्ने निर्णय गरिने पूर्व क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय, पकलीका डीआईजी ठाकुरमोहन श्रेष्ठ बताउँछन्। कार्यालय स्थापना एवं सशस्त्र प्रहरीको तैनाथीपछि विराटनगर, काकडभिट्टा, वीरगञ्ज, भैरहवा, सुनौली, महोत्तरी, कृष्णनगर र बाँकेका भन्सार कार्यालयमा राजस्वगस्तीको लागि हाल राखिएका सशस्त्र प्रहरी पोष्टहरू हटाइने छन्।

मनोज श्रेष्ठ, विराटनगरs


सङ्कटमा माी

ओखलढुङ्गा, टोक्सेल'१, माीगाउँका चतुरमान माीको सात जनाको परिवार गिठ्ठा, भ्याकुर, तरुलजस्ता जङ्गली कन्दमूलबाट गुजारा गरिरहेको छ। डुङ्गा चलाउने र माछा मार्ने परम्परागत पेशा सङ्कटमा परेपछि गाउँका अरू ३६ माी परिवारको अवस्था पनि यस्तै हुनपुगेको छ।

टोक्सेल, जरुङ्ग, धैबुवा, थुम्ले, गोस्चर, खाङसाङ्ग र हर्कपुरलगायतका स्थानमा सुनकोशीमा ोलुङ्गे पुल हालेपछि स्थानीय माीहरूको डुङ्गा व्यवसाय बन्द भयो। डम्बरबहादुर माी भन्छन्, “डुङ्गा चल्न छाडेपछि कोशीमा माछा मार्न थालेका थियौँ, सरकारले त्यसमा पनि रोक लगायो।” गाडी चल्न थालेपछि घुर्मी'ओखलढुङ्गा ढाकर बोक्ने काम पनि बन्द भयो। परम्परागत पेशा धरापमा पर्दै गएपछि ऐलानी जमिनमा बस्दै आएका माीहरूका लागि जीविकोपार्जनका वैकल्पिक पेशा के हुनसक्छन् भन्नेबारे कसैले चासो दिएको छैन। कोइलाखानीमा काम गर्न भारत जानेहरूको सङ्ख्या बढ्दो छ।

माीहरूको खस्कँदो हालतको प्रभाव तिनका बालबालिकामा देखापर्न थालेको छ। त्यस क्षेत्रका अधिकांश माी परिवारका केटाकेटी विद्यालय आउन छाडेको हर्कपुर माविका प्रधानाध्यापक ठाकुरनाथ अधिकारी बताउँछन्।

मन्दिरा गौतम, ओखलढुङ्गा


सार्वजनिक हुँदैनन् एचआईभी सङ्क्रमित

गाउँगाउँमा जागरण कार्यक्रम पनि हुन थालेका छन्।

महोत्तरीको एक नगरपालिका र तीन गाविसमा एचआईभी सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। नेपाल परिवार नियोजन संघको सम्पर्कमा आएका सङ्क्रमितहरूको सङ्ख्या हो यो। संघका अनुसार जलेश्वर नपामा १३ र गौशाला, बर्दिवास र सुन्दरपुर गाविसमा क्रमशः ६, ४ र २ जना एचआईभी सङ्क्रमित भेटिएका छन्। २०'२५ वर्षको उमेर समूहका यी सङ्क्रमितमा २० पुरुष र पाँच महिला छन्। दुई वर्षयता जिल्लामा एचआईभी/एड्सबाट एक तीन वर्षे बालकसहित १० जनाको मृत्यु भइसकेको संघले जनाएको छ।

