हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विज्ञान'विचार

बाघ संरक्षणमा समर्पण गरौँ

नयाँ वर्षको शुभकामना

डा. तीर्थबहादुर श्रेष्ठ

टाइगर! टाइगर! बर्निङ ब्राइट
इन द फरेष्ट अफ द नाइट
विलियम ब्लेक

कलाकार राजुबाबु शाक्यको चित्रकला।

गहिरो रातको घना जङ्गलमा बाघको बल्दो आँखासँग साक्षात्कार हुँदा देखिने रौद्र आकृतिलाई बेलायती कवि विलियम ब्लेक (सन् १७५७'१८२७) ले आˆनो कवितामा प्रज्ज्वलित गरेका पंक्ति हुन् यी। वास्तवमा हामीमध्ये कतिले पो जङ्गलमा बाघ देखेका हौँला र? तैपनि बाघ भनेपछि हाम्रो मनमा स्वाभाविक डर उत्पन्न हुन्छ। कतै भेटिइहाल्यो भने भाग्ने वा मारिहाल्ने उपाय रच्न पुग्छौँ। कवि, साहित्यकारदेखि शिकारीसम्म सबै बाघ भनेपछि डर, भय र त्रासको कौतुहलपूर्ण वर्णन एवं चित्रण गर्दछन्। बाघसँग सहअस्तित्वको सम्भावना नै नदेख्ने मानसिकताले हामी ग्रसित छौँ।

सन् १७५८ मा स्वीडेनका प्रख्यात प्रकृतिविद् कार्ल लिनियसले बाघलाई बिरालाको वर्ग 'फेलिस' भित्र पारेर र इराकको 'टेग्रिस' नदीसँग जोडेर 'फेलिस टेग्रिस' भन्ने वैज्ञानिक नाम दिएका थिए। त्यो वास्तवमा पाटेबाघ (बङ्गाली बाघ) थियो र त्यसको वासस्थान इराकसम्म पुग्दैनथ्यो, तैपनि त्यसलाई किन टेग्रिससँग जोडियो बुझ्न सकिएन। विश्वमा आठ प्रजातिका बाघको अभिलेख छ र अचेलका जीववैज्ञानिकले ती सबैलाई बिरालो वर्गबाट अलग गरेर चितुवा वर्ग 'पान्थेरा' मा समावेश गरी 'पान्थेरा टेग्रिस' भन्ने गरेका छन्, जसमा हाम्रो पाटेबाघ (पान्थेरा टेग्रिस टेग्रिस) पनि पर्दछ। हुन त हाम्रा गाउँघरमा चितुवालाई पनि बाघ भन्ने गरिन्छ। चितुवा पनि बाघ वर्गकै प्राणी हो र यसको वैज्ञानिक नाम 'पान्थेरा पार्डस्' छ। तर यो लेखको सन्दर्भ पाटेबाघसँग जोडिएको छ,चितुवासँग हैन।

पाटेबाघ बङ्गलादेश, भारत, भुटान, नेपाल र म्यानमारमा मात्र पाइन्छ। एसिया महादेशका नेपाल, भारत, भुटान, बङ्गालदेश, चीन, कोरिया, म्यानमार, लाओस्, क्याम्बोडिया, मलेसिया, थाइल्याण्ड, भियतनाम, इण्डोनेसिया र रूसमा जम्मा पाँच उपप्रजातिका बाघ पाइन्छन्। उन्नाइसौँ शताब्दीको प्रारम्भमा भारत वर्षमा मात्र ४० हजार रहेको बाघको कुल सङ्ख्या घटेर अचेल ३,१७६ देखि ४,५५६ सम्म रहेको हुनसक्ने अनुमान छ। सन् २००५ को तथ्याङ्कअनुसार नेपालमा वयस्क बाघको सङ्ख्या १०३'१३० को हाराहारीमा हुनुपर्छ भन्ने विज्ञहरूको अनुमान छ।

