हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

नयाँ खाजा कुरमुरे

दुगड स्पाइसेस एण्ड फूड प्रोडक्ट्सले कुरमुरे तयारी खाजा (स्नाक्स) को बिक्री शुरु गरेको छ। शाकाहारी र मांसाहारी दुवैका लागि उपलब्ध 'टाइमपास', 'चीज' र 'चिकेन' नामका यी स्नाक्सहरू अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीको दाबी छ। ६० र २५ ग्रामको प्याकेटमा उपलब्ध कुरमुरे को उपभोक्ता मूल्य क्रमशः रु.१५ र रु.८ राखिएको छ।

पञ्चकन्याको रेडिमिक्स कङ्क्रिट

पञ्चकन्या ग्रुपले घर ढलान गर्न चाहिने रोडा, बालुवा, सिमेन्ट, पानी निर्धारित अनुपातमा मिसाएर निर्माणस्थलमै कङ्क्रिट मसला पुर्‍याइदिने सेवा शुरु गरेको छ। घरनिर्माण गर्दा कङ्क्रिट घोल्ने मेशिन, पानी आदि जुटाउने ञ्ट कम गर्न र निर्माणस्थल वरपर फोहोर तथा ध्वनि र वायु प्रदुषण हुन नदिन यो सेवा शुरु गरिएको पञ्चकन्याले स्पष्ट गरेको छ। कम्प्युटर प्रविधिबाट तयार पारिने रेडिमिक्स कङ्क्रिट सीधै प्रयोग गर्न सकिने र परम्परागत कङ्क्रिट भन्दा मजबुत तथा गुणस्तरीय हुने ग्रुपले जनाएको छ। हाललाई काठमाडौँ उपत्यकामा मात्र उपलब्ध यो कङ्क्रिट प्रयोगशालामा परीक्षणपछि डेलिभरी गर्ने व्यवस्था गरिएको छ।

बजाजको क्रिस्टल

डीटीएसआई इञ्जिन जडित पल्सर मोटरसाइकलको सफलतापछि बजाजले महिलाहरूका लागि सोही इञ्जिन भएको क्रिस्टल स्कुटर बजारमा ल्याएको छ। कामकाजी महिला तथा युवतीहरूलाई लक्षित गरी डिजाइन गरिएको क्रिस्टल मा ९५ सीसी इञ्जन क्षमता छ। अगाडिबाट तेल हाल्न, सिटमुनि पर्याप्त सामान राख्न र चालकको इच्छाअनुसार सस्पेन्सन मिलाउन सकिने भएकाले महिलाहरूलाई यो स्कुटर निकै सुविधाजनक हुने कम्पनीले विश्वास लिएको छ।

एभरेष्टको नयाँ एटीएम

काठमाडौँ उपत्यकाभित्र एटीएम सेवा विस्तार गर्दै लैजाने क्रममा एभरेष्ट ब्याङ्क लिमिटेडले बानेश्वरस्थित एपेक्स कलेजमा नयाँ एटीएम काउन्टर शुरु गरेको छ। सो काउन्टरबाट मुलुकका १८ वटा ब्याङ्क आबद्ध एससीटी डेबिट कार्डका साथै अन्तर्राष्ट्रिय मास्टर कार्ड र भिसा कार्ड प्रयोग गरेर रकम िक्न मिल्ने ब्याङ्कले जनाएको छ। यसैगरी सामाजिक दायित्व वहन गर्ने क्रममा विभिन्न कार्यक्रम गर्दै आएको एभरेष्ट ब्याङ्कको सतुङ्गल शाखाले गतहप्ता रक्तदान कायक्रमको पनि आयोजना गरेको थियो।

नेशनल डेन्टल अस्पताल दश वर्षमा

दाँत तथा मुखसम्बन्धी रोगहरूको उपचार गर्ने उद्देश्यले निजी क्षेत्रबाट खुलेको नेशनल डेन्टल अस्पतालले १० वर्ष पूरा गरेको छ। यी १० वर्षमा अस्पतालले ९१ हजार बिरामीको उपचार गरिसकेको जानकारी दिएको छ। २३ दन्त चिकित्सक र ४८ कर्मचारी कार्यरत यस अस्पतालमा दाँत, मुख र ओठसम्बन्धी समस्याहरूको उपचार गरिन्छ। ११ वटा विशेष उपचार कक्ष रहेको अस्पतालको परीक्षण तथा उपचार शुल्क तुलनात्मक रूपमा सस्तो भएको अस्पताल व्यवस्थापनले जनाएको छ। १४ वर्ष मुनिका बालबालिका र ७० वर्षमाथिका नागरिकहरूलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ।

युनाइटेड वर्ल्ड ट्रेड सेन्टर सञ्चालनमा

नेपालको सबैभन्दा ठूलो व्यापारिक भवन भएको दाबी गर्दै युनाइटेड विल्डर्सले काठमाडौँ त्रिपुरेश्वरमा …युनाइटेड वर्ल्ड ट्रेड सेन्टर' सञ्चालनमा ल्याएको छ। त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा लिजमा लिई रु.५० करोडको लगानीमा निर्माण गरिएको उक्त भवन १० रोपनी १३ आना जग्गामा फैलिएको छ। यसमा ब्याङ्क, मेडिकल क्लिनिक, डिपार्टमेन्टल स्टोर, भिडियो गेम पार्लर, पार्टी प्यालेस, रेष्टुरेन्टलगायत दुई सय भन्दा बढी स्वदेशी तथा विदेशी सामानका पसलहरू छन्। चार सय गाडी र ६ सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको ६ तल्ले ट्रेड सेन्टरमा चार वटा लिˆट र ६ वटा एस्केलेटर पनि छन्।

मारुतिको जेन एस्टिलो बजारमा

भारतीय कार निर्माता मारुति उद्योग लिमिटेडको नेपालस्थित अधिकृत बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडिङले नेपाली बजारमा मारुतिको पछिल्लो मोडल जेन एस्टिलो को बिक्री शुरु गरेको छ। ११ सय सीसी इन्जिन क्षमता र ६४ बीएचपी शक्तिसहित पावर विन्डो, भित्रैबाट कण्ट्रोल गर्न सकिने रियर भ्यु मिरर, चार वटै ढोकामा स्पिकर, एन्टी लक ब्रेकिङ सिस्टम तथा एअरब्यागजस्ता सुविधा रहेको उक्त कार विभिन्न आठ रङ्गमा उपलब्ध छ। इन्टरकन्टिनेन्टलले नेपालमा यसअघि मारुतिका अल्टो, स्वीˆट, वागन'आर लगायतका कारहरू बिक्री गर्दै आएको छ।