प्रारम्भिक परीक्षणमा सङ्क्रमण भएको थाहा भएपछि पुनः सम्पर्कमा नआएकाले तिनको उपचारमा समस्या भएको संघका जिल्लास्थित परियोजना प्रबन्धक धिरजकुमार पौडेल बताउँछन्। सङ्क्रमितहरू आˆनो नियमित सम्पर्कमा रहुन् र समाजमा तिनको स्थान बनाउँदै लग्न सकियोस् भनेर परिवार नियोजन संघले सार्वजनिक हुन चाहने सङ्क्रमितहरूलाई मासिक रु.२ हजार सहयोगको व्यवस्था गरेपनि त्यसले काम गरेको छैन। नाम उल्लेख गर्न नचाहने जलेश्वरका एक सङ्क्रमित भन्छन्, “परिवार र समाजले छिःछिः दूर'दूर गर्ला भन्ने डरले सार्वजनिक नभएको हुँ।”

सम्बद्ध व्यक्तिहरूका अनुसार कामको सिलसिलामा भारतलगायत विदेश गएकाहरूबाट एचआईभी भित्रिएको हो। जिल्लाका धेरै ठाउँबाट रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, हैदरावाद, पटनालगायतका स्थानहरूमा जाने गरेका छन्। धमौरा गाविसबाट मात्रै दुई हजार भन्दा बढी व्यक्ति कामका लागि भारत गएको स्थानीय स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मन्सुर शेख बताउँछन्। उनी भन्छन्, “डेढ वर्षअघि एचआईभी एड्सका कारण मृत्यु भएका धमौराका पाँच जना कामको सिलसिलामा भारतको मुम्बई पुगेर फर्केका थिए।”

सन्तोष बराइली, बर्दिवास


सिंचाईसँगै बिजुली

नेपाल विद्युत् प्राधिकरणले अै बिजुली पुर्‍याउन नसकेको पाल्पाको सुकेतालमा स्थानीय लघुविद्युत् योजनाले सिंचाईको लागि प्रयोग हुँदै आएको बेततालको पानीबाट विद्युत् समेत उत्पादन गरेर गाउँ उज्यालो पारेको छ। सुकेतालवासीहरू आफूकहाँ उत्पादित बिजुली पूरै खपत नभएर छिमेकी गाउँमा लैजाने योजनामा समेत जुटेका छन्।

ताल समन्वय समिति, ग्रामीण आर्थिक विकास संघ (रेडा) र सुपारीथरी सामुदायिक वनको सहयोगमा करिब रु.९ लाखको लागतमा सम्पन्न सुकेताल लघुविद्युत् योजनाले उत्पादन गरेको तीन किलोवाट बिजुलीबाट गाउँका करिब सय घरधुरी उपभोक्ताले ७ देखि १२ वाटका कम विद्युत् खपत गर्ने कम्प्याक्ट ˆलोरोसेण्ट ल्याम्प (सीएफएल) चिम प्रयोग गरेर बत्ती बालेका छन्। बत्ती आएपछि विद्यार्थीहरूलाई टुकीको धुवाँमा बसेर पढ्नु परेको छैन भने महिलाहरूलाई विभिन्न आयमूलक र घरायसी काम गर्न सजिलो भएको छ। फूलमाया गाहा भन्छिन्, “मट्टितेल भन्दा सस्तो छ। केटाकेटीले बत्तीमा ुम्म भएर पढ्नुपर्दैन। हामीलाई पनि राति केही काम गरेर थप आम्दानी गर्ने मौका मिलेको छ।”

सुकेताल लघुविद्युत् उपभोक्ता समूहका उपाध्यक्ष तुलाबहादुर सारु लोडसेडिङ र जथाभावी कटौतीको समस्या नभएको अनि गाउँवासीले थोरै पैसामै बत्ती बाल्न पाएको बताउँछन्। नभन्दै नजिकै दोभान बजारका बासिन्दाले प्रति युनिट रु.७ तिरेर बत्ती बालिरहेका बेला सुकेतालवासी रु.१.८० मात्रै तिर्छन्।