हाम्रा बाघहरू मूलतः वासस्थानको कमीले गर्दा ह्रासोन्मुख छन्। ठूलो क्षेत्र ओगटेर बस्नुपर्ने यो वन्यजन्तु केवल राष्ट्रिय निकुञ्ज भित्र कुण्ठित छ। विश्वका आठ प्रजातिमध्ये सन् १९४० को दशकमा इण्डोनेसियाको 'पान्थेरा टेग्रिस बालिका', १९७० को दशकमा क्यास्पियन क्षेत्रको 'पान्थेरा टेग्रिस भिर्गाटा' र १९८० को दशकमा जाभाको 'पान्थेरा टेग्रिस सोण्डाइका' बाघहरू कहिल्यै यस भूतलमा जन्म नलिने गरी लोप भइसकेका छन्। आजको हाम्रो चिन्तन अब लोप हुने पालो पर्खेको हाम्रो पाटेबाघको संरक्षणमा कस्तो सङ्घर्ष गर्नुपर्ला भन्ने हुनुपर्छ। यस सँगसँगै बाघको भविष्य के होला वा भविष्यको बाघ कस्तो होला, बाघलाई मूर्ति, चित्र, कला र कथामा मात्र पो भेटिने हो कि भन्ने चिन्ता पनि गर्नु परेको छ।

नेपालको मेचीदेखि महाकालीसम्मको भावर र मधेशको वन बाघको लागि निकै उर्वर वासस्थान रहिआएको इतिहास साक्षी छ। विगतमा त्यस वासस्थानको प्रभावकारी रक्षा गर्ने श्रेय भने लामखुट्टे र तिनले फैलाउने औलो रोगलाई जान्छ; कुनै राजा, महाराजा वा मान्छेलाई हैन। सन् १९५० को दशकपछि तराईमा औलो नियन्त्रण हुनु र योलगायत अन्य विभिन्न कारणले जनसङ्ख्या अनियन्त्रित ढङ्गले बढ्नु वन र वन्यजन्तुको लागि निकै ठूलो अभिशाप भयो। हुन त राणाकालका शिकार वर्णनहरू पढ्यो भने बाघ शिकार गरेर सिद्धिने प्राणी नै हैन कि जस्तो लाग्छ। श्री ३ जुद्ध शमशेरले आफू महाराजा भएको साल वि.सं. १९८९ मा नलपुरको एकै शिकारमा ४१ बाघ र १३ गैँडा मारेका थिए।

यिनले अङ्ग्रेजी पाहुना सर लिनलिथगोलाई चितवनमा व्यवस्था गरेको अर्को शिकारमा १२० बाघ मारेको अभिलेख छ। श्री ३ हरूको तथ्यवृत्तान्त नामक पुस्तकमा जङ्गबहादुरले आˆनो कार्यकालमा दुई सय भन्दा बढी बाघ मारेको वर्णन पढ्न पाइन्छ। ण्डै डेढ सय वर्ष पहिले सन् १८६० मा चौहडामाडी क्षेत्रमा जङ्गबहादुरले एकै शिकारमा ३४ वटा बाघ मारेका थिए र तीमध्ये एउटा बाघ १२ फूट २ इञ्च लामो विश्व कीर्तिमानको थियो भन्ने कथन छ।