किरण कौशल, पाल्पा


तुस अै बाँकी छ

डम्बरकृष्ण श्रेष्ठ
शान्ति पाखि्रन।

दोलखाको ठूलो पाताल'१ की शान्ति पाखि्रन (२९) र जुगु'६ की देवी खड्का (२९) अन्तरिम संसदका विधायक हुन्। द्वन्द्वपछि छाएको शान्तिले माओवादीलाई जनयुद्ध त्यागेर सदनमा ल्याउँदा आमनेसामने भएका एमाले र माओवादीबाट मनोनीत शान्ति र देवीको पुरानो सम्बन्ध अत्यन्तै तीतो छ। शान्तिका श्रीमान् बुद्धिमान पाखि्रनलाई मङ्सिर २०५९ मा अपहरण गरेर निर्ममतापूर्वक हत्या गर्दा दोलखा माओवादीको जिल्ला सेक्रेटरी थिइन् देवी। त्यसैले शान्ति आˆनो श्रीमान्को हत्यामा देवी संलग्न रहेको बताउँछिन् भने देवी भन्छिन्, “उनका श्रीमान् पार्टी कारबाहीमा मारिएका हुन्।”

माओवादी जनयुद्धका क्रममा १३ हजार नेपालीले ज्यान गुमाए। सयौँ विधवा, टुहुरा, अपाङ्ग भए। तीमध्ये शान्ति र देवी हत्या'हिंसामा वितेको ११ वर्षका प्रतिनिधि पात्र हुन्। समाजको दुई वटा पाटोको रूपमा रहेका उनीहरू अहिले अन्तरिम संसदको एउटै छानामुनि बसेर संविधानसभामार्फत् देशमा दिगो शान्ति ल्याउन सक्रिय छन्। तर, नेकपा एमालेबाट ठूलो पाताल गाविसका अध्यक्ष रहेका श्रीमान्को निर्मम हत्या सम्ँदा शान्तिको आँखा आँसुले भरिन्छ। भन्छिन्, “विचारको लडाइँ लड्नेहरूले त्यसरी कायरतापूर्ण हत्या गर्छन् भन्ने लागेको थिएन। मेरो श्रीमान्लाई मार्नुको कारण माओवादीले अै दिएको छैन।” १० वर्षअघि बुद्धिमानसँग प्रेमविवाह गरेकी शान्तिका ९, ६ र ३ वर्षका कृति, शिला र प्रकृति तीन छोरी छन्। गर्भमा प्रकृति दुई महिनाकी हुँदा उनका बाबु मारिएका थिए। शान्ति भन्छिन्, “कान्छीलाई बाबु मारिएको थाहा छैन, जहिले सोध्छे काठमाडौँ जानुभएको छ भनेर ढाँट्दै आएकी छु।”

शान्तिका अनुसार, गाविसको नाममा आएको रकम नदिएकाले माओवादीले बुद्धिमानलाई मारेका हुन्। “उहाँले विकासको नाममा आएको रकम माओवादीलाई दिन्न भनेर अडान लिनुभयो। माओवादीमा लाग्न अनुरोध गरे, लाग्नु भएन। माओवादी सिद्धान्त नमान्ने, आˆनो हठ नत्याग्ने र जनताप्रति लोकप्रिय भएकालाई मार्ने नीतिअनुसार नै मेरो श्रीमान्को हत्या गरियो।” अविनाश, किरण र सिर्जना नामका माओवादीले ठूला नेतासँग भेट गर्न भनेर ९ मङ्सिर २०५९ मा लगेका श्रीमान्को एक हप्तापछि बीभत्स अवस्थामा लाश भेटिएको उनी बताउँछिन्। भन्छिन्, “औंलामा काँटी ठोकेको, शरीर चिरेको, मूढाले पेलेको, तातो फलामले डामेको र डोरीले घिसारेको अवस्थामा उहाँको मृत शरीर भेटिएको थियो।” माओवादीको तत्कालीन जिल्ला सेक्रेटरी देवी खड्काको आदेशमा नै आˆनो श्रीमान्को हत्या भएपनि नैतिक जिम्मेवारी लिने काम आजसम्म नभएको शान्ति बताउँछिन्।