शिकारका अर्का सौखिन राजा महेन्द्र वीरविक्रम शाहले सन् १९६७ मा लेखेका अ ह्याण्डबुक अफ बिग गेम हण्टिङ (वन्यजन्तु शिकार पुस्तिका) मा वर्णन गरिएको बाघ शिकार गर्ने नेपाली तरिकालाई विश्वमा नै अनुपम भनिएको छ। उक्त तरिकामा स्थानीय शिकारीहरूबाट बाघको वासस्थान ठम्याउने, बाघ आउने'जाने नाकामा भैँसीको पाडो बाँधेर चारा थाप्ने, बाघले पाडो मारेर खाएमा त्यो क्षेत्रलाई हात्तीले घेरेर चार'पाँच फिट चौडा सफा सेतो कपडाबाट पूरा क्षेत्र घेर्ने (जनावरहरूले सेतो र कालो बाहेक अरू रङ नदेख्ने र सेतो रङ उनीहरूको लागि अत्यन्त चम्किलो हुने हुनाले उनीहरू त्यस्तो कपडाको घेरालाई ठूलै अवरोध ठानी नाघेर वा च्यातेर जाने हिम्मत गर्दैनन्), घेराभित्र विशेष तालिम प्राप्त हात्तीहरूबाट बाघलाई फेला पार्ने र विस्तारै खेद्दै पहिल्यै ाडी बुट्यान काटेर खुला बनाइएको शिकारीको निशानास्थलभित्र पुर्‍याउने काम हुन्छ। त्यसपछि भरेको बन्दुक लिई हात्तीको हौदामा विराजमान सुरक्षित शिकारीले गोली दाग्छर बाँधेको पाडो बाघको शिकार बने ैँ घेराभित्र परेको बाघ शिकारीको निशाना बन्दछ। शिकार र शिकारी अनि पाप र पुण्यका बारेमा स्व. महेन्द्रले आˆनो पुस्तकमा लेखेका छन्, “वन्यजन्तु मार्नाको अपराध र पाप त्यति ठूलो हुँदैन जति तिम्रो आˆनो चरित्र र नैतिकताको हत्यामा हुन्छ।”

बाघको जननेन्द्रिय (लिङ्ग) बाट यौनोत्तेजक औषधि बन्छ भन्ने भ्रममा पनि यो प्राणीको विनाश भइरहेको छ।

मानिस कुन नैतिकताले वन्यजन्तुको शिकार गर्छ, त्यो आˆनै ठाउँमा छ तर बाघले गर्ने शिकार उसको नैतिकता विपरीत हुँदैन। बाघ मांसहारी प्राणी हो र उसले मासुबाहेक हाडखोड वा जन्तुको भित्री आँच केही खाँदैन। हाड जति हुँडारको भाग लाग्छ, किनभने हुँडारको जस्तो हाड पचाउने शक्ति अरू कुनै पशुमा हुँदैन। बाघले एकै छाकमा ३०'३५ किलो मासु सजिलै पचाइदिन र त्यसपछि केही दिन भोकै बिताइदिन सक्छ। यसले विशेष गरेर चित्तल, बाँदर र बँदेललाई आˆनो शिकार बनाउँछ। बाघलाई सबभन्दा रुचिकर शिकार जरायो र बाह्रसिङ्गा हुन्छ। त्यसका अतिरिक्त नीलगाई, गौरीगाई, अर्ना र हात्तीका छावा वा गैँडाका केटाकेटी पनि यसको पञ्जाबाट बच्दैनन्। जङ्गलमा लगभग तीन सयको ुण्डमा चित्तल छन् भने त्यसबाट एउटा बाघलाई निरन्तर पुग्ने आहारा प्राप्त हुनसक्छ। तर, त्यसको लागि घाँस र घाँसेमैदान पनि पर्याप्त हुनुपर्छ।