मीन बज्राचार्य
देवी खड्का।

उता, देवी खड्का भने जनयुद्धका क्रममा बुद्धिमान मात्र हैन, माओवादीका पनि हज्जारौँ मारिएका बताउँदै भन्छिन्, “बुद्धिमान पाखि्रनको सुराकीबाट दोलखामा माओवादीका १५ कार्यकर्ता एकै पटक मारिएका थिए। पाखि्रन किन मारिए भनेर जवाफ दिनुपर्छ भने ती १५ जनाको हत्याको जवाफ पनि आउनुपर्छ।” उनको भनाइमा कसले कसलाई मार्‍यो भन्दा पनि त्यसलाई आन्दोलनका क्रममा भएको हो भनेर लिनुपर्छ। जनयुद्धका क्रममा भएका घटना व्यक्तिभन्दा माथिको कुरा भएकोले अहिले आठ दल मिलेर संविधानसभाको तयारीमा जुटेकाले शान्ति र आफू एउटै संसदमा एकसाथ रहेको खड्का बताउँछिन्। खड्काका भनाइमा हत्या हिंसाले पार्ने असरहरू पीडादायी हुने भएपनि परिवर्तनका लागि जनयुद्ध गरिएको उनी बताउँछिन्। भन्छिन्, “मानवताको हिसाबले हेर्दा म पनि एक जना महिला नै हुँ। मैले पनि दाइहरू गुमाएकाले आफन्त गुम्दाको पीडा बुेकी छु। त्यस्ता घटना नभइदिएकै भए हुन्थ्यो भन्ने त लाग्छ नै। तर त्यो राजनीतिक आन्दोलन हो त्यसमा हाम्रा पनि ११ हजार मान्छे मरेका छन्।” २०५२ सालमा जनयुद्धको सुरुआतसँगै सक्रिय राजनीतिमा लागेकी खड्का ०५६ सालमा दोलखा'ओखलढुङ्गा'सोलु क्षेत्रकी महिला छापामार स्क्वाड कमाण्डर समेत थिइन्। २०५४ सालमा सुरक्षाकर्मीले पक्राउ गरी २८ दिन बेपत्ता पारेर चरम यातना भोगेकी देवी हाल अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष समेत छिन्।

एमालेको स्थानीय कार्यकर्ता रहेकी शान्तिका श्रीमान् मारिएपछि पार्टीले नै उनका छोराछोरीको पढाइ र अन्य खर्च व्यहोर्दै आएको थियो। अहिले देशलाई स्थायी शान्ति दिन सबै लागेकाले आफूले श्रीमान्को हत्याको कुरा नउठाएको उनी बताउँछिन्। भन्छिन्, “शान्तिका लागि सबै एक भएको अवस्थामा म चुप लागेकी हुँ, तर म समय आएपछि बोल्छु यो मेरो श्रीमान्को मात्र हैन धेरै निर्दोषहरूको हत्याको कुरा हो र मैले समग्र पीडितको कुरा उठाउनुपर्छ।”

डम्बरकृष्ण श्रेष्ठ


जनताको घरजग्गामा सशस्त्रको रजाइँ

राजधानी बाहिरका १६ जिल्ला हेर्ने सशस्त्र प्रहरीको मध्यक्षेत्र कार्यालय, बारा, पथलैयाले तारबार गरेको यो घर (तस्बिर) महेन्द्र राजमार्ग निर्माणताका ११ बालबच्चासहित त्यहाँ पुगेका एक पुराना नेता स्व. कलानाथ अधिकारीको हो। गणेशमान सिंह, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालासँगै जेल बसेका अधिकारी कम्युनिष्ट'काङ्ग्रेस केही नबनेका कारण छायाँमा पर्दै आएका थिए।