बाघ एकल जीवन बिताउने निराला शिकारी हो। बाघ परिवारमा मिलेर बस्दैन। सहवासको बेलामा मात्रै भाले'पोथी ८'१० दिन सँगै लहस्सिएर बस्छन्। गर्भाधानको १०३ दिनपछि दुई या तीन डमरु जन्मिन्छन्। आमा र बच्चाहरू डेढ'अढाई वर्षसम्म परिवारमा सँगै बस्छन्, तर भाले बाघ एक्लो जीवनमै फर्कन्छ। सिंह वा अरू हिंस्रक प्राणीैँ बाघले हुल मिलेर शिकार गर्दैन। पहेँलो र कालो पाटे बुट्टाले गर्दा यो घाँस वा ाडीमा सजिलै लुक्नसक्छ। हरिण वा अन्य शिकारले थाहै नपाउने गरी चाल मारेर नजिकै पुग्छ, पछाडिबाट बिजुलीको तेजमा म्टा हान्छ, एकै म्टामा निकै ठूलो घाउ बनाएर घाँटी र गर्धनतिर मुख गाड्छ, जनावरलाई निस्सासिने पारेर वा गर्दनै भाँचेर मारिदिन्छ। बाघको मुखको आकृति चुस्नका लागि उपयुक्त नहुने हुनाले यसले शिकारको रगत चुस्दैन। आˆनो वजन डेढ सय किलो मात्र भएपनि बाघले एक टन (एक हजार किलो) को गौरीगाईलाई बोकेर र लछारेर सुरक्षित ठाउँमा लगी मस्त भोजन गर्नसक्छ। बाघ बूढो भएपछि फट्याङ्ग्रो पनि टिप्छ भन्ने उखान आˆनो ठाउँमा छ, तर उसले वन्यजन्तुको शिकार नभेट्टाएमा गाउँघर पसेर वस्तुभाउ र मानिसलाई खति पुर्‍याउँछ। बाघद्वारा सन् २००१'२००५ मा चितवन राष्ट्रिय निकुञ्ज र वरपर ४१ जना मानिस तथा सन् २००३'०४ मा बर्दियामा १८२ बोकाबाख्रा, ३१ सुँगुर र ९ राँगाभैँसी मारिएका थिए।

बाघले आˆनो वासस्थान वा राज्यको सीमा छुट्याउन पिसाबको प्रयोग गर्छ। त्यो लक्ष्मणरेखा अरू बाघले उल्लङ्घन गरेमा त्यहाँ जुधाई हुन्छ र कमजोर योद्धाले सीमा बाहिर भाग्नुपर्छ। त्यस सीमाभित्र केही पोथी भने निर्धक्क बस्दछन्। उनीहरू पनि आˆनो सीमा पिसाब छरेर निर्धारण गर्दछन्। यौन उत्तेजनाको अभिव्यक्ति पनि त्यही पिसाबले गर्दछ। सीमा निर्धारणका क्रममा बाघहरू रूखका बोक्रामा कोपरेर पनि निशान छोड्दछन्, तर पिसाबको प्रयोग नै बढी प्रभावकारी हुन्छ। यिनै कारणले गर्दा दक्षिणपूर्व एसियाका कतिपय किसानहरू बँदेल, बाँदर वा दुम्सी जस्ता प्राणीले बाली खाने हिम्मत गर्दैनन् भन्ने विश्वासमा चिडियाखानाबाट बाघको पिसाब ल्याएर आˆनो खेतबाली वरिपरि छर्ने गर्दछन्। यो प्रविधि नेपालमा भने प्रयोग भएको छैन।

बाघका सबै अङ्ग'प्रत्यङ्ग (हाड, नङ्ग्रा, जुँघा, कलेजो, मासु, बोसो, यौनाङ्ग) विभिन्न प्रकारका बाघौषद (बाघजन्य औषधि) लगायतका वस्तु उत्पादनमा प्रयोग हुन्छ, तर छाला भने विशेष प्रकारले प्रशोधन गरेर राजा'महाराजाका बैठकमा सजाइन्छ। मरेको बाघको छालामा खडा भएर फोटो खिचाउँदाको आˆनै प्रकारको फूर्ति राजा'महाराजाका तस्बिरमा देख्न सकिन्छ। देवीदेवतालाई पनि सर्वशक्तिमान देखाउन महादेवले कटिमा बाघको छाला बेरेको र भवानी दुर्गाले बाघलाई बाहन बनाएको चित्रहरू भेटिन्छन्। राजा, महाराजा र सम्राटहरूका प्रतापि सोख तथा शक्ति प्रदर्शनको प्रतीक बनेकोले बाघलाई 'रोयल बङ्गाल टाइगर' भनिएको हुनुपर्छ भन्ने तर्क प्रख्यात वन्यजन्तु विशेषज्ञ ई.पी. गीले गरेका छन्।

हाल विश्वमा सबै प्रकारका बाघको कुल सङ्ख्या ५,२०० देखि ७,३०० रहेको अनुमान छ। बाघ हुने सबै देशहरूमा यसलाई मार्नु गैरकानूनी मानिन्छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि 'साइटिस' ले बाघलाई प्रथमकोटिको संरक्षित प्राणीको रूपमा अङ्कित गरेर यसको शिकार, बेचबिखन, आयातनिर्यात वा ओसार'पसारमा पूरै प्रतिबन्ध लगाएको छ। नेपालमा बाघको अवैध शिकारी वा तस्करलाई रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। तैपनि अवैध शिकार पूरै रोकिन सकेको छैन। गैँडाको तुलनामा बाघको शिकार कम मात्रामा हुने गरेपनि विभिन्न निकुञ्जमा बाघ मर्ने र मारिने घटनाहरू प्रत्येक वर्ष भइरहेकै छन्। जुन कारणबाट मरे, मारिए पनि बाघको सङ्ख्या अरू घट्न दिनुहुँदैन भन्ने विज्ञहरूको मान्यता छ।

बाघको पराक्रमी शक्ति यसको हाडमा निहित हुनुपर्छ भन्ने अन्धविश्वासमा बाघको हाड वा हड्डी औषधिको रुप प्रयोग हुनथालेको अनुमान गरिन्छ। परम्परागत चिनियाँ औषधिमा बाघको हाड अत्यधिक प्रयोग हुन्छ। सन् १९९० को दशकमा चीनमा बाघजन्य औषधिका ब्राण्ड दुई सय नाघेको थियो। दक्षिणकोरियाका पाँच वटा औषधि कम्पनीले प्रतिवर्ष ६००'७०० किलो बाघको हाड खपत गर्छन्। एउटा वयस्क बाघबाट १२ किलो हड्डी प्राप्त हुने हुनालेती कोरियाली कम्पनीलाई मात्रै एक वर्षमा ५०'६० वटा बाघ आवश्यक पर्छ। बाघको हाडलाई बाथ र हाडजोर्नीसम्बन्धी रोग निकोपार्ने औषधि, बाम र रक्सीजस्ता पेय पदार्थमा डुबाई सारतत्व निकालेर कमजोर भएका वृद्धवृद्धालाई स्फूर्ति दिने औषधि बनाउन प्रयोग हुन्छ। सन् १९९० को दशकमा नेपाली बजारमा प्रतिकिलो बाघको हड्डीको मूल्य १००'१४६ अमेरिकी डलर थियो।

बाघको यौनक्रीडा दुई'तीन दिन लगातार अनेकौँ पटक यौनसम्पर्क गरेर सम्पन्न हुन्छ। बाघमा कतिपय अन्य प्राणीमा ँै अण्डाशयमा अण्डा तयारी भएपछि मात्र यौनसम्पर्क हुने कुरा मिल्दैन, भाले लागेपछि नै नयाँनयाँ अण्डाहरू निर्माण हुँदै जान्छ। तर बाघको यौनक्रियाको यो प्रक्रियालाई पनि अतिरञ्जित बनाएर यसको लिङ्गलाई बहुमूल्य यौनोत्तेजक औषधि बनाउन प्रयोग गर्ने गरिएको छ। कम्पुचिया, चीन, इण्डोनेसिया, लाओस, म्यानमार र भियतनाममा यसको राम्रो बजार छ। सन् १९९० को दशकमा बाघको एकजोडी अण्डकोशको भियतनाममा ५००, पूरा जननेन्द्रियको म्यानमारमा ४०० र जापानमा २५०० अमेरिकी डलरसम्म पर्दथ्यो।