अधिकारीको मृत्युपछि उनकै सन्तानले भोगचलन गर्दै आएको ६ वटा घर र करिब १० कठ्ठा जग्गासहित २१ परिवारको घरजग्गा कुनै न कुनै रूपमा मध्यक्षेत्र सशस्त्र प्रहरीको नियन्त्रणमा छ। यीमध्ये अधिकारी परिवारका ६ घरलाई तारबार गरेरै प्रयोग गरिएको छ। कलानाथ अधिकारीका छोरा जगतमोहन, अरहत र जाग्रत तथा छोरीहरू जनू र नीतिका लगायतका घरसँगै अधिकारी परिवारद्वारा स्थापित दुईवटा मन्दिरसमेत सशस्त्रको कब्जामा छन्। आभाष अधिकारी भन्छन्, “मेरो घरलाई त गाई पाल्ने गोठ पो बनाएका छन्।” सशस्त्र सेन्ट्री पोष्टसँगैका गोपाल रिमालको धागोको कारोबार ६ वर्षदेखि बन्द छ। वार्षिक रु.५ लाख बराबरको कारोबार गर्ने रिमालले दुःखेसो गरे, “घरसम्म गाडी आउने बाटो बन्द गरिदिएपछि काम नै बन्द गरेर मजदुरलाई विदा दिनु पर्‍यो।”

सशस्त्रले घरजग्गा हडप्दा कसैलाई कुनै क्षतिपूर्ति वा मुआब्जा दिएको छैन। देशको स्थिति राम्रो नभएकाले त्यतिबेला उनीहरूले विरोध गर्न पनि सकेनन्। क्षतिपूर्तिका लागि त्यहाँ प्रमुख भएर आउने सबै नायव महानिरीक्षक (डीआईजी) सँग कुरा गरेपनि कुनै पहल नभएको आभाष बताउँछन्। मुलुकमा लोकतन्त्र आएको वर्ष दिन बित्न लागिसक्दा पनि अधिकारी र अन्य पीडित परिवारको समस्या उस्तै छ। मध्यक्षेत्र सशस्त्र प्रहरी डीआईजी श्याम कर्माचार्य भन्छन्, “जनताको घरजग्गा प्रयोग भएको सत्य हो। अहिलेको स्थितिमा यसो गर्न सकिँदैन। मुआब्जा दिनु, किन्नु या अन्यत्र जग्गा उपलब्ध गराउनुपर्छ भनेर सशस्त्र हेडक्वार्टरमा लेखी पठाएको छु।” अहिलेसम्म घरजग्गाको भाडा पनि नतिरेको सशस्त्रले सर्वसाधारणको सम्पत्ति कहिलेसम्म यसरी प्रयोग गरिरहने हो, कुनै टुङ्गो छैन।

६ वर्षदेखि राज्यको यस्तो थिचोमिचो सहँदै आएका अधिकारी परिवारलाई मुआब्जा दिए अन्यत्र रोजीरोटीको मेसो बन्थ्यो भन्ने लागेको छ। उनको परिवारमा माओवादीका केही नेता'कार्यकर्ता गएर आश्वासन दिने गरेका छन्। माओवादीको केन्द्रीय नेतृत्वले नै अधिकारीको सालिक स्थापना र विश्रामकक्ष निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। तर, अधिकारी परिवार भन्छन््, “हामीलाई राजनीतिक रङभन्दा न्याय जरुरी छ। हाम्रो र अरू पीडित परिवारको समस्यामाथि राज्यले ध्यान दिनु आवश्यक छ।”

रामकुमार एलन, पथलैयामा


अपहरण आतङ्कको विरोध

सरकारले संविधानसभा निर्वाचन गर्ने तयारी गरिरहेको बेला सप्तरीमा अपहरणका घटना बढ्दै छन्। सरकारले सर्वसाधारणको त कुरै छाडौँ आˆनै कर्मचारीहरूको समेत सुरक्षा गर्न सकेको छैन। पहिले ग्रामीण क्षेत्रलाई त्रसित बनाएका अपहरण र आपराधिक घटना सदरमुकाम राजविराजमै हुन थालेपछि थप सन्त्रास उत्पन्न भएको छ। पहाडे समुदायका व्यक्तिलाई निशाना बनाउँदै जनतान्त्रिक तराई मुक्ति मोर्चाले शुरु गरेका अपहरण र आक्रमणमा भारतीय कुख्यात अपराधीहरू पनि संलग्न हुन थालेका छन्।

भारतीय प्रहरीले खोजी गरिरहेको बिहार, प्रतापगंजका धीरेन्द्र यादवको आपराधिक समूहले २० चैत सम्साँै राजविराजमा चिकित्सक डा. मुरलीप्रसाद सिंह (हे. तस्बिर) को अपहरण गर्‍यो। पाँच वटा मोटरसाइकलमा आएका हतियारधारीहरू डा. सिंहलाई लिएर गएको भ्यान बिरौल भन्ने ठाउँमा छाडेर भारत पसेका थिए। उनको रिहाईका लागि रु.१ करोडको माग गरिएको छ। डा. सिंहको अपहरणपछि स्वास्थ्य क्षेत्र आन्दोलित भएको छ। यादवलाई देख्नेवित्तिकै बिहारमा गोली हान्ने आदेश रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला बताउँछन्।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले २४ चैत बिहान चार बजे काभ्रे, बनेपा निवासी सप्तरीका जिल्ला शिक्षा अधिकारी निभराज जोशीलाई अपहरण गरेको छ। उनको मुक्तिको निम्ति शुरुमा रु.५० लाख फिरौती मागेको मोर्चाले पछि प्रहरी हिरासतमा रहेका मोर्चाका जिल्ला कमाण्डर कुन्दन भनिने जयप्रकाश यादव र दिनकर भनिने उमेश रायको रिहाईको शर्त राखेको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का कार्यकर्ताहरूले सप्तरीबाट २२ चैतमा अपहरण गरेका विराटनगरका हरि कार्की र गणेश बस्नेत तथा सुनसरीका मोहन खत्री र मीन कार्कीमध्ये कार्कीद्वय र खत्री फिरौती दिएर मुक्त भएका छन् भने बस्नेतको अवस्था अज्ञात छ।

महिनौँअघि अपहरणमा परेका हनुमाननगरका व्यापारी सीताराम साह, सकरपुरा'६ का महावीर साह, बरही वीरपुर उप'स्वास्थ्य चौकीका पियन महेन्द्र यादव र कमलपुर'२ का शत्रुघ्न यादवको अवस्था अज्ञात छ। बरनुला'४ का ४७ वर्षीय सहदेव साह अपहरणको ११ दिनपछि २८ चैतमा मृत अवस्थामा फेला परेका छन्। १९ चैतमा अज्ञात समूहले ५५ वर्षीय शिवनारायण यादवको डिमन'३ मा गोली हानी हत्या गरेको थियो।
इन्सेक प्रतिनिधि प्रकाश खतिवडाका अनुसार, ६ महिनामा सप्तरीमा माओवादीद्वारा नौ समेत गरी ८६ जना अपहरणमा परेका छन्। मानव अधिकारकर्मी जङ्गबहादुर सिंह यसलाई स्थानीय प्रशासनको निकम्मापन भन्छन्। प्रशासनको निष्त्रि्कयताको आलोचना गर्दै बरिष्ठ अधिवक्ता हिम्मत सिंह मधेश मुक्तिको नाममा मोर्चाले फिरौतीको निम्ति अपहरण गरेर अराजकता सृजना गरिरहेको बताउँछन्।

श्रवणदेव, राजविराज


भारतीय 'अपराधी' नेपालमा समातिए

सीमा क्षेत्रका अपराध गतिविधिमा संलग्न भारत (बिहार), जोगवनी निवासी देवानन्द ाको गिरोहका दुई सदस्य निखिल पाण्डे र गणेश ा सीमावर्ती बुधनगर गाविसका कपिल यादवको घरमा लुकेेर बसेको अवस्थामा पक्राउ परेका छन्। गत वर्ष नेपाल प्रहरीले पक्राउ गरेर पनि मध्यरातमा छुटेका देवानन्द भने भाग्न सफल भएका छन्।