मोहन मैनाली
सरकारद्वारा बरामद वन्यजन्तुका हाड तथा छाला जलाइँदै।

दुर्लभ प्राणी वा वनस्पतिको ओसारपसार र व्यापारमा निगरानी राख्ने संस्था 'ट्राफिक' को एक अध्ययनले अधिकांश बाघजन्य औषधिहरू नक्कली हुने गरेको तथ्य खुलासा गरेको छ। बाघको लिङ्ग भनेर खरिद गरी ल्याइएका कतिपय जिनस वैज्ञानिक प्रयोगशालामा पुगेपछि गोरु, राँगा र अन्य जनावरका लिङ्ग सावित भएका छन्। राम्रो कालिगडी हातले विभिन्न जनावरका लिङ्गको टुप्पोमा स'साना चिरा पारेर सुकाएपछि उपभोक्ताहरू सजिलै ुक्किने गरी बाघको लिङ्गमा ैँ चुस्सचुस्स काँडा परेको आकृति बन्दछ। मौलिक जिनस धेरैले देखेका पनि त हुँदैनन्। तर, यथार्थमा कुन सक्कली र कुन नक्कली अङ्ग हो भनेर सावधान हुनुपर्ने कुनै कारण नै छैन। किनभने, ती औषधिको प्रभावकारिता भन्नु नै मानिसका आˆना मनोभ्रान्ति मात्रै हुन्। तसर्थ बाघको हाड, लिङ्ग आदिको लागि बाघ मार्नु मानवसभ्यताको मूर्खता हो।

चितवन राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रमा सन् २००३'०४ मा १० वटा बाघले मृत्युवरण गर्नु पर्‍यो। त्यसमध्ये चार वटा प्राकृतिक कारणले मरेका थिए भने नरभक्षी भएकाले चार वटालाई निकुञ्जले र दुई वटालाई जनसमुदायले मारेका थिए। त्यस वर्ष निकुञ्जको मध्यवर्ती क्षेत्रका १९ व्यक्तिलाई बाघले मारेको थियो। बाघको प्राकृतिक वासस्थान आजभोलि शिकारको थलो नभई जनसमुदायको जीविकोपार्जन र बसोबासको क्षेत्र पनि भएको छ। बाघ र मानिस एकै वासस्थानका साेदार बन्न पुगेका छन्। तर सहअस्तित्वको पथमा चल्ने नयाँ जीवनशैली न मान्छेले पहिल्याउन सकेका छन्, न बाघले।

राम्रो वासस्थान पाएको बाघले मान्छे खाँदैन भन्ने तथ्य बाघको व्यवहारका अनुभवीहरू रामप्रित यादव, चार्लस म्याक दुगल, इ.पी.गी, जिम कोर्वेटले निर्धक्क बयान गरेका छन्। मानिसले आक्रमण गर्नु, वासस्थान अपुग हुनु र आहारा पर्याप्त नहुनुका कारण केही बाघ नरभक्षी हुन्छन् भन्ने मान्यता छ। तर निकुञ्जको छेउछाउमा रहेका गाउँवस्तीमा जीवन गुजारा गर्ने मानिसहरूका कथाव्यथा अर्कै छन्। राष्ट्रले संरक्षित घोषित गरेका बाघजस्ता वन्यजन्तुले मानिस खाँदा वा अन्य क्षति पुर्‍याउँदा राज्यबाटै उचित क्षतिपूर्तिको कानूनी व्यवस्था हुनुपर्ने माग तिनको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षणमा सक्रिय सहभागी जनताका यस्ता मागप्रति सरकार सकारात्मक हुनुपर्दछ।
नेपालमा हाल चितवन राष्ट्रिय निकुञ्जमा ५०'६०, बर्दिया राष्ट्रिय निकुञ्जमा २५'४०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १६'२३ र अन्यत्र ५'७ वटा बाघ रहेको अनुमानित तथ्याङ्क छ। तर, बाघ गणना गर्नु निकै चुनौतीपूर्ण कार्य मानिन्छ। यसका लागि पदचिह्न, प्रत्यक्ष अवलोकन र इन्फ्रारे क्यामरा चित्रलगायतका विभिन्न प्रविधिहरूको प्रयोग हुने गरेको छ। तैपनि बाघको तथ्याङ्क प्राविधिक अनुमान मात्र हुन्, यकिन तथ्य'अङ्क हैनन्। जे भएपनि नेपालमा बाघको लागि पर्याप्त वासस्थान छैन। त्यसैले तराई भूपरिधि कार्यक्रम जस्तो दीर्घकालीन सोचले संरक्षणको नयाँ दिशा लिन थालेको छ। यो कार्यक्रमले बाघको वासस्थान विस्तारको लागि नेपाल र भारतका ११ वटा संरक्षित क्षेत्रलाई जैविकपथद्वारा जोड्ने सोच राखेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने भूभागमा विशेष कार्यक्रम चलाएर ढोढरी गाविसमा जैविकपथ पुनर्निर्माण गरेको छ। उक्त क्षेत्रमा बाघले आँखा कोपरिदिएका घाइते युवा अचेल बाघ संरक्षणको अगुवाई गर्दैछन् र त्यहाँ दुई बाघ र २५'३० हात्ती घुमफिर गर्ने गरेको दाबी गर्छन्।

नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तु संरक्षण कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल नेचर डट कमको सहयोगमा सन् २००७ देखि २०११ सम्मको पाँचवर्षे बाघ संरक्षण कार्ययोजना तर्जुमा गरेको छ। त्यसले परिलक्षित गरेका मूल कार्यक्रमहरूमा बाघ र बाघको शिकार'आहार व्यवस्थासम्बन्धी सूचना प्रणाली स्थापना गर्ने, बाघ र बाघको आहार'शिकारका वासस्थानको उचित व्यवस्थापन गर्ने, बाघ र मान्छेको द्वन्द्व हटाउने, अवैध शिकार रोकथामका लागि प्रतिरोधात्मक सामाजिक संरचना स्थापना गर्ने तथा बाघ संरक्षणमा राष्ट्र'राष्ट्रबीच उचित सहयोग र सहकार्यको व्यवस्था मिलाउने कुरा परेका छन्। उक्त कार्ययोजनाले सामुदायिक संरचनामा आधारित क्षतिपूर्तिको व्यवस्था मिलाउने, जनचेतना अभिवृद्धि गर्ने र विभिन्न सामुदायिक विकासमा सहयोग पुर्‍याउने कार्यक्रमहरू पनि अघि सारेको छ। यस कार्ययोजनालाई कार्यान्वयन गर्न रु.७ करोडभन्दा बढी लगानी हुनुपर्ने देखिन्छ। बाघ संरक्षणमा विगत ३०'३५ वर्षदेखि कार्यरत राष्ट्रिय निकुञ्जहरूले थप नयाँ रकम नआउँदाको अवस्थासम्म कार्ययोजनाका महवपूर्ण कामहरूलाई आˆना नियमित क्रियाकलापभित्रै पारेर सञ्चालन गर्नुपर्ने देखिन्छ। कार्ययोजनाको रकम कुरेर बस्नु परेमा त्यो विडम्बनाले संरक्षणलाई प्रतिकूल असर पार्नेछ।

यस सन्दर्भमा, नयाँ वर्ष २०६४ को पहिलो साता काठमाडौँमा आयोजना हुन लागेको बाघ सम्मेलन (टाइगर सिम्पोजियम) तथा विश्व बाघ संरक्षण समूह (ग्लोबल टाइगर फोरम) को चौथो वार्षिक सभाले नेपालको संरक्षण प्रयासलाई विशेष टेवा दिनेछ भन्ने विश्वास गर्न सकिन्छ। र, नयाँ वर्ष २०६४ को हाम्रो शुभकामना पनि बाघ संरक्षणमै समर्पण गरौँ।