१७ चैतमा विराटनगरको इलाका प्रहरी कार्यालय, रानीले चिनियाँ पेस्तोल र गोलीसहित पक्राउ गर्दा बिहार, सहर्साका पाण्डेले आफूलाई कपिल यादवका छोरा सचिन र भागलपुरका ाले राजेश यादव भनी परिचय ढाँटेका थिए। गएको माघमा मधेशी जनअधिकार फोरमको आन्दोलनको क्रममा मारिएका इप्रका, बुधनगरका प्रमुख प्रहरी नायब निरीक्षक नरेशजङ्ग कार्कीको हत्यामा उनीहरूकै हात हुनसक्ने प्रहरीको आशङ्का छ।
भारतीय प्रहरीले उनीहरूको सुपुर्दगीको माग गरेको छ। हतियारसहित पक्राउ परेकाले नेपालमा मुद्दा किनारा नलागी भारतलाई जिम्मा दिन नमिल्ने मोरङका प्रहरी उपरीक्षक गोपाल भण्डारी बताउँछन्। आश्रय दिएको आरोपमा पक्राउ परेका जवाहर यादवसहित तीन जनालाई प्रहरीले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाएको छ।

अन्तरिम सरकारबाट आपराधिक गतिविधि नियन्त्रण गर्न कडा निर्देशन पाएको प्रहरी'प्रशासनले सरकारमा सामेल भएको नेकपा
(माओवादी) का दुई कार्यकर्ता सुनसरीका दुई नम्बर एरिया कमाण्डर अमरेश मेहता र छापामार शम्भु शर्मालाई पनि हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाएको छ। उनीहरूलाई २१ चैतमा सुनसरी, राजगंज सिनवारीका वीरेन्द्र मण्डललाई गोली प्रहार गरेको आरोपमा स्थानीय बासिन्दाले पक्राउ गरी पेस्तोलसहित प्रहरीलाई बुाएका थिए।

कमल आरएल, विराटनगर


सेनाको समाजसेवा

एक वर्षअघिसम्म युद्धरत पक्षमध्ये माओवादी सेना क्यान्टोनमेन्ट र नेता सरकारमा गएपछि धनकुटाका नेपाली सैनिकहरू सदरमुकामलगायत विभिन्न गाविसमा मोटरबाटो खन्ने, खेलमैदान बनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ता सामाजिक काममा व्यस्त हुनथालेका छन्। सेनाको सामाजिक सक्रियतासँगै उतिबेला तिनलाई देख्नेबित्तिकै घरबारीमा लुक्ने स्थानीय बासिन्दाहरू पनि सँगै कुटोकोदालो चलाउन थालेका छन्।

हिलेको दुई नम्बर बाहिनीका १२५ भन्दा बढी सैनिक र स्थानीयवासीहरूको सहभागितामा १०'१२ दिनकै प्रयासमा हिलेबजारबाट भीरगाउँ गाविस कार्यालयसम्मको ६ किलोमिटर भन्दा लामो मोटरबाटो निर्माण सम्पन्न भएको छ। बाहिनीपति पूर्णचन्द्र थापाका अनुसार अहिले ट्रयाक्टर चल्ने उक्त सडकलाई सुधार गर्ने र ड्रेन खन्ने काम पूरा भइसकेको छ। भीरगाउँका पूर्व गाविस अध्यक्ष चन्द्रलाल तामाङ खुसी व्यक्त गर्दै भन्छन्, “हामीले दुई वर्ष लगाएर बनाएको ट्रयाक्टर चल्ने बाटोलाई सेनाले मोटरबाटोमा बदलिदियो। अब सदरमुकाम र हिले बजारमा तरकारी, दूधदही, फलफूल र चामल पुर्‍याउन सजिलो भएको छ।” बाहिनीकै आयोजनामा भीरगाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ, जसमा गाउँका ५५० भन्दा बढी मानिसलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको सेनाले बताएको छ।

सदरमुकाम धनकुटास्थित कृष्णदल गण, सल्लेरीका सैनिकहरू आत्मारा टोल, फोक्लेन टापु र देव्रेवास स्कूलडाँडा जाने मोटरबाटो निर्माणमा सहभागी भएको गणपति कर्णेल चन्द्रप्रसाद राजवंशी बताउँछन्। टुँडिखेलको सरसफाई, मर्मतसम्भार, मञ्च जीर्णोद्धारमा समेत सेना सक्रिय भइरहेको छ। कर्णेल राजवंशी भन्छन्, “स्थानीय समुदाय र सामाजिक संघसंस्थाहरूको आग्रहमा विकास निर्माणका कामहरू गरिएको हो।”

विजय सन्तोषी राई, धनकुटा


माओवादीः वन फँडानी जारी

अन्तरिम सरकारमा सहभागी भएर वन मन्त्रालय सम्हालेको हप्ता दिन नबित्दै कैलालीमा २३ चैतमा माओवादी सेनाको सातौँ डिभिजनअन्तर्गत गोरङ्गेस्थित लोकेश स्मृति ब्रिगेडले 'जनसेना व्यवस्थापनका लागि' भनेर सालका करिब ६० वटा रूख काटेको छ। माओवादीले चारजना काठका ठेकेदारहरू लगाएर स्थानीय जनताको संरक्षणमा रहेका तीन वटा प्रस्तावित सामुदायिक वनबाट यी रूख काटेको हो। जनसेनालाई सुत्ने खाटलगायतका सामान बनाउन भनिएपनि अधिकांश काठ बौनियास्थित सःमिलमा पुर्‍याइएको छ। स्थानीय बासिन्दाको विरोधपछि दुई ट्रक काठ माओवादी क्याम्प नजिकै राखिएका छन्(हे.तस्बिर)।

यसको दुई दिनपछि प्रहरीले २५ चैत राति साढे नौ बजे धनगढी, बोराडाँडीस्थित अवस्थी सःमिलबाट सहजपुरस्थित बहुवीर योद्धा ब्रिगेडले काटेको एक ट्रक काठ पक्राउ गरेको छ। स्थानीय बासिन्दाको सूचना र प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले सो कारबाही गरेको थियो। ट्रक ड्राइभर भागेको अवस्थामा पक्राउ परेको सो ट्रकलाई 'बेवारिसे अवस्थामा भेटिएको' मुचुल्का तयार पारेर प्रहरीले जिल्ला वन कार्यालयमा बुाएको छ।

शिविर व्यवस्थापनका नाममा कानूनलाई बेवास्ता गर्दै कैलालीमा माओवादीले पटकपटक वन फँडानी गर्दै आएका छन्। जिल्ल्ाा वन अधिकृत मोहन कोइरालाका अनुसार, केही समयअघि माओवादीको स्थानीय नेतृत्वले जनसेनालाई खाट बनाउन तीन हजार क्युविक फीट काठ आवश्यक रहेको मौखिक जानकारी दिएको छ। कोइराला भन्छन्, “उनीहरूले आफैँ रूख काटेको थाहा पाएपछि बुझ्न टोली खटाएको छु।” माओवादीका कैलाली जिल्ला सह'इन्चार्ज श्रवण भने जनसेनाका सातै डिभिजनले वन कार्यालयबाट स्वीकृति लिएर मात्र रूख काटेको दाबी गर्छन्। स्थानीय बासिन्दाका अनुसार, लोकेश स्मृति ब्रिगेडका कमाण्डर सन्तोषले क्याम्प व्यवस्थापनका लागि भनेर प्रस्तावित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहबाट काठ मागेका थिए। तर समूहको कार्यसमितिबाट निर्णय नहुँदै माओवादीले धमाधम रूख काट्न शुरु गरेको सो सामुदायिक वनका अध्यक्ष नक रावल बताउँछन्।

कैलालीको जङ्गलका हरिया रूख माओवादीको प्रमुख आयस्रोतका रूपमा रहँदै आएका छन्। सशस्त्र द्वन्द्वका बेलामा पनि तिनले लिलाम सकार भएका काठहरूबाट कर उठाउँदै आएका थिए भने अहिले लिलाम काठहरूमा कर लगाउन छाडेर सोै रूख काट्न थालेका छन्।

कर्ण शाह, धनगढी